कुकुरसँग पनि प्रेम हुन्छ वफादार छ भने
पात्रता, नैतिकता तथा सदावहार छ भने
गुलाब माध्यम बन्न सक्दछ माया पोख्ने
आफैँभित्र सुन्दर अर्को संसार छ भने
बोलेर व्यवसाय गरिन्छ आत्मियता रहन्न
कसरी भन्न सक्छौ नाता पुन: भार छ भने
म सद्भाव राख्छु, सहयोग गर्छु, बोल्दिनँ
जे नाम राख तिम्रै हातमा सदाचार छ भने
हाँस उठ्छ माग देखेर बेला- बेलामा तिम्रो
मागेपछि भिख पाइन्छ हृदय उधार छ भने
हेलम्बु-६, सिन्धुपाल्चोक
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला