
काला व्यापारीका बजार भाउ उस्तै छ
सडक-सदन जुगाँको हतार दाउ उस्तै छ
बन्द हड्ताल र कुर्सीको खेल खेती भो
बिकासको ढोका नउग्रने गाउँ उस्तै छ
बिहान खाए बेलुका के खाऊँ भन्नेहरु
सुशासनले नछेएका दुखीका घाउ उस्तै छ
धनी र गरीबको खाल्डो झन् बढ्दै गर्दा
उच्च तापमानमा भौँतारिने पाउ उस्तै छ
रहलाई छोपी बाध्यतामा जहाज चढेको
खुशीको प्रतीक्षारत अामा बाउ उस्तै छ
निर्यातमा भन्दा अायातमा माग बढेको
पृथक विकृति परजीवी नाउँ उस्तै छ
गजुरी- ५, धादिङ
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

तुरुन्त Scan गर्नुहोला
