बहर – मुतकारिब मुसम्मन सालिम
अर्कान – आरो
१२२  १२२  १२२  १२२

तिमी थ्यौ र पो थ्यो  उज्यालो अँध्यारो
गुमायौ  कि  पायौ  म   बाँचेँ   उधारो ~१

कुनै साँझ छैनन्  वितृष्णा नरोओस्
विगत  पोल्छ  खाली लगाई   तगारो ~२

गुमेको छ निन्द्रा र आस्था सधैँको
भरोसा    अझै  गर्छ  हार्ने   हतारो  -३

सबै स्वार्थ आफ्ना अरूमाझ पोत्नू
म जूँदो  हुँ  मुर्दा  बनेको  छु  छारो ~४

म सोच्थेँ तिमी छौ तिमी नै भएको
भुसाग्नी  जलेछन् हुनाले म फारो- ५

कुनै  प्रेममा  दाग  हुन्नन्  म  बुझ्थेँ
खसेँ व्योमबाटै   भएँ    झन्  पसारो – ६

सधैँ    जूनले   शीत  बाँड्दैन  रानी !
यही  जिन्दगीको  प्रथा हो  गभारो – ७

 

इलाम