स्मृति ठकुरी

खुसी हुन खोज्छु म बीचमा दु:ख आउँछ
घरीघरी बिझाइरहने अतीत आँखामा छाउँछ ।

सबैलाई खुसी देख्छु, अतीत भुली वर्तमानमा
किन मलाई काँडा बनी आफ्नाले नै बिझाउँछ ।

न परिवार साथमा न बुझिदिने कोही हुन्छन्
आफ्नो जिन्दगी सम्झेर आफ्नै आँखा रसाउँछ ।

जता जता जाउँ म रुँदा रमाउने मात्र भेट्छु
खै कस्लाई सुनाउँ पीडा न रुँने कतै ठाउँ छ ।

एक्लो बनाएर मलाई किन टाढा भयौ तिमी
पीडा लुकाइ हाँस्न खोज्दा तिम्रै यादले सताउँछ ।