टंक पन्थ

टंक पन्थ
बाल्यकालमा सबैको मृदुल अनुहार हुन्छ
जब बुढ्याैली लाग्छ जीवन पट्यार हुन्छ
लालचले दाैडाएकाे छ मानिसलाई सधैँ
गन्तव्य थाहा छैन सबैलाई हतार हुन्छ
ढुङ्गाे निर्जीव छ आस्थाले पुज्छाैँ हामीहरू
गुणले नै मानिस भगवानकाे अवतार हुन्छ
खल्तीकाे जतन गर्दैन दाेष दिन्छ साथीलाई
खजाना चाेरिएपछि मात्र ऊ हाेसियार हुन्छ
अनुहार लाजले छाेपियाे मुटुमा छुरा राेपियाे
आफैँले विश्वास गरेको मानिस मतियार हुन्छ ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

तुरुन्त Scan गर्नुहोला
