कसैले साेधेछ के छ हाल खबर भनेर
अनि मैले भने बसेछु अचेल दिन गनेर
फेरि साेधे अरु सुनाउनुस् नयाँ नाैलाे नि
जवाफ फर्काएछु बाँच्दैछु खाल्दो खनेर
हुनुपर्छ ऊ साथी पनि मजस्तै हुनुपर्छ
र त दुवैकाे मन मिल्याे बेराेजगार भएर
सफल भइन्छ यार एकदिन अवसर पाए
हट्छ दुःख पनि बाँड्छाै ज्याेति छरेर
सबैकाे पीडा र व्यथा एउटै हाे साथी,
यत्तिकैमा दिन ढल्याे गफगाफ गरेर
धनगढी, कैलाली
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला