लक्ष्मण पौडेल ‘भान्जा’
मेरो माया मारेर के गर्न खोजेको होला
दिल बसाइँ सारेर के गर्न खोजेको होला
खोली पस्न सिकायो, पौडिन सिकाएन
भुमरीमा पारेर के गर्न खोजेको होला
लोभ यो रहेछ, भुईँको पो टिप्न थाल्यो
पोल्टाको झारेर के गर्न खोजेको होला
फोन नम्बर कण्ठ छ, छिमेकीको छोरीको
पर्खालले घर बारेर के गर्न खोजेको होला
कठोर बन्नु पर्छ, लडाईँ जित्न भन्ने लाहुरे
पिरतीमा हारेर के गर्न खोजेको होला
यत्ति के भनेको थिए, आफैँ ल्याउँछु बुहारी
बाले आँखा तारेर के गर्न खोजेको होला ।
तनहुँ
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला