प्रियङ्का शर्मा
दिलको कुनामा चुपचाप बसाएकी छु
खुसीको सहर उनैलाई बनाएकी छु
हिँड्दाहिँड्दै मनमनै गुन्गुनाउने गर्छु
मुटुमा राखी अरुलाई पर पठाएकी छु
यस्तो लाग्छ चरी बनी उडी जाऊ छेउ
मन मुटुमा तिम्रै नाम जपी रमाएकी छु
प्रतिपाल तिम्रो मायाको रङले रंगेपछि
बनाई प्रियजन हृदयमा सजाएकी छु
तिमी छौ त सास छ, प्राण छ, ढुकढुकी छ
हेर विछोडको पीडामा कति कराएकी छु।
गोवालपाडा, असम
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला