स्नेहको बदलामा बेस्सरी घृणा फलाएका छन्
शक्तिको प्रदर्शन गर्न आफ्नै घर जलाएका छन् ।
तिमी दस्तावेजको छानविन व्यवस्थित गर
कैयौँले अर्काकै नाममा व्यवसाय चलाएका छन्।
सधैँ अरूलाई लाग्ने चोट आज तिमीलाई लाग्यो
हाम्रो वरिपरि धेरै तिखा ढुङ्गाहरू पलाएका छन्।
रक्षकको रक्षा कवज धेरै फ्यातुलो भइसक्यो
मुस्कानकै रापमा नियम कानुन गलाएका छन्।
जागरूक छौ मौलिक अधिकारको कुरा गर्छौ
अधिकार नभएकाले अधिकारी दलाएका छन्।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला