
दिपेन्द्र आचार्य
तिम्रो हेराइमा के कुरा लुकेको छ
मनको वह आँखामा फुकेको छ।
आमा भन्छिन् मङ्सिर लागिस्क्यो
प्रेमको स्वीकारमा मुन्टो झुकेको छ।
माइती बस्ने रहर कहाँ हो र तिम्रो
नसकेर बोल्न ओठ चुकेको छ।
माग्न आउँने कुरा सुन्दैमा तिम्रो
आँखाले त मेरो बाटो ढुकेको छ।
प्यास लागे कतै पिउँला पानी
रहरमै मनको कुवा सुकेको छ।
सुर्योदय न. पा.
इलाम



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२२ मंसिर २०८२, सोमबार 









