आकाश अधिकारी

जो नजिक छ उसैले आगो लगाउने रहेछ ।
उज्यालो गएपछि त अँध्यारो आउने रहेछ ।

समयले कठोर निर्णय लिन बाध्य बनायो ।
दुःखमा आफ्नै छायाले पनि तर्साउने रहेछ ।

नि-सर्त भ्रममा बाँच्नु पर्ने बाध्यता बनेको छ ।
विरहमा आँसुले पनि आफैलाई बगाउने रहेछ ।

बाँचुन्जेल मनले मखमली सपना बुनिरहन्छ ।
अन्त्यमा मनले पनि मृत्युलाई सघाउने रहेछ ।

यो दुनियाँमा चिरस्थायी केही पनि नहुने रहेछ ।
स्नेहले त आकाशलाई पनि झुक्याउने रहेछ ।

आकाश अधिकारी -तनहुँ।