लोकेन्द्र लेकाली

आखिर नाङ्गै भएर घाटमा विश्राम लिनुहुन्छ
दु:ख बोकेर आँसु बोकेर किन दौडिनुहुन्छ ।

फूल जस्ता देखिने ती फुल होइनन् पत्थर हुन्
पत्थर चिनेर किन पत्थरसँग ठोक्किनुहुन्छ ?

छोरो परदेश हिँडेपछि कहिल्यै आमा सम्झिएन
आमा हर रात हर दिन छोरोलाई सम्झिनुहुन्छ ।

म बाँच्दा सम्म काँडैकाँडाले घोच्ने हजुर नै हो
म मरे पछि मेरो लासमा फेरि फूल दिनुहुन्छ ।

महाप्रलय हुनेछ यो मुटुमा आँखा जुध्यो भने
जानोस् दूर जानोस् , किन मेरै अगाडि उभिनुहुन्छ ?

लोकेन्द्र लेकाली
रुकुम पश्चिम