भीरमा फुल्छ मैदानमा पनि फुल्छ
त्यो फूल हो चिहानमा पनि फुल्छ ।
सुर्ता कत्ति नलिनुहोस् दोकानदार जी
बाँचुन्जेल फूल दोकानमा पनि फुल्छ ।
हुँदैन हतोत्साहित आँधीहुरी आए पनि
सङ्घर्ष गर्दै फूल तुफानमा पनि फुल्छ ।
सुन ए ! आफू मात्र फुल्न चाहनेहरू
हेर सयपत्री त्यो बथानमा पनि फुल्छ ।
हामी रट्छौँ सँधै आफ्नै दुखका कुरा
मुस्कुराउँदै फुल चट्टानमा पनि फुल्छ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला