दिवाकर भट्टराई

केलाउँछौ बोडी न पुग्छ तिमीलाई न मलाई।
खुवाउन छोडी न पुग्छ तिमीलाई न मलाई।

बोली काट्न नसक्नु ठूलो कमजोरी रह्यो !
वचन तोडी न पुग्छ तिमीलाई न मलाई ।

कोही प्रति आस्था वा विश्वास गर या नगर !
नसमाई गोडी न पुग्छ तिमीलाई न मलाई।

कछुवाको गतिमा अगाडि बढाउला नेप्टी !
नखोज्नु जोडी न पुग्छ तिमिलाई न मलाई।

हिमाल जस्तै मुस्कुराएर नहिँड्नु पराईसँग !
घुम्टो ओडी नपुग्छ तिमीलाई न मलाई।