

किरण रिजाल
यो शिर जति फुटाऊँ तिमी ढुङ्गामा
रसाएर बग्दैन थोपा मोती ढुङ्गामा ।
मूर्खहरुले नै दक्षिणा भेटी चढाउँछन्
केवल भर्छन् थैलाहरु पुजारी ढुङ्गामा ।
जहाँ अन्धाहरुको बस्तीमा मन्दिर छ
त्यहीँ फल्छ आलु भान्टा कोपी ढुङ्गमा ।
कर्म गर्नेले सर्म गर्न त पक्कै हुन्न हजुर
अनि फल्ला हीरा मोती ती ढुङ्गामा ।
होस् गर्दै हिँड्नु महोदय आफ्नो बाटोलाई
कहीँ पछारिएला उत्तानो टाङ्ग पारी ढुङ्गामा ।
किरण रिजाल”अन्जान”
विराटनगर -1
9811343968



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
