अनिल जोशी

नेपाली हौँ झुक्दैनौँ कहिल्यै
रोकोस जस्ले रुक्दैनौँ कहिल्यै

भुक्ने कुकुरले टौक्दैन भन्छन्
टोक्छौँ हामी भुक्दैनौँ कहिल्यै

मेची देखि महाकाली सम्म
बग्छौँ हामी सुक्दैनौँ कहिल्यै

सहिष्णुता पहिचान हाम्रो
दुष्ट नै होस् थुक्दैनौँ कहिल्यै

नखोज है जोरी नेपाली हौँ
जाई लाग्न चुक्दैनौँ कहिल्यै