

सुष्मा पौडल
१
धन भन्दा विद्या ठूलो भन्ने आधार छ
तर पनि पैसामै अडिएको संसार छ
धन पनि क्षणिक यो जीवन पनि क्षणिक
खै किन हो तिम्रो वजनमा अहंकार छ
कति कुरुप बनाइदियो पैसाले मानिसलाई
न कसैमा दया छ न त मनमा प्यार छ
छ त यहाँ केवल प्रतिस्पर्धाको भवाना
दुनियाँलाई त जितौला तर आफैं भित्र हार छ
न जन कमायो न त मन कमायो
भलै उ सँग धन सम्पत्ती अपार छ
२
धन कमायौ तर मन गुमायौ
करोडौंको महलमा आफ्नोपन गुमायौ
सजिएलान् महँगा कार त्यो घरको बगलमा
तर माया फुल्ने झुपडीको आँगन गुमायौ
जसरी आएथ्यौ रित्तै रित्तै पठाउँछन् त्यसरी
धनलाई जपी मानवताको किन वजन गुमायौ
ती महँगा लुगाले किन्दैनन् इज्जत अब
जब धनकै लागि आफ्नो इज्जत झन्झन् गुमायौ
नियाल्नु आफैंलाई रित्तिँदै गएका छौ
टाढिए परिवार अनि यौवन गुमायौ
ठेगाना: सतुंगल
सहायक निर्देशक, बीमा समिति



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

तुरुन्त Scan गर्नुहोला
