लक्षमण समीर

गाउँ छाडेर शहरतिर पसेको मान्छे
उभों लाग्दैन शहरमै फसेको मान्छे

थाकिसके पसिना बगाउँदा बगाउँदै
मेरै बा हुन् ती टुक्रुक्क बसेको मान्छे

तिमीलाई दिँदादिँदै प्यार सकिएपछि
मै हुँ जोगी भई खरानी घसेको मान्छे

भो नदेउ तिम्रा वैसाखीहरु दया गरी
उभिँदैन ऊ उचाइबाट खसेको मान्छे

 बर्दिया