मनिराम मञ्जिल

नदी बन्नलाई पानी तलाउमा बसेर होइन निरन्तर बहनु पर्छ ।
राम्रो देखिइरहनलाई चन्द्रमा आकाशमै रहनु पर्छ ।।

मलाई निरन्तर चोट दिनेहरूलाई अनन्त धन्यवाद छ ।
मूर्ति बन्नलाई पनि ढुङ्गाले सयौं चोट सहनु पर्छ ।।

उनको सामु परेपछि म स्वयम् आफैंलाई बिर्सन्छु।
तिमी भन्छौ प्रेमिकालाई मनका बात सबै कहनु पर्छ ।।

रोक्दा न समय रोकिएथ्यो न रोकियो आँखामा आँसु ।
बिना कसुर आँखाबाट निरन्तर आँसुले बहनु पर्छ।।

किन जम्मा गरिरहेछौ अकुत सम्पत्ति र आफन्तहरू ।
के छ आखिर एकदिन एक्लै चिता माथि दहनु पर्छ ।।

बाग्लुङ
हाल काठमाडौ