दिवाकर न्यौपाने

मन अन्तै घरमा त केवल उसको शरीर थीयो।
बुझ्न त्यति गह्रो थिएन जति कुरो गम्भीर थियो।

आमाको उपचारमा भण्डार रित्तिदै गएको देखेर
बाबुलाई बन्दी बनाउने छोरो साँच्चै नै वीर थियो।

अध्यारो अनुहार, रसीला नयन देखेर निराश बाबा
बीज थाह नलाग्दा उसको मनमा कति पीर थियो।

मायाले मात्तिएकी घुर्की लगाउदै हिँडेकी छोरी
फर्किदा बाबा र आमाको हार चढेको तस्बीर थियो।

मान्छे न हो मन सिक्का भन्दा छिटो पल्टँदो रहेछ
विश्वास गर्यो घात हुने त त्यसको तकदिर थियो।

पिता – रंगलाल न्यौपाने
माता – सरस्वती देवी
ठेगाना – आमटेका, पो० बेतिनी, जिला – चिरांग, असम, भारत।
शिक्षा – स्नातक (संस्कृत व्याकरण एवं ज्योतिष), शिक्षाशास्त्री।
पद- जिला प्रचार सचिव (असम नेपाली साहित्य सभा, चिरांग)
रूचि – साहित्य लेखन एवं पठन।