तिम्रो राज्यमा मेरो सवार चाहन्छौ, मञ्जुर छ।
नजरको युद्धमा तरबार चाहान्छौ, मञ्जुर छ।
तिम्रो भोको पेटले, दुनियाँलाई शासक बनायो।
क्षेणिक खुसी लगातार चाहान्छौ, मञ्जुर छ।
मृत्युपश्चात् आँखा दान दिने घोषणा,सही गर्यौ।
टुटेको मन,फुटेको निधार चाहन्छौ, मञ्जुर छ।
यो देशमा विधिको शासन ब्यवस्था लागू भएन।
र पनि बहुमतको सरकार चाहान्छौ, मञ्जुर छ।
मेरा खातिर, तिम्रो जीवन मूल्यवान थियो नैं !
आफ्नो हेरचाह र स्याहार चाहन्छौं, मञ्जुर छ।
दमौली, तनहुँ
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला