दिवाकर भट्टराई

इशाराले पनि धेरै कुरा झल्किन्छ थाहा छ।
घामसँग काँचको सिसा टल्किन्छ थाहा छ।।

जीवन जिउने चाहना छैन भने छाडिदेउ।
आखिर रात जुनसँगै ढल्किन्छ थाहा छ।।

आँखाभरी पानी बोकी नजिक नआउनु ।
दुःखी मनमा आगो सल्किन्छ थाहा छ।।

प्रेमको फैसला दिल दिमागले नगरेपछि ।
बल्झेको घाउ फेरि बल्किन्छ थाहा छ।।

म सच्चा प्रेमी भन्ने सन्देश नदिनुहोस् ।
फेरि अर्को कोही पल्किन्छ थाहा छ।।

        दमौली, तनहुँ