छोरो अब विदेश गयो बाउले गफ लाउँदै होलान्
कल्पनाको भाटा काटी डलरले घर छाउँदै होलान्
घरमा सिन्को भाँचिएन दाउँछन् पराइहरू यहाँ
चैतेधानको रोपाईं गर्दा बाउले खेत साउँदै होलान्
अङ्ग्रेजीलाई कठिन मान्थेँ छाक टार्न गणित गाह्रो
साहुले ब्याज हिसाब गर्दै ठूलो मुख बाउँदै होलान्
खर्च भन्दा आम्दानीको तुलो हल्का हुन्छ नित्य
गाउँमा बाउ आइएमइको कार्यालय धाउँदै होलान्
सुनेको हो छिमेकीले साँध सीमाना मिच्दै छ रे
हामी विदेशमा बस्दा दुष्मनले बल पाउँदै होलान्
उमेर :- ५७
ठेगाना :- कालिका ६ चितवन ।
रुचि:- साहित्य अध्ययन एवं लेखन ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला