नजरको पनि नजर हुँदो रहेछ
हरेक हेराइमा कसर हुँदो रहेछ
भन्न त जनताको लागि भन्दै हिँड्थे
निमुखाको कहाँ कदर हुँदो रहेछ
घोषणा पत्र छापियो परार पनि
अझै पनि छाप्ने रहर हुँदो रहेछ
चल्न त चलेकै छ सरकार देशमा
इशारामा चल्ने खबर हुँदो रहेछ
म देशमा छु या त कालो बजारमा छु
सत्यता नबुझ्ने जर्जर हुँदो रहेछ
हेलम्बु=६, सिन्धुपाल्चोक
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला