छाल जस्तै खुसी आउँछ र फर्किन्छ
जसरी पानीमा परेपछि तेल तर्किन्छ
गाँठो पार्दा त अप्ठ्यारो पर्दो रहेछ
सियोसँगै छिरेको धागो त अड्किन्छ
स्वीकार्छु कुनै समय नमिठो बोलेहुँला
तातेको बेला हरियो बाँस त पड्किन्छ
म मरेको खबरले उसलाई पीडा भएछ
फुटेको ऐना हेर्दैमा भाग्य कहाँ चर्किन्छ
सोच एक क्षण सोचेरै छोड्ने निर्णय लेऊ
अनिकालमा एक गेडा बीउ त खड्किन्छ ।
पोखरा