गजल मुशायराले साहित्यपोस्टसँग मिलेर सञ्चालन गरेको गजल प्रतियोगिताको उन्नाइसाैँ चरणमा असीराम डंगौरा, घनबहादुर थापा र समीर राई ` प्रेमिल´  विजयी हुनुभएकाे छ । त्यस्तै, यस प्रतियोगिताकाे अघिल्लाे हप्ता नारायण खनाल, खुसी पाेखरा र सन्ताेष सरील विजयी हुनुभएकाे थियाे ।

विषयवस्तु, शब्द संयाेजन, काव्य चेत, नवीनता र सामाजिक सबै किसिमले विजयी तीन गजलहरु उत्कृष्ट भएकाले करूण थापा, रवि प्राञ्जल, जय गाैडेल र जितेन्द्र मल्लको संयुक्त निर्णयमा सर्वोत्कृष्ट घोषित गरिएको हो ।

प्रतियोगितालाई अस्ट्रेलियामा व्यवसाय गरेर बस्नुभएका डिला खरेल र उहाँको कम्पनी इनाभेटिभ एसोसिएट्सले प्रायोजन गरेकाे छ । पेसाले एकाउन्टेन्ट तथा वित्तीय परामर्श र बैङ्किङ सेवामा संलग्न खरेल साहित्य विशेष रुचि राख्ने भएका कारण यो प्रतियोगितासँग जोडिनुभएको हो ।

“गजल प्रतियोगिताकाे उन्नाइसाैँ चरणमा सङ्ख्यात्मक रूपमा कम गजलहरू प्राप्त भएका थिए ।” निर्णायकमध्येका करूण थापाले बताउनुभयो, “प्राप्त गजलहरूमध्येबाट सर्वाेत्कृष्ट ठहरिनुभएका असीराम डंगौराल, घनबहादुर थापा र समीर राई ` प्रेमिल´लाई यस साताका लागि विजयी घाेषणा गरिएकाे छ ।”

साथै, थापाले एकपटक विजयी भइसक्नुभएका गजलकारहरूलाई अप्रतियोगीका रूपमा मात्र प्रतियोगितामा सहभागी हुनसमेत अनुराेध गर्नुभएकाे छ ।

प्रतियोगिताका लागि जम्मा २० वटामात्र गजलहरू रीतपूर्वक प्राप्त भएका थिए । सहभागिता जनाएर प्रतियोगितालाई भव्य बनाइदिनुहुने सम्पूर्ण गजलकारहरूप्रति आयाेजक गजल मुशायरा र साहित्यपाेस्ट दुबैले धन्यवाद ज्ञापन गरेका छन् ।

प्रतियोगिता पचास सातासम्म लगातार चल्नेछ । हरेक साता पाठकले आफ्नो एउटा गजल तलको कमेन्ट बक्समा पोस्ट गर्नुपर्नेछ । प्रतियोगितामा उत्कृष्ट गजलहरुलाई हरेक साता पाँच सय नगद अथवा एक हजार रुपैँया बराबरको पुस्तकले सम्मान गरिने छ ।

त्यसैगरी पुरस्कृत गजलहरु रचनाकारका आवाजमा रेकर्ड गरी गजल मुुशायराको आधिकारिक च्यानलमार्फत् प्रशारण गरिने निर्णायकमध्येका एक तथा गजल मुुशायराका जितेन्द्र मल्लले जनाउनुभएको छ ।

वर्षको अन्त्यमा छानिएका १ सय ५० गजलहरूमध्येबाट पनि उत्कृष्ट तीन छानिने छन् । सर्वोत्कृष्ट तीनवटा गजल छान्दा ५० प्रतिशत निर्णायक र ५० प्रतिशत भिडियोमा आएको रेस्पोन्स (लाइक, कमेन्ट र सेयरसहित, भिडियोको गुणस्तर) लाई ध्यानमा राखिने बताइएको छ । वर्षकाे अन्तिममा सर्वाेत्कृष्ट गजलहरूलाई ३० हजार, २० हजार र १० हजार नगद एवं गजलका केही महत्वपूर्ण पुस्तकहरूले सम्मान गरिनेछ ।

यसपटक छानिएका तीन गजलका सर्जकहरुलाई पाँच सय नगद अथवा एक हजार बारबरका पुस्तकले सम्मान गरिने छ । साथै, साताका उत्कृष्ट तीनमा पर्न सफल गजलकारहरूमा पुरस्कारका लागि ९८५१०९७८८८ वा sahityapost2020@gmail.com मा सम्पर्क गर्नुहुन साहित्यपोस्ट अनुराेध गर्दछ  ।

त्यस्तै, उत्कृष्ट तीनमा पर्न सफल गजलकारहरूमा आफू विजयी भएकाे चरण (अङ्क) उल्लेख गर्दै mushayaraofficial@gmail.com मा पुरस्कृत गजल वाचन गरी, भिडियो सात दिनभित्रमा पठाइदिनुहुन समेत अनुराेध गर्दछ । यसरी पठाइएको पुरस्कृत गजललाई गजल मुशायराको अफिसिल युट्युब च्यानलमार्फत् प्रसारण गरिने छ ।

पढ्नुहाेस् उन्नाइसाैँ साताका विजय गजलहरूः