जल मुशायराले साहित्यपोस्टसँग मिलेर सञ्चालन गरेको गजल प्रतियोगिताको साताैँ चरणमा रविन्द्र कार्की “रवि”, सन्ताेष घिमिरे “आर्यश” र गाेपाल खनाल विजयी हुनुभएकाे छ । त्यस्तै, यस प्रतियोगिताकाे अघिल्लाे हप्ता शाेभा लामिछाने, निर्दाेष एनपी र  युवराज भण्डारी विजयी हुनुभएकाे थियाे ।

विषयवस्तु, शब्द संयाेजन, काव्य चेत, नवीनता र सामाजिक सबै किसिमले विजयी तीन गजलहरु उत्कृष्ट भएकाले करुण थापा, जितेन्द्र मल्ल, रवि प्राञ्जल र जय गौडेलको संयुक्त निर्णयमा सर्वोत्कृष्ट घोषित गरिएको हो ।

“साहित्यपोस्ट र गजल मुशायराको संयुक्त आयोजनामा सञ्चालित गजल प्रतियोगिताकाे साताैँ सातामा रविन्द्र कार्की “रवि”, सन्ताेष घिमिरे “आर्यश” र गाेपाल खनाल सर्वाेत्कृष्ट ठहरिनुभएकाे छ ।”, निर्णायकमध्येका करूण थापाले बताउनुभयो, “यस साता सङ्ख्याका हिसाब कम मुक्तकहरू प्राप्त भए पनि बढी प्रतिस्पर्धी थिए   । तुलनात्मक रूपमा प्राप्त गजलहरूमध्ये विजेता गजलहरू अब्बल ठहरिएका हुन् ।”

प्रतियोगितालाई अस्ट्रेलियामा व्यवसाय गरेर बस्नुभएका डिला खरेल र उहाँको कम्पनी इनाभेटिभ एसोसिएट्सले प्रायोजन गरेकाे छ । पेसाले एकाउन्टेन्ट तथा वित्तीय परामर्श र बैङ्किङ सेवामा संलग्न खरेल साहित्य विशेष रुचि राख्ने भएका कारण यो प्रतियोगितासँग जोडिनुभएको हो ।

प्रतियोगिताका लागि जम्मा २० वटा गजलहरु प्राप्त भएका थिए । सहभागिता जनाएर प्रतियोगितालाई भव्य बनाइदिनुहुने सम्पूर्ण गजलकारहरूप्रति आयाेजक गजल मुशायरा र साहित्यपाेस्ट दुबैले धन्यवाद ज्ञापन गरेका छन् ।

प्रतियोगिता पचास सातासम्म लगातार चल्नेछ । हरेक साता पाठकले आफ्नो एउटा गजल तलको कमेन्ट बक्समा पोस्ट गर्नुपर्नेछ । प्रतियोगितामा उत्कृष्ट गजलहरुलाई हरेक साता पाँच सय नगद अथवा एक हजार रुपैँया बराबरको पुस्तकले सम्मान गरिने छ ।

त्यसैगरी पुरस्कृत गजलहरु रचनाकारका आवाजमा रेकर्ड गरी गजल मुुशायराको आधिकारिक च्यानलमार्फत् प्रशारण गरिने निर्णायकमध्येका एक तथा गजल मुुशायराका जितेन्द्र मल्लले जनाउनुभएको छ ।

वर्षको अन्त्यमा छानिएका १ सय ५० गजलहरूमध्येबाट पनि उत्कृष्ट तीन छानिने छन् । सर्वोत्कृष्ट तीनवटा गजल छान्दा ५० प्रतिशत निर्णायक र ५० प्रतिशत भिडियोमा आएको रेस्पोन्स (लाइक, कमेन्ट र सेयरसहित, भिडियोको गुणस्तर) लाई ध्यानमा राखिने बताइएको छ । वर्षकाे अन्तिममा सर्वाेत्कृष्ट गजलहरूलाई ३० हजार, २० हजार र १० हजार नगद एवं गजलका केही महत्वपूर्ण पुस्तकहरूले सम्मान गरिनेछ ।

यसपटक छानिएका तीन गजलका सर्जकहरुलाई पाँच सय नगद अथवा एक हजार बारबरका पुस्तकले सम्मान गरिने छ । पुरस्कृत स्रष्टालाई साहित्यपोस्टले सम्पर्क गरेर पुरस्कार हात लगाउने प्रयास गर्नेछ ।

पढ्नुहाेस् साताैँ साताका विजय गजलहरूः