विश्वको सबैभन्दा पुरानो र पहिलो चित्र
इन्डोनेसियाको सुलावेसी टापुमा रहेको लेआङ टेटेङ्गी गुफामा (Leang Tentonggee Cave) भेटिएको जङ्गली सुँगुरको चित्रलाई विश्वको सबैभन्दा पुरानो र पहिलो मानव निर्मित हाते चित्र मानिन्छ । खोज अनुसन्धानमा सक्रिय विद्यार्थी बसरन बुरहानले सन् २०१७ मा उक्त चित्र फेला परेका थिए ।
उक्त गुफामा तीन ओटा सुँगुरको चित्र फेला परेको थियो । जसमा दुई ओटा भने खिइँदै खिइँदै मेटिने अवस्थामा पुगेका थिए । तीमध्ये एउटामा भने कुनै खराबी आएको थिएन । इन्डोनेसियाका पुरातत्वविद्हरुले उक्त चित्रको आयु ४५,५०० वर्ष पुरानो रहेको बताएका छन् ।
उक्त चित्रको लम्बाई ५४ सेन्टिमिटर रहेको छ । जसमा गाढा रातो र केही कालो रङ्गका साथै अरु पनि रङ्गहरू प्रयोग गरिएका छन् । जसलाई होमो सेपियन्सहरुले बनाएको हुन् भन्ने पुरातत्त्वविद्हरुको अनुमान रहेको छ ।
विश्वको पहिलो लिखित पुस्तक
सुमेरियन सभ्यताले ३,४०० ईसापूर्वबाट नै लखन कलाको विकास गरिसकेको थियो । ईसापूर्व १५०० देखि १२०० को बीचमा लेखिएको ‘गिलगामेशको महाकाव्य’लाई विश्वको पखिलो लिखित पुस्तक मानिन्छ । यसको लेखन मितिमा भने अरू पनि केही विवादहरू रहेका छन् । यो महाकाव्यलाई मेसोपोटामियाको सबैभन्दा उत्कृष्ट काव्य मानिन्छ । खोजकर्ताहरूले उक्त पुस्तकलाई इराकको ‘टाइग्रिस’ र ‘युफ्रेटिस’ नदी किनारमा भेट्टाएका थिए । यस पुस्तकका केही प्रतिलिपिहरू सातौं ईसापूर्वका राजा ‘अशुरबानियापाल’को पुस्ताकालयमा फेला परेको थियो । जुन पुस्तकालय प्राचिन सभ्यताको सबैभन्दा ठूलो पुस्ताकालय थियो ।
उक्त पुस्तक कागजमा नलेखिएर माटोको ट्याब्लेटमा लेखिएको थियो । १२ ओटा माटोको ट्याबलेटमा उक्त महाकाव्य लेखिएको थियो । जसमा पुरातन चित्रात्मक भाषा ‘क्यूनिफर्म’को प्रयोग गरिएको छ । जुन शब्द ल्याटिन भाषाको ‘क्युनियस’ शब्दबाट लिएको थियो । जसको अर्थ हुन्छ ‘रसातल’ ।
राक्षस र देवताबीचको लडाइँ र अन्य थुप्रै विषयवस्तुमा लेखिएको उक्त महाकाव्य बडो रोचक रहेको छ । माटोको ट्याबलेटमा लेखिएको उक्त पुस्तकलाई ब्रिटिश सङग्राहलयमा सुरक्षित राखिएको छ ।
पहिलो नेपाली उपन्यास
वि.सं १९६० ताका प्रकाशित भएको उपन्यास वीरचरित्रलाई नेपालको पहिलो उपन्यास मानिन्छ । यस पुस्तकका लेखक गिरिश वल्लभ जोशी कवि तथा लेखक मात्र नभएर आयुर्वेदका वैद्य पनि थिए । हिन्दी साहित्यमा उनको खुबै रूचि थियो । हिन्दी साहित्यको अध्यन गर्दा गर्दै उनले पुस्तक लेख्न पुगेका हुन् ।
लेखक स्वयम राणा दरबारका वैध थिए । उक्त पुस्तक १९६० पहिलो पटक छापिएको थियो । तर छापिएको केही समयमा नै पुस्तकमाथि रोक लाग्यो । राणा सरकारले यसलाई पुरै प्रतिबन्ध लगायो । निकै समयसम्म पुस्तक छापिन पाएन । तर पुस्तक पढ्ने पाठकहरू भने घटेनन् बढिरहे । भित्रभित्रै यसको लोकप्रियता बढ्दै गयो । नछापिइकनै पनि यस पुस्तकले पूरै देश पिटेको थियो ।
१९ असोज १९२४ मा जन्मिएका जोशीको जन्मस्थान भने विवादित रहेको छ । केहीले उनको जन्म नेपालमै भएको बताए पनि उनका बाबुआमा भारत भ्रमणमा गएको बेला बनारसमा उनको जन्म भएको बताइएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।