मुक्तिनाथ तिमिल्सिना (१९७१) को अछूत उपन्यास र हिन्दु संस्कृति र आधुनिकता कथासङ्ग्रह, केशवराज पिँडाली(१९७१–२०५५) को एकादेशकी महारानी र बाँच्ने एउटा जिन्दगी, विश्वेश्वरप्रसाद कोइराला (१९७१–२०३९) दोषी चस्मा, मोदी आइन, सुम्निमा, हिटलर र यहुदी, बाबु आमा र छोरा,हृदयचन्द्रसिंह प्रधान(१९७२–२०११)को स्वास्नीमान्छे, एक चिहान र हृदयचन्द्रसिंहका कथाहरूमा पनि बुढेसकालका प्रसङ्ग आएका छन् । एक चिहान उपन्यासमा अष्टनारायण बिरामी भएको आज ठ्याम्मै दुई महिना भएसक्यो, एक महिनासम्म आफ्नै टोलमा गुभाजूलाई देखाएका थिए र बिचराले हुनसम्मको उपाय गरिसकेका थिए । उनीबाट केही जोर नचलेर असनका तुयू गुभाजूलाई पनि देखाइसके । तुयू गुभाजु नेपालका एक नामी झारफुके वैद्य थिए । डाक्टर, कविराजहरूले झैं उनी पनि फीस लिने गर्थे । (एक चिहानबाट)
मंगलकुमार नेपाल(१९७३) को संक्षिप्त श्रीमद्भागवत, मेघदूत,गोपालप्रसाद रिमाल(१९७५–२०३०) को आमाको सपना, मसान र यो प्रेम नाटक, डायमनशमशेर राणा (१९७५–२०६७) प्रतिबद्ध, धनको धब्बा, माधवप्रसाद घिमिरे(१९७६–२०७७) को गौरी शोककाव्य, राजराजेश्वरी, पापिनी आमा, शकुन्तला, मदनमणि दीक्षित (१९७९–२०७५)को माधवी, ग्याँस च्याम्बरको मृत्यु र त्रिदेवी,गोविन्दबहादुर मल्ल गोठाले(१९७९–२०६७)को कथैकथा,कथासंकलन, पल्लोघरको झ्याल, विनोदप्रसाद धिताल (१९८०–२०४६)को राधामिलन काव्य र योजनगन्धा उपन्यास, विजय मल्ल(१९८२–२०५६)को बौलाहा काजीको सपना, कुमारी शोभा, श्रीमती शारदा र पत्थरको कथामा बुढ्यौलीको चर्चा भएको छ । दौलतविक्रम विष्ट(१९८३–२०६०)को चपाइएका अनुहारहरू, भोक र भित्ताहरू, आलोक कथा, वसन्तकुमार शर्मा नेपाल(१९८४–२०७४)को विधवा विवाह काव्य, गद्य महाभारत, लक्ष्मीबाई संवाद कथा, प्रभावति गुप्ता कथा,लक्ष्मीप्रसाद आचार्य (१९८४)को स्मृति शोककाव्य र जयद्रथ बध कथा,रमेश विकल(१९८५–२०६५) एउटा बूढो भ्वाइलिन आशावरीको धुनमा, सालिक र सहस्र बुद्ध तथा अविरल बग्दछ इन्द्रावती उपन्यास, राजेश्वर देवकोटा(१९८६)को आवर्तन र द्वन्द्वको अवसान उपन्यास, शंकरप्रसाद कोइराला
(१९८७–२०५४) खैरेनी घाट, एक अञ्जुली श्रद्धाञ्जली र माझीकी स्वास्नी उपन्यास, महेश्वर शर्मा
(१९८८)को कालखण्ड उपन्यास र अस्तित्वको खोजीमा निबन्ध, रामलाल अधिकारी (१९८८–२०६२) आफैं जन्मिनेहरू र थपिनी कान्छी कथासङ्ग्रह, ध.च. गोतामे (१९८९–२०६३)को घामका पाइलाहरू उपन्यास र कालान्तर संस्मरण निबन्ध, शान्ता श्रेष्ठ (१९९२)को दिल बैराग कथासङ्ग्रह, घाउ उसको दुखाइ मेरो उपन्यास र तेत्तीस पुतली संस्मरण, मकुन्द ढुंगेल (सन्१९३६) को ओरालो उकालो उपन्यास र आँखाको दुर्बिनबाट कथासङ्ग्रह, मोहनराज शर्मा(१९९४–२०७५)को महाशून्य, बैखरी कथा र बैकुण्ठ एक्सप्रेस नाटक, पारिजात(१९९४–२०५०)को शिरीषको फूल र लालीगुँरासको फेदमा संस्मरण, भारती खरेल(१९९५–२०४९) को यौटी आमाको कथा, लोकेन्द्रबहादुर चन्द(१९९६)को विसर्जन उपन्यास र रात्रिभोज कथा आदिमा बुढ्यौली साहित्यको प्रस्तुति पाइन्छ ।
शिवेको घरसँगै जोडिएको घर सुब्बा बाजेको हो । उहाँ उमेरको हद नाघी पेन्सनमा बस्नुभएको र विधुर भएको पनि पाँच वर्ष हुन थालेको छ । आजभोलि देवीदेवताहरूको दर्शन गर्ने र पाठपूजा गर्ने मात्र उहाँको काम छ । शिवेले प्रणनिवेदन गरिरहेको बेला उहाँ मौसमअनुसार दुलिहिं वा खास्टो ओढी अथवा ठूलो धोतीको सप्को हाली कौसीमा आई अभिनुहुन्छ र कान तिखो पारी एक एक शब्द सुन्दै तला तलाहरूमा बहालमा बसेकाहरूलाई सुनाउँदै राम! राम! कस्ता कुराहरू सुन्नुपर्ने भो ? कलियुग हो भन्नुहुन्छ । – विसर्जन उपन्यासबाट)
प्रा.डा कुमारबहादुर जोशी (१९९८–२०७६)को दोस्रो नवजीवन लेख तथा अन्तर्वार्ता, श्रीहरि रूपाखेती
(१९९८)को पुरातनका कथा कथासङ्ग्रह, मोदनाथ प्रश्रित(१९९९)को बुबा खै ? शोककाव्य, मानव महाकाव्य, देवासुर सङ्ग्राम महाकाव्य,मनु ब्राजाकी(१९९९–२०७५)को अवमूल्यन, आमालाई बेच्नु हुँदैन लाटा, परशु प्रधान(२०००)को सबै बिर्सिएका अनुहारहरू उपन्यास, बक्ररेखा कथा, मुरारी अधिकारी (२०००) को बग्दो खोला थिर बगर उपन्यास, भूपति ढकाल कमल(२०००) को श्रद्धाञ्जली शोककाव्य, ध्रुवचन्द्र गौतम(२०००) को कट्टेल सरको चोटपटक, अलिखित, डापी र उपसंहार अर्थात् चौथो अन्त्य , भाउपन्थी(२००१)को पलाँस, आदिपुरुष उपन्यास र सम्बन्ध कथासङ्ग्रह,मोहन कायस्थ(२००१)को विवश जिन्दगी उपन्यास र भावना कथासङ्ग्रह, राजेन्द्र सुवेदी (२००२)को सुद्युम्न र स्वप्न संसार पौराणिक उपन्यास, जगदीश घिमिरे(२००२–२०६८) को लिलाम र अन्तर्मनको यात्रामा जीवनको उत्तरार्धको चर्चा गरिएको छः
म गम्भीर बिरामी भएर घर फर्केको छ महिनाभित्रै म, आमा, भिनाजुहरू, आफन्तहरू र घनिष्ठ मित्रको जीवनलीला समापनको साक्षी भएँ ।
एकदुई वर्षदेखि भन्न थाल्नुभएको थियो, “मेरो आयु नै मलाई रोग भो । कति लामो आयु पाकी रैछु !”
जहाँको सन्तान नब्वे वर्षभन्दा बढीको जीवन लीला शान्तिपूर्वक समाप्त । हाम्रो परिवार र मेरो घरको आमा नामक ज्योति सदाका लागि निभ्यो । दो घरको त्यो भावनात्मक श्री सदाका लागि विलीन भयो । रोगी …. बीस वर्ष बूढो पनि भएँ । आमा जानुभन्दा एक साता पहिले पोखराका भिनाजु बितेका विहानको पाँच दिनअघि वैद्य बितेका थिए ।
…. भिनाजु, अब मरे पनि बाँचे पनि यही किमो थेरापीबाहेक केही आमा परलोक भएको दुई साताभित्रै मीना र माया सिटौला बिते उनीहरू सबै एकै महिनाभित्र सिनेमाको पर्दाका तस्बिरजस्तै गरी बिलाएका थिए । त्यसको केही महिनापछि रमेश भिनाजु पनि बिलाए । (अन्तर्मनको यात्राबाट)
खगेन्द्र सङ्ग्रौला (२००३) को आमा र यमदूतहरू, आमाको छटपटी उपन्यास, प्रेमा शाह(२००२) पहेँलो गुलाफ र विषयान्तर, माया ठकुरी (सन् १९४६) आमा जानुहोस् कथासङ्ग्रहमा आमाको बुढ्यौली अवस्था र मनोविश्लेषणको चर्चा गरिएको छ ।
राजेन्द्र विमल (सन् १९४७)को समय आँखा कथासङ्ग्रह, विष्णुराज आत्रेय(२००३–२०७७)को व्यथाविधा वियोगकाव्य, हामीभित्रको म उपन्यास, सरला संस्कृत उपन्यास र मातृमहिमा काव्य, विश्वप्रेम अधिकारी (२००३)को संकल्प आमा स्मृति काव्य, बानीरा गिरी(२००३)को कारागार र निर्बन्ध उपन्यास, , सदानन्द अभागी जैसी (२००३)को बूढो जवानी कविता, पश्चातापको आँसु, कथा, जीवनलीला र तीन युग एक कथा काव्य, श्रीधर पौडेल (२००३)को नाता हालको बकस उपन्यास, यमदूत काव्य, त्रिकालदर्शी स्मृतिकथा, शैलेन्द्र साकार (२००३)को कोलाज कथाहरू, रामायण र अरू कथाहरू, सनत रेग्मी(२००४)को मातृत्वको चित्कार र दिनान्त कथासङ्ग्रह, शंकर पौडेल (२००४) को आमा काव्य, सेती नाटक र जीवन शोककाव्य, शिवभक्त शर्मा न्यौपाने (२००४) को आमा र अर्को पक्ष कथासङ्ग्रह, जीवनका लहरह तोशी, विक्षिप्त उपन्यास, राममणि पोखरेल (२००४)को हरिमानको आत्महत्या कथासङ्ग्रह, कृष्ण गौतम (२००५)को स्वर्णबिम्ब र रानीवन उपन्यास, माधवप्रसाद पोखरेल (२००५)को गार्गीको गाँठो निबन्धसङ्ग्रह, भुवनहरि सिग्देल (२००७)को कुलबहादुर, रामदाइ काव्य, आमोइ उपन्यास आदिमा बुढ्यौली अवस्थाको चित्रण पाइन्छन् ।
मैले झलक्क न्याउरी बूढीलाई सम्झेँ । उसको खोप्रोलाई सम्झेँ। उसको अवस्था र विवशतालाई सम्झेँ । खोई कहाँ छ न्याउरी उज्यालो ? उसको मुखमण्डल कालो छ । घर हैन खोप्रो छ । आँगन पिँढी छैन । ऊसँग टुकी बत्ती छैन । खोपोका झ्याल छैनन् । दिउँसै भित्र पस्न डर लाग्छ सबै अन्धकार, सबै कालो । उसको लोग्ने एउटा खुसी थियो । केही उज्यालो भनूँ भने त्यो पनि मरेर गयो । सन्तान छैनन्, तिनको मोह पनि छैन । पोल्टामा धन छैन, त्यसको लालसा पनि छैन । ऊ कसैबाट किनिएकी कमारी थिई । सरकारले उसलाई रु. दुई सयमा निखन्यो रे । त्यो पैसा अघि उसलाई खरिद गर्ने मालिकले पायो । त्यो पैसाले एक खला खेत किन्यो ऊ अझै मालिक भयो । न्याउरी कमारी मात्र छे । अनायास मेरा गोडा न्याउरीका खोप्रातिर चल्न थाले अँध्यारो खोज्दै । (आमोई उपन्यासबाट)
बलदेव शर्मा मजयैया (२००७)को नरमणि लघु उपन्यास, कुहिरो उपन्यास, संकल्प कथासङ्ग्रह, पुर्णविराम (२००८)को आफन्त र पानीमाथि पानी कथासङ्ग्रह, हरि अधिकारी (सन् १९५२)को ६० पुगेपछि संस्मरण, नारायण ढकाल (२०१०)को इन्द्रजाल, प्रेतकल्प, हजारमाइलको यात्रा र शोकमग्न यात्री उपन्यास, प्रा.डा गोविन्दराज भट्टराई (२०१०)को मुग्लान, मणिपुरको चिठ्ठी, सुकरातको डायरी, प्रदीप नेपाल (२०१०)को हजार वर्ष उपन्यास र हजार वर्षका कथाहरू कथासङ्ग्रह, यज्ञराज यात्री जोशी (२०१०) को आमा कविता, आमाको महिमा कवितासङ्ग्रह र विष्णुदास शोककाव्य, रामप्रसाद पन्त (२०१०) को तीन आमाको छोरा,राजव (२०११)को समय पीडा, इतर जिल्लावासी, मुकुन्द शर्मा चालिसे (२०११)को मातृत्व यस्तो हुन्छ काव्य, सुलोचना मानन्धर धिताल (२०११) को एक रात कविता, इतिहासका ज्यूँदा पानाहरू निबन्ध लेख र तेजोऽसि लेख, सरुभक्त (२०१२) को बोक्सीको आह्वान र घोषणापत्र कविता, पागलबस्ती उपन्यास, मोतीलाल पराजुली (२०१३)को नेपाली लोकगाथा र धर्मात्मा राजा कथा, शीतल गिरी (२०१३)को तपोधन उपन्यास र जीवाश्म, विमल सुवेदी (२०१३)को दुईहजार वर्ष र देवयानी उपन्यास, राजेन्द्रप्रसाद अर्याल (२०१३) को पुस्तान्तर संयुक्त कथासङ्ग्रह, मणिकुमार पोखरेल (२०१४) को गोमारत्न शोककाव्य, शारदा शर्मा (२०१५)को तापउपन्यास, ध्रुव मधिकर्मी (२०१५)को जिन्दगी र समय कथासङ्ग्रह, कृष्ण धरावासी(२०१७)को शरणार्थी राधा, आधाबाटो उपन्यास, झोला कथासङ्ग्रह, भवानी क्षेत्री (२०१७)को आमाहरू निबन्धसङग्रह, माधव वियोगी (२०१८)को प्रेम र विधवा र लाहुरे काव्य, कपिलमणि ज्ञवाली(२०१८)को पञ्चतन्त्रका कथाहरू अकबर र बीरबलका कथा, हितोपदेशका कथा, जातक कथा कथासङ्ग्रह,बखतबहादुर थापा(२०२२)को कालचक्र उपन्यास, नयनराज पाण्डे(२०२३)को विक्रमादित्य एउटा कथा सुन कथासङ्ग्रह, लु उपन्यास, विप्लव ढकाल(२०२४)को प्रोफेसर शर्माको डायरी, माधव अधिकारी (२०२४)को आमाको महत्त्व, विवश हृदय कथासङ्ग्रह र वेदना आमाको गीतसङ्ग्रह, रोशन थापा निरव(२०२४)को प्रत्येक श्रवणकुमार अर्थात् युद्ध, प्रस्थनानन्तर, आवाजहरूको जङ्गलभित्र, श्रवण मुकारुङ (२०२५)को बिसे नगर्चीको वयान, रामेश्वरी पन्त(२०२५)को चहर्याई नै रह्यो कथासङ्ग्रह, साधना प्रतीक्षा(२०२९)को रगतका दुई रङ, अतृप्त आकाश कथासङ्ग्रह, राजन मुकारुङ(२०३२)को दमिनी भीर उपन्यास, अमर न्यौपाने (२०३२)को सेतो धरती उपन्यास आदिमा बुढ्यौलीकै अवस्थाका घटना विषयवस्तुका रूपमा आएका छन् ।
बैसठ्ठी वर्षकी भएँ । तर, अहिले लाग्छ भगवानले मलाई जति हामो आयु दिनुभएछ । एउटै जीवनमा तीन युग भोगेजस्तो लाग्छ । अझै एउटा युग भोग्न बाँकी छ –संन्यस्त जीवन । संन्यस्त नभए पनि मेरो जीवन यसै पनि सन्यासीको जस्तो जीवन । आवरणमा पनि मलाई संन्यास ग्रहण गर्न मन लाग्यो ।
मैले सन्यास लिन लागेको मनमा कुनै वैराग्य भाव आएर होइन । भिक्षा मागेर जीवन गुजार्छु भनेर पनि होइन । मेरो मृत्युपछि क्रिया गर्ने कोही छैनन् र मैले मुक्ति पाउँदिन भनेर पनि होइन ।
मनको सन्तोष नै होस्, मैले त आफ्नो गोत्र र थरलाई मेट्न संन्यास लिन खोजेकी हुँ । नचिनेका, नजानेका, कहिल्यै अनुहार नसम्झेका मान्छेले दिएको थर, गोत्रलाई बोकेर कति हिँडूँ ? कति बाँचिरहूँ मृत थर र गोत्र बोकेर ? त्यसलाई मेट्न मात्र खोजेकी हुँ । म मर्दा थर र गोत्रविहीन भएर मर्न सकूँ । (अमर न्यौपानेको सेतो धरतीबाट)
बुद्धिसागर (२०३८) को कर्णाली ब्लुज, उपन्यासमा बुढ्यौली साहित्यका विभिन्न कथावस्तु प्रसङ्ग, पात्र तथा परिवेशको चित्रण गरिएको छ ।
नेपालबाहिर रहेर पनि नेपाली साहित्यमा वृद्धवृद्धाको कथा वा अनुभूतिलाई आधार बनाएर साहित्यका विभिन्न विधागत कृतिको रचना भएका छन् । नेपाल बाहिरबाट बुढ्यौली साहित्यमा रचना गर्नेहरूमा रूपनारायण सिंहको भ्रमर र बिजुली उपन्यास र नवरत्न कथासङ्ग्रह, अच्छा राईको लगन, दोभान उपन्यास, इन्द्रबहादुर राईको आज रमिता छ उपन्यास, कथास्था र कठपुतलीको मन कथासङ्ग्रह, शिवकुमार राईको डाकबङ्गला, अच्छा राई ‘रसिक’ को लगन, कृष्णसिंह मोक्तानको अशेष यात्रा, देवनम देवसको तुफान, चेतन कार्कीको हनिमुन, अरूण शर्माको एक डायरी सुशी र कञ्जनजङ्गा, लैनसिंह वाङ्गदेलकै माइतघर, लङ्गडाको साथी र रेम्ब्रान्ट, उदयचन्द्र वशिष्टको श्रीमद्भागवत यज्ञपुराण र भगवान बुद्ध, उदय थुलङको सबभन्दा सेतो केश र अनावृत्त आकाश कथासङ्ग्रह,कमला आँसुको ममताको छाकभित्र र सेतो गुलाफ, कृष्णसिंह मोक्तानको जीवन परिक्रमा उपन्यास र जीवनको गारेटोमा कथासङ्ग्रह, के. बी नेपालीको भोक मृत्यु संघर्ष कथासङ्ग्रह, समर्पण, तस्वीर एकरातको उपन्यास, महासती नाटक, गोपीचन्द्र प्रधानको आमाको पुकार काव्य, यस जन्ममा उपन्यास र धरती कथासङ्ग्रह, जय धमलाको पागल, अर्घेलो समाज र शेष जीवन उपन्यास, धमलाका कथाहरू कथासङ्ग्रह, टी.बी चन्द्र सुब्बाको आँसुका करुण थोपाहरू कथासङ्ग्रह, जीवनदेखि टाढामा उपन्यास, तुलसी अपतनको कर्णकुन्ती कथा, तुलसीराम शर्माको आमा महाकाव्य, दिल सुब्बाको मरेको मान्छे उपन्यास, बिन्द्या सुब्बाको कथाक्रम कथासङ्ग्रह, फूलहरू, पहाडहरू,धर्साहरू उपन्यास, मोहन दुखुनको एउटा अभिशाप कथासङ्ग्रह, कर्तव्यता उपन्यास, रामबहादुर राईको संयोग र जीवन परिधि उपन्यास, लीलबहादुर क्षेत्रीको अतृप्त, ब्रम्हपुत्रको छेउछाउ उपन्यास, शंकर प्रधानको म विवश छु उपन्यास, विवशताभित्र बाँचेको जिन्दगी नाटक र अवस्था कथासङ्ग्रह, शरद क्षेत्रीको विस्थापन उपन्यास र कथास्मृति कथासङ्ग्रह र सिद्धार्थ राईको शून्यताको यात्रामा कथासङ्ग्रहमा बुढ्यौली साहित्य पाइन्छ ।
पछिल्लो समयमा बुढ्यौलीलाई विषय बनाएर साहित्यका विभिन्न विधामा धेरै रचना भएका छन् । बा, आमा शीर्षकका काव्यहरू चर्चामा आएका छन् भने बाबु त्रिपाठीको बा कविता निकै चर्चामा रहेको पाइन्छ । बुढ्यौली साहित्यअन्तर्गत रचना भएका कथा आमा जानुहोसले आमाले जीवनको उत्तरार्धमा भोग्नुपरेको विषयलाई समेटेको छ । यसरी नेपाली साहित्यको प्राथमिककालदेखि अझ विस्तृत अध्ययन गर्दा पौराणिक वा वैदिककालदेखि नै बुढ्यौली साहित्यले आफ्नो स्थान बनाएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।