साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

च्याप्टर फाइभ – यत्साङ्ख्यै प्राप्यते स्थानम् तद्योगैरपि गम्यते

भर्खरै कुन किताब पढेर सक्नुभयो ? जीवनमा गीतै गाउन योग्य क्षण कती बाँच्नुभयो ? जीवनमा कतीवटा गीत गाउनुभयो ? समुद्र देख्नुभएको छ ? छालहरू महाभारतका घोडा जसरी हुत्तिएर तपाईंतिर आएको छाम्नु भएको छ ?

एकं साङ्ख्यं च योगम् च यः पश्यति स पश्यति

(कर्म भर्सेस ज्ञान)

bahulako diary small and inside post

कुरा बुझे सकिगो भने किन गरुम् म काम ?

किन गरुम् यो युद्ध

किन बनुम् भायोलेन्ट म्यान ?

भन कृष्ण किन नगरुम् बरु ध्यान ?

राम्रोसँग काम गर्न जाने कर्म नै बन्छ ध्यान. कर्म नै बन्छ ज्ञान र कर्म नै बन्छ सन्यास.

जंग रहमत है कि लानत, यह सवाल अब न उठा

जंग जब आ ही गयी सर पे तो रहमत होगी
दूर से देख न भड़के हुए शोलों का जलाल
इसी दोज़ख़ के किसी कोने में जन्‍नत होगी…….

स्वर्ग अहिले र अन्तै कतै छ भन्ने मानेर, आज दुख गर्छु भोली खुसी हुन्छु भन्ने ठानेर हिंडेको मान्छेको भोली कहिले आउँदैन. बाँचुन्जेल उसले सुख पाउँदैन. बरु आँखा उघारेर हेरे यो क्षण, मनका सबै पर्दा खोलेर छिर्न दिए भित्र होसको पारिलो घाम, जुनसुकै नर्कको कुनामा बनाउन सकिन्छ आफ्नो स्वर्ग. अब यही युद्ध मैदानमा होस साध अर्जुन र यहीं रच आफ्नो गाथा, यहीं गर ध्यान. यही युद्ध नै अनी बन्नेछ तिम्रो ध्यान.

युद्धलाई ध्यान बनाउने फर्मुला म भन्छु अब सुन.

नराख कसै प्रती द्वेष

खेल ठानेर चलाउ आफ्नो धनुष

खेलको आनन्द र आफ्नो कौशलको इज्जतका लागी गर कर्म चाहे जे सुकै गर.

अनी रहन्न फरक ध्यानमा र युद्धमा.

यसरी गर्न सके दुवैले दिन्छन् मोक्ष.

जागिर खाउ वा गर व्यापार चाहे बन कलाकार. गर्दै आफ्नो कर्म, कमाउँदै थोरै क्यास, गर्दै बेलाबेला रिल्याक्स,

पाउन सकिन्छ यदि मोक्ष भने,

एक दुइ किन्दा यदि करोड निशुल्क पाइन्छ भने, किन मिस गर्ने त्यो च्यान्स ?

उठाउ धनुष, समात तरबार हे अर्जुन. डन्ट डिसप्पोइन्ट योर फ्यान्स. डन्ट से आइ एम स्केयर्ड लाइक स्ट्युपीड म्यान्स  !! (डिसक्लेमर म्यानको प्लुरल मेन हुन्छ. राइम मिलाउन म्यान्स लेखिएको.)

धारणा जुधे दुख हुने हो. चित्तले अरुको मुर्खता टिप्छ. मान्छे यस्तो मेसिन हो जसले वरपरबाट सबथोक टिप्छ. इम्प्रेसन्स टिप्छ. मुर्खहरुको वरिपरी धेरै बस्नुभयो भने मुर्खता सर्छ. चेतनाको प्रकाश उती उज्यालो नहुने भएकाले मुर्खहरु विरोधाभाषी चाहना पाल्छन्. केही गर्न मन लाग्यो र अल्छी लाग्यो दुवै एकैपल्ट भन्छन्. सेक्सुवल प्लेजर र भर्जिनिटी दुवै एकैपल्ट चाहियो भन्छन्. यसैलाई द्वैत भनिएको. आफ्ना सबै धारणा सिधा र स्पष्ट बनाए, जीवनमा दुख छैन. अलमल्ल छैन. यसलाई चाहीं अद्वैत भनिएको. मनै उत्साहित र उद्द्वेलित नपार्ने सम्बन्ध र संवादबाट बच्नु. नत्र मुर्खता सर्न बेर लगाउँदैन.

हेलो यार के छ नयाँ नौलो

अँ यार यस्तै छ./ ठिकठाक छ/ चलिरहेको छ.

अनी अरु ?

अनी अरु……

अनी अरु….

भर्खरै कुन किताब पढेर सक्नुभयो ? जीवनमा गीतै गाउन योग्य क्षण कती बाँच्नुभयो ? जीवनमा कतीवटा गीत गाउनुभयो ? समुद्र देख्नुभएको छ ? छालहरू महाभारतका घोडा जसरी हुत्तिएर तपाईंतिर आएको छाम्नु भएको छ ?

बाँच्नु भएको छ ?

मर्नुभएको छ ?

मरेर बाँच्नु भएको छ ?

मेकानिकल कन्भर्सेसन छाड्नुहोस्.

त्यस्तो कम्पनी छाड्नुहोस्.

दुख मुर्खता हो.

सुख होस हो. ज्ञान हो.

सधैं.

सधैं यसकारण, कि यही सत्य हो र शाश्वतता सत्यको परिचय हो. फेसन आउँछ जान्छ.

भाइरल आज हुन्छ भोली भुलिन्छ. शाश्वत खोज्नुहोस् भाइरल हैन.

लेखक परिचय

आध्यात्म साहित्यमा रूचि राख्नु हुने अनुपम पोखरेल आध्यात्मिक क्षेत्रमा भने स्वामी अनुपमका नामले परिचित हुनुहुन्छ । उहाँले 'ओशोः एउटा असाधारण जीवनकथा', 'सद्गुरूः जीवनी र दर्शन' र 'श्रीश्री रविशङ्कर' जस्ता पुस्तक लेख्नु भएको छ भने 'बुबा सानो छँदा', 'एन फ्र्याङ्कको डायरी' र 'प्रेमचन्दका चुनिएका कथाहरू' अनुवाद गर्नु भएको छ । उहाँका सय भन्दा बढी फुटकर रचनाहरू नागरिक दैनिक, अन्नपूर्ण दैनिक तथा कयौँ वेबसाइटहरूमा प्रकाशित छन् ।

प्रतिक्रिया
Loading...