ज्यायसी चेतकर्मणस्ते मता बुद्धिर्जनार्दन !

तत्किम् कर्मणी घोरे मां नियोजयासी केशव !!

चाहेको कुरा पाउन सुद्धी गुमाएर त्यस तर्फ भाग्ने हैन. आफुलाई त्यस कुराको योग्य बनाउने हो. नत्र भने धनको पछी होस गुमाएर दौडिएको मान्छेले कहाँ धन पाएको छ ? प्रेम खोज्न अनेक प्रेमी प्रेमीकाको पछी दौडिएको मान्छेले कहाँ प्रेम भेटाएको छ ? आफैंमा जुन दिन मान्छेले सारा ब्रम्हाण्डको धन भेट्यो त्यस दिन उ धनका राजा कुबेर भयो. प्रेम आफैंमा भेट्टाएको दिन मान्छे रूमी भयो. यहाँसम्म पुग्ने कसरी ? धन र प्रेमको स्रोत आफैंमा छ. तर आफैंसम्म पुग्ने कसरी ? जबकी सारा सोसियल कन्स्ट्रक्ट मान्छेलाई आफुसम्मको यात्रा गर्नै नदिने गरी डिजाइन्ड छ ? चुपचाप कसैलाई थाहै नदिइ आफु भित्रको भगवानसम्मको यात्रा गर्ने एउटा निन्जा टेकनिक छ. त्यो टेकनिक हो कर्मयोग.

मान्छेमा दुइवटा लेयर छ. एउटा उसको एसेन्स हो, अर्को उसको पर्सनालिटी.

एसेन्स उसको जन्मजात गुण हो जो बच्चैमा पर्सनालिटी सिकाउने चक्करमा मारिन्छ. त्यसैले भनिन्छ, बच्चालाई सिकाउने हैन जिन्दगी. बच्चाबाट सिक्ने हो. तर, जिन्दगीको यात्रामा फर्स्ट हुन दौडेर हारेका पाखण्डी हामी उल्टै बच्चालाई सिकाइदिन्छौं, फर्स्ट बन्नु.

एकादेशमा अफ्रिकामा धर्म प्रचार गर्न पुगेका केही मिसनरी साथीहरुले त्यहाँका आदिवासी केटाकेटीलाई सिक्षा सिकाउने चक्करमा एउटा दौड आयोजना गरेछन्. बारीको एउटा कान्लामा एक भारी खानेकुरा र अर्को कान्लामा केटाकेटी राखेर उनीहरुले भनेछन्, दौडेर जाउ. जो फर्स्ट हुन्छ उसैको हुन्छ त्यो सबै खानेकुरा. केटाकेटी हातेमालो गरेर सँगै गएछन् र बराबर बाँडेर लिएछन् एकआपसमा सबै खानेकुरो.

सुन्नेलाई सुनको माला…..

कहिलेकाहीँ शान्त बसेको बेला मन्दिरको घन्टी बजेको जस्तो वा झ्याउँकिरी कराएको जस्तो साउण्ड सुन्नुहुन्छ ?

त्यो साउण्डलाई साउण्ड अफ बिइङ् भनिन्छ, वा परमात्माको ध्वनी.

यो ध्वनी कन्सीयस छ. अलाइभ छ. यसलाई नियमीत सुन्ने बानी बसाल्यो भने मान्छेको एसेन्स बढ्न थाल्छ. एसेन्स बढ्नु भनेकै उसको इश्वर प्रदत्त प्रतिभा बढ्दै जानु हो. त्यो भनेकै आफ्नो कुनै एउटा क्षेत्र पत्ता लाग्नु हो र त्यो क्षेत्रमा विशिष्ट ज्ञान प्राप्त गर्नु हो र त्यही नै सफलता हो. स्वधर्मको पालन नै सफलता हो. स्वधर्म आफैं पत्ता लगाउनु. बाउआमाले कर गरेर बनेको डाक्टर नबन्नु जिन्दगीमा. सफलताको साँचो आफैं भित्र छ. ध्यानले प्रतिभा बढाउँछ त्यसैले भनिएको हो. चाहे न्युटन हुन् वा आइन्स्टाइन, चाहे विवेकानन्द हुन् वा बुद्ध वा एलन मस्क. कसैको नसुनेर आफ्नो प्रतिभाले डोर्याएको बाटो हिंडेका साधक हुन्. ध्यानी हुन्. कर्मयोगी हुन्. बाउआमाले त पक्कै तिनको पनि लोकसेवा लड भने होलान्. वा भने होलान् खाडी जाउ, पैसा कमाउ. अरु कुनै कुराको मतलब नगर. राजाको फोटो टाँसिएको कागज जम्मा गरेर तिमीसँग भन्दा मसँग धेरै छ भनेर देखाउनु नै जिन्दगीको उद्देश्य हो. भने होलान्, फर्स्ट बन्नु.

म भन्छु, आफ्नो एसेन्स बुझ्नु.

कसैले चार्ल्स बुकाओस्कीलाई सोध्यो, लेखक कसरी बन्नु ?

उसले भन्यो, यो कुरा लेखिन भने त पुलबाट फाल हानेर मर्छु

जस्तो लाग्दैन भने नलेख्नु.

“If you’re going to try,

go all the way.

Otherwise, don’t even start.

This could mean losing girlfriends, wives, relatives and maybe even your mind.

 It could mean not eating for three or four days.

It could mean freezing on a park bench.

It could mean jail.

It could mean derision.

It could mean mockery–isolation.

Isolation is the gift.

All the others are a test of your endurance,

of how much you really want to do it.

And, you’ll do it, despite rejection and the worst odds.

And it will be better than anything else you can imagine. If you’re going to try, go all the way.

There is no other feeling like that.

You will be alone with the gods, a

nd the nights will flame with fire.

You will ride life straight to perfect laughter.

It’s the only good fight there is.”

― Charles Bukowski, Factotum

इष्टान्भोगान्हि वो देवा दास्यन्ते यज्ञभाविता !

तैर्दत्तानप्रदायैभ्यो यो भुङ्क्ते स्टेन एव स: !!

मन परेको काम गर्दा मान्छेले घडी हेर्दैन. तलब कहिले आउँछ भनेर दिन गनेर बस्दैन.मन परेको कामको फाइदा बेफाइदा खासै मतलब हुँदैन. मन नपर्ने काम गर्नु नै दुख हो. मन परेको काम के हो ? त्यो ज्ञान एसेन्समा छ.

मन परेको काम थाहा पाइसकेको मान्छेले त्यही कामबाट इश्वरीय चेतना अनुभूत गर्न सक्छ.

मलाई थाहा छ अर्जुन, तिम्रो एसेन्स नै युद्ध हो. आफ्नो समयका श्रेष्ठ धनुर्धर तिमी, लेजेन्डरी योद्धा तिमी, द्रोणका शिष्य तिमी, मोह ग्रसित भएर युद्धबाट भाग्न पाउँदैनौ. तिम्रो धर्म नै युद्ध हो. तिम्रो कर्म नै युद्ध हो. अब युद्धको मैदानमा उभिएर युद्ध पाप हो वा पुण्य हो भनेर तिमी जस्तो मान्छे बहुलाउन मिल्दैन. आफ्नो धर्म बुझ. आफ्नो कर्म बुझ, र प्रेमीकाको हात समातेको ठानेर आफ्नो तरबार समाउ र चलाउ.

त्यसो गरे यही नर्कको एउटा कुनामा तिमीले आफ्नो स्वर्ग भेट्टाउनेछौ. “इसी दोजख के किसी कोने में तेरी जन्नत होगी….”

जिन्दगी मात्र कर्म हो साथी.

यो कर्मको धर्म तर अनौठो हुन्छ.

कहिलेकाहीँ युद्ध कर्म बनेर अघी आउँछ कहिले शान्ती.

शान्तीको सेतो रङ्गमा एउटा रङ्ग

रगतको रातोको पनि हुन्छ.