बुढ्यौली साहित्य विश्व मानव समुदायको इतिहास छ । त्यहाँ भाषा, कला, धर्म, संस्कृति, परम्परा सबै कुरा छ । विश्वका विभिन्न भाषाको इतिहास हेर्दा भाषाको मूल बुढ्यौली साहित्यमै पाइन्छ । सृष्टि, प्रकृति जगत् वरिपरि रहेको आदिम मानवले आफ्ना अनुभूति र आस्थालाई अभिव्यक्त गर्न भाषाको प्रयोग गरे । विभिन्न भाषाको उद्भव र विकासका प्रक्रियामा बुढ्यौली साहित्यको सहकार्य भएकाले बुढ्यौली साहित्य  र भाषाको सम्बन्ध देखिन्छ । आदिम मानवको विचार र अनुभूतिको विनिमय भाषाकै माध्यमबाट हुन्छ । बुढ्यौली  साहित्य भाषाकै कारण प्रक्रियाबाट प्रष्ट हुन्छ । भाषा र बुढ्यौली साहित्यमा  विद्यमान कतिपय तत्त्वहरूले यी दुईको निकटता देखाउँछ । बुढ्यौली साहित्यको निर्माणको प्रक्रियालाई भाषाकै विकास एवम् मानव संस्कृतिको क्रमिक श्रृंखलामा पर्दछ । प्राचीन सभ्यतासँगै भाषाको निर्माण र त्यसको विनिमयसँगै बुढ्यौली साहित्यको निर्माण भएकोले भाषाको रूपान्तरणद्वारा नै वर्तमान समयसम्म आइपुग्दा बुढ्यौली साहित्यमा नवीन प्रयोग व्याख्या र कथाको जन्म भएको हो । प्राचीन मानव जीवन र सृष्टि विकास र परिवर्तनको प्रक्रियालाई भाषाकै माध्यमबाट अभिव्यक्त गरिएकाले बुढ्यौली साहित्यको विकास भएको हो ।

बुढ्यौली साहित्यलाई चिनाउनका लागि भाषाको आवश्यकता रहेको र भाषाको विकासमा बुढ्यौली साहित्यले महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाले भाषा र बुढ्यौली साहित्यको प्रत्यक्ष सम्बन्ध देखिन्छ । भाषाको संरचना, उत्पत्ति, विकास र परिवर्तन क्रममा बुढ्यौली साहित्यको अर्थ जोडिएर आएको छ । भाषाको विस्तारमा बुढ्यौली साहित्यको भूमिका देखिन्छ । वंशावली तथा किंवदन्तीहरूमा बुढ्यौली साहित्यको तत्त्व पाइन्छ । प्राचीन समयका शिलालेख, भोजपत्र, ताम्रपत्र आदिको अध्ययन गर्दा बुढ्यौली साहित्यका तत्त्व  पाइएको हुनाले भाषा र बुढ्यौली साहित्यको सहसम्बन्ध रहेको छ भन्न सकिन्छ । त्यसैले बुढ्यौली साहित्यको अध्ययन गर्दा भाषाको संरचना बुझ्न जरुरी छ । भाषाको माध्यमबाट बुढ्यौली साहित्यको घटनाको वर्णनसँगै भाषाको उद्भव विकास र विस्तारको क्रमबद्धता पाइने हुनाले बुढ्यौली साहित्यका माध्यमबाट भाषाको युगीन अवस्थाको जानकारी पाइन्छ । भाषाको उत्पत्तिमा बुढ्यौली साहित्यको सन्दर्भ र प्रसङ्ग तथा कार्यकारण सम्बन्ध रहेकोले भाषा र बुढ्यौली साहित्यको प्रत्यक्ष सम्बन्ध छ । बुढ्यौली साहित्यको घटनावस्तुबाटै भाषाका आदिम स्वरूपको अवस्था थाहा हुने र भाषाको माध्यमबाट बुढ्यौली साहित्यको चित्रण भएकाले भाषासँग बुढ्यौली साहित्यको सम्बन्ध छ ।

बद्रीप्रसाद ढकाल

बुढ्यौली  आदिम मानवका मानसिक बिम्ब स्वप्न र चेतनामा अभिव्यक्त हुने भएकोले मनोविज्ञान र बुढ्यौली साहित्यको सम्बन्ध देखिन्छ । मनोविज्ञहरूले बुढ्यौली साहित्यलाई मानवको स्मृतिसँग जोडेर प्रस्तुत गरेका छन् । प्रसिद्ध मनोवैज्ञानिक सिग्मण्ड फ्रायडले बुढ्यौलीपन र घटनालाई अचेतनका इच्छा तथा अनुभूतिसँग जोडेका छन् । उनले स्वप्न सिद्धान्तमा दबिएर रहेका इच्छाहरू सपनामा प्रतीकात्मक भएर अभिव्यक्त भए जस्तै मानव मनमा दबिएका, मानव जातिमा लुकेर रहेका कुराहरू बुढ्यौली साहित्यका माध्यमबाट उद्घाटित हुन्छ भनेका छन् । कार्ल गुस्ताभ युङले बुढ्यौलीका घटना र मनोविज्ञानलाई अचेतनसँग जोडेका छन् । बुढ्यौली  साहित्यमा मनोविज्ञान कुनै भौगोलिक परिवेशमा बसोबास गर्ने जाति, तिनका संस्कार वा संस्कृति र चेतनालाई चिनाउने महत्त्वपूर्ण साधन हो । बुढ्यौली साहित्यमा समग्र मानवको अनुभव रहेकाले त्यसले मानव जीवनका विभिन्न पक्षसँग सम्बन्ध राख्दछ । मानव सभ्यताको विकाससँगै मानव मनोविज्ञानमा आएको परिवर्तन त्यसले पारेको सामाजिक प्रभावलाई तुलना गर्न

सकिन्छ । विभिन्न समयमा भएका युद्ध, प्राकृतिक विनाश र त्यसले पारेको मानसिक प्रभावअनुसारको मनोविज्ञानको चित्रण बुढ्यौली साहित्यका संस्मरण तथा जीवनीका आख्यानमा पाइन्छन् । त्यसैले बुढ्यौली साहित्यलाई मानव सभ्यताको इतिहाससँगसँगै मानव चेतनाको दस्तावेज, मानव ज्ञानको प्रतिकात्मक रूप भन्न सकिन्छ । विभिन्न समयका शासक तिनका शासनकला, घटना, दुर्घटनामा मानव मनोविज्ञानकै भूमिका रहेकोले बुढ्यौली साहित्यमा मनोविज्ञानको चित्रण रहेको हुन्छ । बुढ्यौली साहित्य मनोविज्ञानसँग निकट भएर रचना हुन्छ भने मनोविज्ञानका विभिन्न रूप स्वरूपको प्रकटीकरण बुढ्यौली साहित्यमा पाइन्छ ।

प्राचीन समाजको धर्म, विधि नैतिकता र सामाजिक प्रचलनका विविध विषयवस्तुहरू बुढ्यौली समयकै आधारमा तय भएकाले बुढ्यौली  र नैतिक आचरणको सम्बन्ध स्पष्ट देखिन्छ । बुढ्यौली कथा वा आख्यानमा वर्णित असल नैतिक आचरणले प्राप्त सुखानुभुति आनन्द र सहायता तथा खराब नैतिकहीन कार्यका कारण पाएको दुखादीको वर्णन गरिएको हुन्छ । बुढ्यौली का माध्यमबाट आदर्श समाज निर्माणमा उदाहरणको कार्य हुने भएकोले देवी देवताका असल कार्यलाई अनुसरण गर्दा धर्मजन्य कार्य हुने भन्दै खराब कर्मले धाप वा मृत्युपछिको भयजन्य परिवेशको चर्चा गरिन्छ । सामाजिक परिपाटी संस्कार र मान्यतालाई निरन्तर अगाडि बढाउन पनि बुढ्यौलीले पथप्रदर्शन कार्य गर्ने भएकाले बुढ्यौली  र नैतिक व्यवहारको आपसमा सम्बन्ध रहेको छ । बुढ्यौलीद्वारा निर्देशित कर्म असल र त्यसले सुखानुभूति प्राप्त हुने कथनद्वारा नैतिक व्यवहार तथा आचरण निर्धारण भएका हुन्छन् । असल नैतिक आचरण भएका मानवहरूको वर्णन राजा महाराजाका कथा आख्यानद्वारा असल सभ्यसमाज निर्माणका लागि बुढ्यौली साहित्यले असल भूमिका निर्माण गर्ने भएकाले बुढ्यौली  साहित्य नैतिक आचरणसँग सम्बन्धित छ ।

संस्कृति र परम्परा समाजमै प्रचलित हुन्छ । बुढ्यौलीमा सामाजिक रीतिस्थिति, परम्पराको वर्णन पाइन्छ त्यसैले बुढ्यौली साहित्यमा वर्णित भिन्न परिवेशका कार्यहरू लोकसंस्कार हुन् । बुढ्यौली  र समाजको आस्था तथा विश्वासका प्रचलित व्यवहारले लोकसंस्कृतिको निर्माण गर्दछ । भौगोलिक वा जातिय परिवेशअनुसारका देवीदेवताका प्रार्थना अनुष्ठान तथा कार्यहरू प्राचीन कालदेखि निरन्तर चलिआएका छन् । प्राचीन समाजको धर्म, विधि, नैतिकता र सामाजिक प्रचलनका बारेमा बुढ्यौली साहित्यले वर्णन गर्र्दछ । बुढ्यौली साहित्यले सामाजिक विश्वास, क्रिया, अनुष्ठान र नैतिकआचरणलाई निरन्तरता दिने कार्य गर्दछ जसले गर्दा लोकसंस्कार तथा लोकसंस्कृतिको निर्माण गर्दछन् ।

उमेरका रूपमा गणना गर्ने पद्धतिले १ देखि १५ वर्षको मानिसलाई बालक, १६ देखि ५९ वर्षको मानिसलाई युवा वा प्रौढ र ६० देखि माथिका उमेर समूहका मानिसलाई वृद्धको कोटीमा राखेको छ । उमेरको वृद्धसँगै मानिसमा मानसिक परिवर्तन हुँदै जान्छ । वृद्धवृद्धाका मानसिक अवस्थामा निकै परिवर्तन आउँछ अझ त्यसमाथि लिङ्गका आधारमा अध्ययन गरिँदा पुरुष र महिलामा निकै भिन्न प्रकारमा मनोविज्ञान रहेको पाइन्छ र त्यसकै प्रयोग साहित्यमा आउँछ ।

बुढ्यौली मनोविज्ञानमा वृद्धवृद्धाका विभिन्न कुराहरूका साथै बुढ्यौलीको समयमा परिवार, समाज तथा सरकारले उनीहरूको अवस्थालाई हेरेर गर्नुपर्ने कार्य गरेको अवस्था नभए पनि वृद्धभत्ता र सहुलियतको व्यवस्था गरेको छ । जेष्ठ नागरिकका हक, अधिकार तथा उचित पालनपोषण भएको नभएको तथा पारिवारिक अवस्थाप्रति जिम्मेवार हुन सकेको देखिन्न । बुढ्यौली अवस्था नै परिवारको आशा भरोसा र स्याहारसुसारको खाँचो रहेको अवस्थामा घरको सीमित घेरामा बन्दीसरह जीवन व्यतीत गर्नुपर्ने बाध्यता सिर्जना हुने गरेको देखिन्छ भने कतिपयले श्रीसम्पत्ति बाँड्पछि त्याज्य जीवन बेहोरिरहेका छन् ।

बुढ्यौली एक जैविक, प्राकृतिक र सार्वभौमिक प्रक्रिया हो, जुन कुनै पनि जीवित प्राणीमा लागू हुन्छ । एकातिर, बुढेसकालप्रतिको दृष्टिकोण उच्च व्यक्तिपरक छ र समाज र व्यक्तिगत आवश्यकताहरूमा निर्भर गर्दछ । अर्कोतर्फ वृद्धको मनोवृत्ति उसको उत्पादक भएको भावनासँग सम्बन्धित छ जुन उसलाई आवश्यक छ र उनको परिवारले दिएको सम्मान र व्यवहार हेरिनुपर्छ । वास्तविक जीवनमा, एक बुढो मान्छे सबै भन्दा पहिले मानव हो । सामान्यतया, वृद्ध वा वृद्धा हो ऊ र उनी आफ्नो सबै जीवन, केवल पुरानो, कमजोर, कमजोर मेमोरीको र उसको वा उनको आन्दोलनमा सुस्त छ र ऊ आफ्नो चश्मा बिना व्यवस्थापन गर्न सक्दैन यो सब शरीरको सक्रियता कम भएको अवस्था हो । सामान्यतया, बुढ्यौली व्यक्तिको आफ्नो चरित्र परिवर्तन हुँदैन केवल भिन्नता भनेको के हो भने उसको केही  गुणहरू घट्दै गइरहेका छन् पहिलेको तुलनामा शरीरले छिटो र गह्रुगो काम गर्न सक्दैन ।

जेरियाट्रिक मनोविशेषज्ञहरू भन्छन् कि प्रत्येक व्यक्तिको एक भन्दा बढि उमेर हुन्छ । चार प्रकारका उमेरका बीच भेदभाव गर्ने परम्परागत छः कालक्रम जन्म मितिअनुसार जीवनको वर्ष वा भोगिसकेको जीवन, जैविक अवस्थाअनुसार शरीरको शारीरिक निर्माणमा आधारित जीवनका वर्षहरूको अनुमान, मनोवैज्ञानिकका अनुसार कार्यात्मक, अभिव्यक्त गर्दै राज्यहरू र  अनुकूलताको रूपमा, जस्तै मेमोरी, सिक्ने क्षमता, उर्जा र इच्छाशक्ति, ताजा महसुस, लचिलोपन र परिवर्तनहरूको समायोजन र सामाजिक अवस्था । समाजले अपेक्षा गरेको छ कि एक निश्चित उमेरमा व्यक्तिहरूले एक खास तरिकाले व्यवहार गर्न सक्छन, अध्ययन गर्न, विवाह गर्न, काम गर्न, अभिभावक बन्न आदि कि, निश्चित उमेरमा, निश्चित घटनाहरू व्यक्तिको जीवनमा हुनुपर्दछ, जुन उसको उमेरका लागि उपयुक्त छ ती समाजशास्त्रका  सबैकुरा साहित्यमार्फत् प्रस्तुत भएका हुन्छन् ।

बुढ्यौली अवस्थाको वर्गीकरणको लागि सक्रिय जीवन र उमेरको आधार लिन सकिन्छ । बुढ्यौली अवस्थाको सक्रियतामा भने समाजको विकाससँगै विकसित एवम् परिवर्तित हुँदै गएका देखिन्छन् । साठीदेखि उनन्सत्तरी उमेरकालाई युवा जेष्ठनागरिक, सत्तरीदेखि उनासीसम्मकालाई सामान्य जेष्ठनागरिक र असी भन्दा माथि उमर समूहका वृद्धलाई वयो जेष्ठ नागरिकको समूहमा वर्गीकरण गरिएको छ (वाद्र्धक्य वृद्धत्व ) । शरीरको सक्रियताको हिसाबले साठीदेखि असीसम्म केही बढी सक्रिय जीवन बिताउने गरेको पाइन्छ ।

बुढ्यौली उमेर साहित्य सिर्जना र समयको हिसाबले अत्यन्तै उपयोगी हुन्छ । यो समय अनुभव र अनभूतिको भण्डार हो । बुढ्यौली अवस्था आफ्नो कार्य क्षेत्र र जीवनभरिका अध्ययनमा गरिएका कार्यको सस्मरण गर्दै भावी पुस्ताका लागि बाटो निर्माण गरिदिन सक्ने समय पनि हो । जीवन र जगत्को बारेमा गरिएका खोज, मानव विकासको सत्यतथ्यको खोजी गर्ने प्रवृत्ति र त्यसलाई व्यक्त गर्ने माध्यम भिन्नभिन्न जाति, समूह, भाषा र भूगोलका मानिसलाई हुने त्रास, आशा र आवश्यकताको मूलस्रोत एउटै–एउटै भएकाले पनि बुढ्यौली अवस्थामा जीवन र जगत्का विस्तृत अनुभूतिलाई साहित्यमार्फत अभिव्यक्त गर्न सकिन्छ । बुढ्यौली अवस्थाका समान कुरा व्यवहारमा जातजाति र भूगोलका हिसाबले विद्यमान रहेका देखिन्छन् ।

अर्को हप्ता बुढ्यौलीको वर्गीकरण……….