बाछिटा लघुतम काव्यिक उपविधा हो । यसको संरचना सूक्ष्म र तीक्ष्ण हुन्छ । जीवन, जगत् र भोगाइका अनन्त चेतना, चिन्तन र संवेगहरूलाई प्रकृतिका विविधाङ्गी रूप,दृष्य, छटा वा अवस्थासँग तुलना गरेर वा त्यसलाई प्रतीक बनाएर बाछिटा रचना गरिन्छ ।
बाछिटा रचना तीन-पाँच-तीन अक्षरयुक्त तीन पङ्क्तिमा हुनेछ । बाछिटाको पहिलो पङ्क्तिले विषयवस्तुको उठान गर्नुपर्नेछ । बाछिटाको दोस्रो पङ्क्तिले विषयवस्तुलाई विस्तार गर्ने वा उत्कर्षतिर लानुपर्नेछ । बाछिटाको तेस्रो पङ्क्तिले विषयवस्तुको पुष्टि गर्ने वा मूल मर्म वा भावलाई व्यक्त गर्नुपर्नेछ । बाछिटाको तीन पङ्क्तिबीच भाव र अर्थगत सामञ्जस्य हुनुपर्नेछ । बाछिटाको अक्षर संरचना वा गणना भाषाको लेख्य रूपअनुसार वा सर्वमान्य व्याकरणिक नियमानुसार हुनुपर्नेछ । बाछिटाको प्रस्तुतिमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्राकृतिक बिम्बको उपस्थिति रहनुपर्नेछ । बाछिटाको अभिव्यक्ति प्रतीकात्मक वा लक्षणात्मक र व्यञ्जनात्मक हुनुपर्नेछ । बाछिटा रचना गर्दा निपात र संयोजकजस्ता भाषिक रूपहरू भरसक प्रयोग नगर्नु समुचित मानिनेछ । बाछिटाकारले समाजमा परम्परादेखि प्रचलनमा आएर समाजको सम्पत्ति बनिसकेका उखानतुक्काहरूका शब्दहरू अगाडि वा पछाडि पारी बाछिटा रचना गरेर आफ्नो सम्पत्तिसरह बनाउनु अमान्य हुनेछ । बाछिटाको काव्यिक उपविधाको रूपमा २०७७ साल जेठ २ गते प्रवर्तन भएको हो । प्रवर्तनको छोटो समयमै अनेकौँ अग्रजदेखि नवसर्जकहरूबाट बाछिटा लेखिँदै आएको छ । अहिलेसम्म आधा दर्जन बाछिटा कृति प्रकाशित भइसकेका छन् भने दर्जन कृतिहरू प्रकाशनका लहरमा छन् । साहित्यपोस्टको “बाछिटा प्रकाशनमाला-२” मा यसपटक  बाछिटा अभियन्ताहरू निरू गौतम, अम्बिका धिताल, सावित्रा पाण्डे, भारती गौतम र शर्मिला तिमल्सिनाका पाँच दर्जन बाछिटाहरू प्रस्तुत गरिएको छ । यसपछि अन्य अभियन्ता तथा सर्जकहरूका बाछिटाहरू क्रमशः प्रस्तुत गरिनेछन् ।

-अमर त्यागी

 

पाँच दर्जन बाछिटाहरू

१.       निरू गौतम

निरू गौतम

हिमाल
मोतीको माला
कमाल

सम्बन्ध
प्रीतिको छाया
निर्बन्ध

काँडाको
धारमा जुनी
डाँडाको

जोसमा
झरीपहिरो
होसमा

बालक
भोलिको देश
चालक

प्रीतिको
सुवास सार
कृतिको

लेखक
सृजनारथ
चालक

वसन्त
सौन्दर्यवर्षा
अनन्त

आकाश
चेतना सूर्य
प्रकाश

अभाव
पतझडको
प्रभाव

प्रभात
नवीन सोच
सौगात

बिहानी
सूर्यको लाली
जवानी
<><><><><>

२.       अम्बिका धिताल

अम्बिका धिताल

हुनामी
कर्मको गति
सुनामी

चरित्र
गोहीको आँसु
विचित्र

विधान
गाँसको ढुङ्गा
निदान

चैतन्य
शारदी चन्द्र
सौजन्य

एकता
शक्तिसौन्दर्य
भव्यता

संस्कार
सृष्टिको सार
अपार

दियालो
चेतना चाँद
उज्यालो

खासको
असारे खेती
आशको

कनिष्ठ
घमन्ड-ज्वाला
अनिष्ट

चसक्क
चोटको काँडा
झसक्क

पितृत्व
तापको छाया
सर्वस्व

कलिलो
यौवन फूल
भरिलो
<><><><><>

३.       सावित्रा पाण्डे

सावित्रा पाण्डे

उद्यान
मालीखराब
रछ्यान

प्रभात
नव्य कर्मको
सौगात

जवानी
सृष्टिको सौर्य
बिहानी

सुन्तली
सोख शिखाको
पुतली

तापमा
जीवन बर्खे
धापमा

बाधामा
जिउन गाह्रो
आधामा

अग्लाइ
खुसीको गिरि
पग्लाइ

प्रकृति
श्रावणी शोभा
संस्कृति

जीवन
कर्कला पानी
जोबन

जँघार
जगत् उमेर
सँघार

बगर
निराश सुक्खा
अधर

आमर्त्य
काव्यपीयूष
सौन्दर्य
<><><><><>

४.       भारती गौतम

भारती गौतम

स्वर्णिम
मुस्कान पोख्छे
बिहानी

अधर
नखोली बोल्यो
नजर

जूनमा
प्रीतिको ज्योति
मनमा

निर्जन
निशाको साथ
जीवन

कृतित्व
ज्ञानको पुञ्ज
अस्तित्व

पौरख
श्रमको उच्च
गौरव

बबुरो
मातृत्वविना
टुहुरो

सुटुक्क
बसेको प्रीति
धपक्क

कृत्रिम
इच्चा रहेछ
सहर

ग्रामीण
हृदय कुण्ड
पवित्र

नेपाल
स्वर्गकै भूमि
प्रतीक

नितान्त
चिन्तनथलो
एकान्त
<><><><><>

५.       शर्मिला तिमिल्सिना

शर्मिला तिमल्सिना

तपस्वी
ज्ञानका विज्ञ
ओजस्वी

सम्बन्ध
निःस्वार्थ स्वच्छ
जीवन्त

कलह
वन्य डढेलो
सरह

श्रीमती
घरकी ज्योति
सम्पत्ति

अडान
उच्च गिरिको
बखान

बालुवा
दिलको तृष्णा
छलुवा

त्रिफला
जीवनबुटी
अमला

तिर्सना
साहित्य शोभा
सृजना

आरोग्य
श्रम रोपाइँ
सुयोग्य

रहस्य
मातृभूतिको
भविष्य

भत्तामा
साँढे जुधाइ
सत्तामा

चेपारे
नेताको नीति
छेपारे

<><><><><><><><><><><><