कारागारमा पुस्तकालय बनाइरहेको राष्ट्रिय पुस्तकालय अभियानले कारागारभित्र पुस्तक छलफल गर्ने, कैदीहरूका सिर्जनाहरू प्रकाशन गर्ने तथा कारागारभित्र लेखन प्रतियोगिता गर्ने कामहरू गरिरहेको छ । ‘कारागार साहित्य‘ नामक यस शृङ्खलामा साप्ताहिक रूपमा उनीहरूको सिर्जना प्रकाशन गरिन्छ । – राष्ट्रिय पुस्तकालय अभियान 

कारागारमा पुस्तकालय अभियानका अभियन्ता हरि खनालसँगको सहकार्यमा साहित्यपोस्टले साप्ताहिक स्तम्भ “कारागार साहित्य” सुरु गरेको छ । प्रत्येक शुक्रबार प्रकाशित हुने यस स्तम्भमा जेलजीवन बिताइरहनुभएकाहरूको साहित्यसिर्जना प्रस्तुत गरिने छ । अवश्य नै, सिर्जना गुणवत्ताका हिसाबमा कमजोर हुनेछन् तर जेलजीवन बिताइरहनुभएकाहरूको कथाव्यथा सम्प्रेष्य छन् । उहाँहरूको मनमा रहेको उकुसमुकुस, भावावेश तथा संवेदनालाई स्थान दिनु हाम्रो मुख्य उद्देश्य हो । – नवपुस्ता विभाग, साहित्यपोस्ट

================

“सर ! हाम्रो पार्टीको एउटा मुखपत्र लिदिनुहाेस् ! समसमायिक छ । सान्दर्भिक छ । सबैले लिएका छन् । तपाईंको पनि भाग छुट्याएको छु ।” पत्रकार सुजनले भन्यो ।

“ठिकै छ” भन्दै पत्रिका समाउँछ, र बिल हेर्छ विमल । एक हजार रुपैयाँको थियो बिल ।

“पैसाचाहिँ अलि चाँडै हात पारिदिनुस् है ?”

“हुन्छ । मिटिङमा कुरा राख्छु ।” सुजनको प्रश्नको जवाफ दिँदै लाग्छ गन्तव्यतिर विमल ।

यस्ता पत्रिका स्कुलमा अरू पार्टीका पनि पहिले नै आइसकेका थिए । विमललाई पनि समस्यै थियो । सबै निर्णय आफू खुसी गर्न नमिल्ने । सञ्चालक समितिले निर्णय गर्नै पर्यो । पत्रिकाको विषयमा सुजनले चाँडै पैसा असुल्ने मनसाय राखेको भए तापनि सञ्चालक समितिबाट पारित नभएको हुँदा विमलले सुजनलाई पत्रिकाको मूल्य तिर्न सकेन । आफ्ना खल्तीबाट तिर्ने सम्भावना पनि थिएन ।

विमल भागलपुर गाउँको स्कुलमा पढाउने शिक्षक । केही समयमात्र जिम्मेवारी पाएको थियो उसले स्कुलको । सु-शासन, अनुशासन र कर्तव्यनिष्ठ भएर सुधारात्मक शिक्षण सिकाइमा कटिबद्ध भएर रहेको थियो । प्रावि, निमावि शिक्षकद्वारा मावि सञ्चालन गरिएको त्यस विद्यालयमा दरबन्दी पर्याप्त थिएन । निजी स्रोतबाट विद्यालय चलेको थियो । विद्यालयप्रति चासो देखाएर सहयोग गर्ने कमै थिए । सरकारले आवश्यकताअनुरूप दरबन्दी उपलब्ध गराउन सकेको थिएन । जिल्लाका अधिकांश विद्यालय यसरी नै चलेका थिए । कष्टपूर्ण तरिकाले ।

एकपटक सुजनले विमललाई भेटेर पत्रिकाको विषयमा पैसासम्बन्धी कुरा गर्दा विमलले दिन नसक्ने बताएपछि बीच बजारमै नमीठो तरिकाले क्षुद्रवचन प्रयोग गर्दै धम्क्याएको थियो। धम्कीलाई वास्ता नगरी आफ्नो कार्यव्यस्ततालाई निरन्तरता दिँदै गयो विमल ।

एक हजारको जाबो पत्रिकाको पैसा नपाएकोमा सुजनले ठूलै इगो लिएको रहेछ । विमललाई फसाउन कैयन् प्रयत्न गर्‍यो उसले । पूर्वग्रही भावले उत्तेजित हुँदै झुटो मुद्दा लगाएर विमललाई जेल हालिछाड्यो ।

घरमा श्रीमती, छोराछोरी, होटल व्यवसाय आदिको सम्पन्नता भएको बितिसा होटलको साहु विनयले जिल्लामा कु-कर्म गरी इज्जत गुमाएको थियो । बाहिर चेलीबेटीमाथी दुर्व्यवहार गर्ने, अर्की श्रीमतीलाई छुट्टै व्यवस्थापन गरी राख्ने गरेको पनि बजारमा हल्ला थियो । रातदिन घरमा जाँड खाएर कलह मच्चाउने, कैयनकाे अस्मितामा खेलबाड गर्ने गरेको विनयले गोठाटारको काले दर्जीको छोरो दिपेनको लहैलहैमा झण्डै विमललाई फसाएको ?

आफ्नो कर्तव्यमा निष्ठावान् विमलाई जिल्ला प्रहरी कार्यालयले सोधपुछका लागि थाना बोलायो । नेटवर्किङ व्यवसायसम्बन्धी उजुरी परिसकेको रहेछ, छोरोलगायत उसलाई समेत मुछेर ।

विमलको छोरो सविन केही समय पहिलेदेखि सन्डियाको एउटा कम्पनीमा काम गर्थ्यो । उसले आफ्ना केही साथीहरुलाई पनि त्यसै कम्पनीमा सामेल गराएको थियो । ती सामेल हुनेहरु राजीखुसीसँग गएको भन्ने प्रमाणहरु पनि पेश भएर बयान भयो प्रहरीमा । दिपेन दर्जीलगायत बितिसा होटलको विनयको छोरो विकाश पनि त्यस कम्पनीमा करोडौँ कमाउने दीवासपना देखेर गएको रहेछ । प्रहरीको अनुसन्धानमा उनीहरू आफूखुसी गएका र सविन, अमितले फकाइफुलाई लगेको हैन भन्न्ने वास्तविकता प्रमाणित भएपछि उनीहरुलाई अर्को कारण बन्यो विमलको लागि ।

बितिसा होटल साहुकी छोरी बितिसा र बिमलको कान्छो छोरो अमितको प्रेमसम्बन्ध अधुरो रही अमितले घृणा गरेपछि विनयमा बदला लिने सोचले जरा गाड्यो । घटिया सोचको दिपेन दर्जी र अलिकति बचेका इज्जत गुमिसकेको विनयबीच सरसल्लाह र कुटनीतिक चाल सुरु भयो । विमललाई फसाउने जाल बुन्न थालियो । हुन त नेटवर्किङको मुद्दामा आफू असफल भएपछि विमलको नाकमा औँला पुर्‍याएर च्यालेञ्ज नदिएको हैन दिपेन र विनयले । के खोज्छस् कानो आँखो भैहाल्यो घत हेरेर बसिरहेको सुजनलाई । अब दुईबाट तीन षड्यन्त्रकारीको भेलाले गतिलो योजना बनाउने निर्णय गर्‍यो ।

विमलका कमिकमजोरी खोज्न थालियो । कहीँ भेट्टाएनन् । कति खोजे । अनेकन प्रयास गरे । गाउँमा अनैतिक गर्‍यो, खुराफातीले गाउँ तहसनहस गर्‍यो भन्दै गाउँबाट निकाला गरिएको उछृङ्खल आफूलाई कानुनवक्ता ठान्ने झपडलाई यो समूहले हात लियो ।

गाउँमा होटल व्यवसाय भएका अनैतिक क्रियाकलापले समाजसमेत बिग्रने डरले हिले गाउँको समाजले उसलगायत रातारात लखेटेका रहेछन् ।

ज्ञान्जी मगर एक चरित्रहीन महिला, त्यो समाजको दृष्टिकोणमा ।सबैले पतितको बिल्ला भिराइदिएकी अश्लील घटनाबाट पारङ्गत भएकी ज्ञान्जीलाई सबैले प्रायः घृणा नै गर्थे । हुन त ऊ त्यस्ती देखिदैनथी । भलाद्मी जस्तो देखिने तर उसको पृष्ठभूमि भने कहालीलाग्दो थियो । गाउँमा होटल व्यवसाय भएका अनैतिक क्रियाकलापले समाजसमेत बिग्रने डरले हिले गाउँको समाजले उसलगायत रातारात लखेटेका रहेछन् । बजारको एउटा घरमा सटर भाडामा लिएर भट्टी चलाएकी ज्ञान्जीका क्रियाकलापमा त्यस ठाउँका मान्छे पनि असन्तुष्ट नै थिए । विमललाई के थाहा त्यो मान्छे यस्तो छ भनेर ! उसको होटलमा पाँच हजार तिरेर महिनावारी खन्थ्यो ।

आएका ग्राहकसँग पैसा धुत्नमा  माहिर थिई ज्ञान्जी मगर  । अर्ध बैँसे कालो वर्णकी कँसिलो वदन भएकी ज्ञान्जी हेर्दा राम्रै देखिन्थी । र त कतिपय मान्छे जेलमा परेका थिए  । ओछ्यानप्रिय ग्राहक लुटपुटिन्थे । त्यो अस्मिताको  ओछ्यानमा लोग्नेमान्छेहरूसँग क्षणिक रोमान्समा रमेकी ज्ञान्जी कुने कसर बाँकी राख्दिनथी पैसा असुल्न । उसकाे लोग्ने पनि गाईको अनुहारको गोरु नै थियो । पर्दा पछाडि नै रहन्थ्यो  । सुनिन्थ्यो, कतिलाई फँसाइ त्यसले । विमलसँग पनि उसका कयौँ सङ्केत गरेकी थियो ।

उसले विमलसँग सेलेटारमा जग्गा किन्न पैसा भनेकी थिई, तर यस्ता कुरामा सचेत हुँदै अलिक टाढिएका थिए विमल । धेरै प्रयास गर्दा पनि विमलसँग पैसा धुत्न असफल भएपछि कुरा काट्न थाली । नानाथरी कुरा सुन्न थालेपछि विमलले उसकाे हाेटलमा खाना खान  छोडिदियो ।

दिपेन दोर्जेले पिउने, चल्ने र जिस्कने ठाउँ थियो उमा भुजेलको होटेल । उमा स्नातक गरेकी भलाद्मी केटी थिई । अनुसाशनमा बसेको त्यो केटीलाई दिपेन दोर्जेले गलाइछाड्यो । उसकाे अस्तित्वमा कालो दाग लगाइदियो । रातभरि चल्ने मनपरी बोल्ने, जाँड खाएर हल्ला गर्नेजस्ता अनैतिक क्रियाकलाप सदैव हुन्थे । उमाको भट्टीमा उमा पढेलेखेकी भद्र केटी, शीलस्वभाव पनि राम्रै थियो । अभिभावकको अभावका कारण भदौरे घाँसबाट पढ्नको लागि बजार आएकी थिई । आर्थिक अभावका कारण सानो चिया पसल खोलेकी थिई । पछि त्यो पसल भट्टीमा परिणत भएको थियो । सबैसँग मीठो बोल्ने हँसिलो अनुहार लठ्ठ पार्यो, तर त्यस्तो अनुशासित केटीलाई दिपेन दोर्जेले जालमा फँसाइछाड्यो ।

दिपेनले बिहे गरी उमासँग जीवन बिताउने सपना देखेको थियो । तर उमाले सधैँ भन्थी, “तँ दमैसँग म बिहे गर्छु ? सपना नदेख् । ठट्टा नगर ।”

उमा यस्तै यस्तै क्रियाकलापले व्याप्त भीडभाड देख्न थालेको थियो । अब त्यो होटेल विकृतिले व्याप्त थलो बनिसकेको थियो । होटेल गरेको घरपट्टि भगत पनि उमाको जीवनमा लोभिएर लठ्ठ थियो । दोर्जे र उमाको प्रेममा डाहा गर्थ्यो । एक दिन उमा र दिपेन भगतको चियोचर्चोमा कोठामा फेला पर्छ । उसले चाँबी लगाइदिन्छ र गाउँले महिला समूह जम्मा परिदिन्छ । ढोका खोलिन्छ । उल्टै उमाले भगतलाइ दोषी देखाएपछि लफडा सुरु हुन्छ । केही दिनको छलफलपछि समजदारीको वातावरण बन्छ । सर्तअनुरुप भगतले उमाको होटेल किनिदिनु पर्ने हुन्छ । दोर्जेले केही रुपैयाँ खर्च गरी उमालाई बाटो लगाउने निर्णय भएअनुरुप करिब ३ लाखजति खर्च गरेको अनुमान सबैले गरे । आँसुको बलिन्द्रधारा बगाउँदै उमा बाटो लाग्छे । उमालाई आजभोलि एड्स लागेर मरी भन्ने हल्ला सुनिन्छ ।

उनीहरुले एउटा नयाँ पात्र खरिद गरेर आफ्नो बनाएका थिए ज्ञान्जीलाई । ज्ञान्जी पनि विमलसँग असन्तुष्ट भएकाले हतियार बनाउन सजिलो भयो सुजन र दोर्जेलाई ।

सुजनलगायत त्यो समूहले ठुलै आकार बनाएको थियो । विमलविरुद्ध उनीहरुको प्रयास जारी रह्यो  । कुकृतिका लागि प्रायः त्यो समूहमा विकृति विसङ्गति भित्र्याउने खालेको ग्याङ्ग थियो  । उनीहरुको आचारणमा कयौँ खोट थिए । अराजक गतिविधिमा सम्लग्न रहेको त्यो समूहको नाइके सुजनले केटीहरूलाई लेखनाथ चोकको एसएस होटलमा भेला गर्थ्यो । कहिले हाटेचौर लिएर जान्थ्यो । अब त उनीहरुले एउटा नयाँ पात्र खरिद गरेर आफ्नो बनाएका थिए ज्ञान्जीलाई । ज्ञान्जी पनि विमलसँग असन्तुष्ट भएकाले हतियार बनाउन सजिलो भयो सुजन र दोर्जेलाई ।

“सुजन मलाई कति माया गर्छौ ? म त तिमीबिना एकपल पनि बाँच्न सक्दिनँ । हामी कति दिनसम्म लुकेर मोजमस्ती गर्ने ? मेरा आमाबुबालाई पनि थाहा छैन  । थाहा पाए भने त घरबाट निकाला गरिदिन्छन् । भन न क्या ! सुजन हामी कहिले बिहे गर्ने ?”, उर्मिला भन्थी, “तिमी त श्रीमती, छोराछोरी भएको मान्छे म अबलामाथि कतै धोका हुने त छैन ।”

“ढुक्क हाै लाटी । म तिमीलाई धोका दिन्छु त कहिल्यै ? म पनि तिमीबिना बाँंच्न सक्दिनँ । तिम्रो कसम ।” सुजन आफ्ना चिल्ला कुराले मख्ख पार्थ्यो ।

देउराली एफएममा काम गर्ने उर्मिला सोझी थिई । बिहे पास गरेकी उनी काम पनि चतुर थिइन् । समजदार पनि थिइन् । सुजनलाई अर्काको कुरामा नलाग्नु कुकर्मा नगर्नु भन्दै सम्झाउँथिन्  । हामीले कुकर्ममा गर्यौँ भने हाम्रो प्रेममा पनि काँडे तार लाग्न सक्छ ।

पत्रकारितामा आफू दख्खल भएकाले वकालत पनि राम्रै गर्ने, साहित्य लेखनतर्फ आफूलाई सफल कवि ठान्ने सुजन गौरिशङ्कर साहित्य सङ्गमको पनि सदस्य थियो । आफूमा चढेको घमण्डीपनले उसलाई निकै कमजोर परिसकेको थियो । आफूलाई मै हुँ भन्ने चरित्रमा औँला ठडिन थालेको थियो । उसका व्यवहार क्रियाकलापमा प्रायः मनिसहरु असन्तुष्ट हुन थालेका हुन् । हुन पनि उसले विमलप्रति गरेको अमानवीय र निकृष्ट व्यवहार थियो । त्यो अमानवीय व्यवहार समाजमा विकृति पैदा गर्ने खालको थियो ।  एउटी पतित महिला त्यो समाजमा दुर्गन्धित थिई, उसलाई झापड र हाटेचौरको एउटा कोठामा नजरबन्द गरी प्रलोभन देखाई हतियार बनाएर विमललाई फसाउने कार्य भयो । उक्त कार्य घीनलाग्दो थियो, समाजका सोझासिधा मान्छेहरुसमुन्ने ।

एक दिन सुजनकी श्रीमती सीताले उसको व्यवहार कर्तुत थाहा पाएर भाँडभैलो मच्चाएकी थिइन् । घरमा रातदिन कलह हुनथाल्यो । सुजन मध्यरातमा टन्न्न जाँड खाएर घर आउँथ्यो । कहिले त रातबाहिरै बिताउँथ्यो केटीहरुसँग । उनी नभई बाँच्नै नसक्ने प्रेमिका उर्मिलासँग पनि राम्रो हुन छाड्यो । भरपूर विश्वास गरेर सुजनको दिलमा बसिसकेको उर्मिलाले पनि अब उसको चरित्र राम्रोसँग अध्ययन गरिसकेकी थिइन् । उनीहरु दुईको प्रेम खुकुलो हुँदै गएको थियो ।पैसाको प्रलोभनमा सुजनले गरेको ज्यादतिसँग वाक्क थिइन् उनी । असमझदारीको दूरी बढ्दै गएपछि एक दिन सुजनको चरित्र लेखनाथ चोकमा छताछुल्ल भएर पोखियो । केही प्रतिशत अर्थात विन्दुमा रहेको इज्जत पनि माटामै विलीन हुन पुग्छ सुजनको ।

विवशतामाथि छिडीमा बाध्यताले भावनामा गुम्सिएर बसेको विमललाई यतिबेला केही सन्तुष्टि मिलेको छ। धारावाहिक रूपमा श्रृङ्खलाबद्ध भएका विपक्षीहरुको हाल सुन्दा आनन्दित भएको छ । मन बुझाउने बाटो भयो विमललाई  ।सोच्छ, मनमनै घोत्लिएर …. ।

विमल मनमनै कल्पिन्छ – तिनीहरुको कहिल्यौ भलो हुने छैन  । म निर्दोषको आँसुले पोल्नेछ । मेरा अबोध बालबालिकाको आँसुले सराप्ने छ । प्रलोभनमा पारेर हचुवामा निर्णय गरी एउटा निर्दोषको जीवन बर्बाद गर्ने रमेश लुइँटेलको पनि जीवन कहिल्यै सुखमय हुने छैन । त्यसका सन्तानमा पनि कालो दाग लाग्ने छ । मप्रति गरेको कठोर निर्णयले समाजमा त्रास सिर्जना भएको छ । त्यो पापीले यस्तो कुकर्म गर्दै गयो भने एक दिन कहिल्यै उठ्न नसक्ने गरी भड्खालोमा पर्नेछ ।

“विमल सर, झपडको त बाइक एक्सिडेन्ट भएर औँला फ्याक्चर भएछ नि !” बेलुकाको ७ बजेतिर बजारबाट आएको शुभचिन्तक ल्याएको खबरले उसलाई केही हलुका महसुस हुन्छ ।

“औँला काट्न पर्यो कि परेन ?” आत्मसन्तुष्टि प्रस्फुटन गर्छ विमल ।

एकछिन अडिदै प्रश्न गर्छ, “दाहिने कि देब्रे ….?”

दाहिने भन्ने थाहा पाएपछि मुस्कुराउँछ विमल ।

“विमल सर ! सुजनले देउराली एफएममा काम गर्ने केटी उर्मिलालाई रेप गरेको उजुरी पर्न लागेको थियो । रातारात सात लाख खर्च गरेर मिलाइयो नि !”

केटाहरुले यथार्थ बेलिबिस्तार लगाइसकेपछि झन् हसिलो हुँदै साेध्छ, “त्यो दोर्जेको चैँ के भएको …. ?”

“सर ! त्यो त कुरै नगरौँ । भगत, उमा र त्यो दोर्जेको त बबालै भयो नि ….. । दोर्जेले ३ लाख खर्च गर्नुपर्यो । भगतले डेड लाख खर्च गरेर उमाको होटलका सामान किन्न बाध्य भयो । टोलका सबैले उमालाई टोलबाटै निकाले । दोर्जेले पनि पसल अन्तै सार्यो । भगत पनि निबुवा निचोरेजस्तो मुख लगाएर बसेको छ ।”

धमिलो वातावरणमा हुर्केका तिनीहरूले विमलको शिर ठाडो हुन नदिन अनेकन् प्रयासहरू गरे । प्रपञ्च रचे । त्यसमा विमलसँगै काम गर्ने टीकाराम श्रेष्ठजस्तो चरित्रहीन व्यक्तिले पनि खाडलमा हाल्न अप्रत्यक्ष प्रयास गरे । तर हास्यस्पद कुरा के छ भने, जजसले विमललाई खाल्डोमा हाल्ने प्रयास गरे, उँभोलाग्न नदिने चेष्टा गरे, अन्त्यमा असफल भए ।  उनीहरूका चरित्रमा आपराधिक कलङ्कको दाग लाएका मात्र थिए । उनीहरू डामेर छाडेका साँढेजस्तै डुँक्रिएर समाजलाई अधोगतितर्फ धकेल्दै थिए । उनीहरूको गतिविधिले समाज चिन्तित थियो ।

कहिलेकाहीँ फक्रिन लागेको कोपिल हिलोतिर फालिदिँदा फक्रिने रहेछ । हिलोमा फुलेको फूलको कल्पना गरौँ ।  बाङ्गोटिङ्गो, कुप्रो रूखमा फुलेको लालीगुराँस नियालौँ । अनि काँडैकाँडाबिच फुलेको गुलाफको मुल्याङ्कन गरौँ त ? वातावरणलाई सुरम्य बनाएको छ । दुखी मनहरूलाई सान्त्वना दिएको छ । सबैलाई प्रफुल्ल पारिदिएको छ ।

अहिले विमलको प्रतिभाले सबैलाई अचम्मित बनाएको छ । कुपात्रहरू डढेकाे ठुटोजस्तै भएका छन् । आफन्तहरू खुसी छन् । मरुभूमिमा पनि नओइलाई, कति पनि विचलित नभई आफ्नो रङ प्रदर्शन गर्दै फुलेको छ गुलाफ ।

कारागार कार्यालय डिल्लीबजार, काठमाडौं