कारागारमा पुस्तकालय बनाइरहेको राष्ट्रिय पुस्तकालय अभियानले कारागारभित्र पुस्तक छलफल गर्ने, कैदीहरूका सिर्जनाहरू प्रकाशन गर्ने तथा कारागारभित्र लेखन प्रतियोगिता गर्ने कामहरू गरिरहेको छ । ‘कारागार साहित्य ‘ नामक यस शृङ्खलामा साप्ताहिक रूपमा उनीहरूको सिर्जना प्रकाशन गरिन्छ । – राष्ट्रिय पुस्तकालय अभियान 

कारागारमा पुस्तकालय अभियानका अभियन्ता हरि खनालसँगको सहकार्यमा साहित्यपोस्टले साप्ताहिक स्तम्भ “कारागार साहित्य” सुरु गरेको छ । प्रत्येक शुक्रबार प्रकाशित हुने यस स्तम्भमा जेल–जीवन बिताइरहनुभएकाहरूको साहित्य–सिर्जना प्रस्तुत गरिने छ । अवश्य नै, सिर्जना गुणवत्ताका हिसाबमा कमजोर हुने छन् । तर जेल–जीवन बिताइरहनुभएकाहरूको कथा–व्यथा सम्प्रेष्य छन् । उहाँहरूको मनमा रहेको उकुसमुकुस, भावावेश तथा संवेदनालाई स्थान दिनु हाम्रो मुख्य उद्देश्य हो । – नवपुस्ता विभाग, साहित्यपोस्ट

=====================

सम्पूर्ण कैदीबन्दीहरूमा समर्पित कविताः

स्वाभिमानी नेपाली 

रातारात सिमाना नाघ्नेहरू काे हुन् ?
याे माटाे, याे ढुङ्गा माग्नेहरू काे हुन् ?
बरु याे गर्धन नै चुडियाेस् – म उसलाई छाेड्दिनँ
मध्यरातमा देशकाे नक्सा काट्नेहरू काे हुन् ?
याे माटाे, याे ढुङ्गा माग्नेहरू काे हुन् ?
—–× —–× —
जलमल सबै आफ्नै नाउँमा सार्याे भन्ने सुनेकाे छु,
घरि घरि चाेरी औँला तान्नेहरू काे हुन् ?
याे माटाे याे ढुङ्गा माग्नेहरू काे हुन् ?
—–× —–× —
कति बालकृत भए पाहुना खान आउने निहुँमा
बेइमानीहरूलाई निम्तो गरी डाक्नेहरू काे हुन् ?
याे माटाे याे ढुङ्गा माग्नेहरू काे हुन् ?
—–× —–× —
हताहत थियाे अरे पाेकाे सहमतिकाे
त्यसमा पनि लुछाचुँडी
कसले कसले समाए, ढाक्नेहरू काे हुन् ?
याे माटाे, याे ढुङ्गा माग्नेहरू काे हुन्?
—–× —–× —
हाेलान्, बलिया हामीभन्दा
तर कमजाेर छैन हाम्रो स्वाभिमान
विश्वास नलागे पल्टाइ हेरे हुन्छ
नेपाल एकीकरण हुदाँ ताताे गाेली थाप्नेहरू काे हुन् ?
रातारात सिमाना नाघ्नेहरू काे हुन् ?
याे माटाे, याे ढुङ्गा माग्नेहरू काे हुन् ?
इन्द्र पुन, जिल्ला कारागार बाग्लुङ