कारागारमा पुस्तकालय बनाइरहेको राष्ट्रिय पुस्तकालय अभियानले कारागारभित्र पुस्तक छलफल गर्ने, कैदीहरूका सिर्जनाहरू प्रकाशन गर्ने तथा कारागारभित्र लेखन प्रतियोगिता गर्ने कामहरू गरिरहेको छ । ‘कारागार साहित्य ‘ नामक यस शृङ्खलामा साप्ताहिक रूपमा उनीहरूको सिर्जना प्रकाशन गरिन्छ । – राष्ट्रिय पुस्तकालय अभियान 

कारागारमा पुस्तकालय अभियानका अभियन्ता हरि खनालसँगको सहकार्यमा साहित्यपोस्टले साप्ताहिक स्तम्भ “कारागार साहित्य” सुरु गरेको छ । प्रत्येक शुक्रबार प्रकाशित हुने यस स्तम्भमा जेल–जीवन बिताइरहनुभएकाहरूको साहित्य–सिर्जना प्रस्तुत गरिने छ । अवश्य नै, सिर्जना गुणवत्ताका हिसाबमा कमजोर हुने छन् । तर जेल–जीवन बिताइरहनुभएकाहरूको कथा–व्यथा सम्प्रेष्य छन् । उहाँहरूको मनमा रहेको उकुसमुकुस, भावावेश तथा संवेदनालाई स्थान दिनु हाम्रो मुख्य उद्देश्य हो । – नवपुस्ता विभाग, साहित्यपोस्ट

======================

आत्म-संस्मरण 

जीवनमा धेरै लेखे कविता र कथाहरु
जति लेख्याे सकिदैन्न यी मनका व्यथाहरू
समयकाे एउटा उज्यालो आकृति बाेकी क्षितिज भेट्ने उद्देश्य लिएर जिन्दगीकाे हरेक आराेह- अवराेहहरू छिचोल्दै जाने क्रममा सानातिना उतारचढावहरूसँगै हातेमालो गर्नु पर्ने, याे नियतिकाे खेल नै हाे । तर पनि अनेकौं दुखकष्टहरूलाई दबाएर सहज र सरलताकाे साथ पार गर्दै जिन्दगीलाई जसाेतसाे आफ्नाे गन्तव्यतिर डाेर्याइरहेकाे थिएँ ।
म काे हुँ ? मेराे लक्ष्य के हाे ? भन्ने शब्दवाणीहरूले समय-समयमा मेराे मानसपटलमा झस्काइरहन्थ्याे । आफ्नाे उत्तर, दायित्व, व्यक्तिगत क्षमतालाई अङ्गाल्दै दुनियाँसमक्ष प्रतिस्पर्धा गर्ने मेराे कदमहरू पूर्णरूपमा अगाडि बढिरहेका थिए । तर समयकाे बाबजुद भाग्यकाे बिडम्बना भनाैँ वा दैवकाे खेल, आकस्मत् त्याे दिन मेराे जिन्दगीमा कहलिलाग्दाे औँसीकाे कालाे रात बनेर छायाे । मेरा स्वर्णीम सपनाहरू बालुवाकाे महलसरी भताभुङ्ग भइदियाे । कर्ममा तल्लीन कर्मशील हातहरु बाँधिए । मेराे निःस्वार्थ भावना, निश्कलङ्क छविमाथि अपराधीकाे कालाे नकाब ओढाएर अन्यायकाे सङ्घारमा धकेलिदियाे ।
भनेकाे सुनेथेँ , “कानुनले धनी, गरिब, ठूलो, सानो केही पनि भन्दैन, यो त अन्धाे हुन्छ ।” याे भनाई कहाँसम्म ध्रुवसत्य हाे ?  त्याे त थाहा छैन । तैपनि स्वीकार्छुँ । तर न्याय सम्पादन गर्ने सम्पादनकर्ता त अन्धाे थिएनन् हाेला नि ? जसकाे कारण आज म निर्अपराधी व्यक्ति अपराधीकाे संज्ञा पाई बैशाखीविनाकाे अपाङ्ग जस्तै कर्तव्यविमुख भई विवशताकाे भुमरीभित्र बन्दी जीवन व्यतित गर्न बाध्य भएकाे छु ।
साँच्ची नै मानिस समय र परिस्थितिकाे दास हुँदाे रहेछ । ताकि कहिलेकाहीँ नखाएकाे विष पनि लाग्दाे रहेछ । तैपनि के गर्ने ? साेचमग्न भएर कार्य गर्छु । धीरता जिवनकाे सारथी हाे, भन्ने भनाईलाई आत्मसाथ गर्दै धीरताकाे बाँध बाँधेर  सीमित क्षेत्रफलभित्र कुण्ठित भएर बस्न बाध्य छु ।
म सदा यही साेच्ने गर्छु – मेराे भाग्यरेखा काेर्ने  भगवान् कस्ताे हाेलान् ?
भगवानसँग प्राथना गर्छु – दुखीकाे घरमा मात्र तेराे वास भए हे ईश्वर ! अझ मलाई दुख दे ।  तसर्थ यथार्थकाे धरातलमा उभिएर हेर, वास्तविक जिन्दगीकाे अमूल्य परिभाषा बुझ्नेछाै ।
विवशताकाे भुमरीमा
 अलमलिएको छु हेर,
कसले सुन्छ र,
 याे मनकाे व्यथा ? 
कति तड्पीतड्पी बाँच्दैछु,
म यहाँ हरेक पल
तिमी जस्तो बैगुनिलाई 
के थाहा ।
अन्त्यमा, बसन्त ऋतुकाे आगमनसँगै सम्पूर्ण कारागारमा रहनुभएका बन्दी मित्रजनहरूमा खुसी र उमङ्ग सदासर्वदा छाइरहाेस् भन्दै, नववर्ष २०७८ सालकाे पुनित सुख, शान्ति एवम् दीर्घायुकाे हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।
त्रिवेणीप्रसाद चाैधरी
ताैलिहवा कारागार, कपिलवस्तु