एकादेशमा एक दिन एउटा राजाको छोराले संसारको व्यर्थता बोध गर्यो. नग्न स्त्रीहरुसँग नशामा लठ्ठ भएर सुतेको एक रात ऊ झसङ्ग बिउँझिएको थियो. अघिसम्मका कमनीय सेक्सी नवयौवनाहरु अहिले मुखबाट र्याल निकाल्दै घुर्दै थिए. उसलाई शीतको यो थोपा देखेर वाक्क लाग्यो. सोच्यो, एउटा आनन्द अब यस्तो खोज्छु जो शीतको थोपा हैन, बरु यी सबै सुकाइदिने साक्षात् सूर्य होस्. अनि ऊ निस्कियो सबथोक छाडेर त्यस्तो एउटा आनन्दको खोजमा. पायो पनि उसले. पाएको कुरा अरुलाई सिकायो पनि. धेरैले उसको कुरा बुझे पनि. तर म उसको कुरा बुझ्न तैयार भइनँ.

मलाई जिन्दगीका रङ्गहरुदेखि डराएर भागेको राजाको छोरो चाहिएन. मलाई मजस्तै कोही चाहियो. जिन्दगीका सबै रङहरू झुटा भनेर जान्दाजान्दै यो जिन्दगी नामको अद्भूत जादु र त्यो जादु देखाउने कलाकारका प्रति श्रद्धाले शीर झुकाउने कोही चाहियो. जिन्दगीलाई त्यसको समग्र नग्नतामा एक्सेप्ट र सेलिब्रेट गर्न सक्ने कोही चाहियो. यसै क्रममा मैले कबिर पत्ता लगाएँ. आज म कबिरको कथा भन्छु. कबिर सच्चा अन्डरडग, सच्चा रकस्टार ! फरक यत्ति कि यो बूढाको जमानामा गितार थिएन, एकतारे बजाए. आफ्नै घरको आँगनलाई स्टेज बनाए, रामनामको ड्रग पिए र त्यो कन्सर्ट स्टेजमै बसेर चिल हान्दै गीत गाउँदै, नाच्दै, कपडा बुन्दै आफ्नो जिन्दगी बिताए. जिन्दगीको हरेक दिन कन्सर्ट ! बूढा कस्ता थिए होलान् भनेर गेस गर्न यो बुझ्नु, उनी मरेर गएको भेरी सुन उनका पन्टरहरुले रिलिजियन नै बनाइदिए उसको नाममा- “कबिर पन्थ..”

[bs-quote quote=”राम नामको सुरति रसमा डुबाएर एक एक धागो बुन्थे कबिर. नाच्दै गाउँदै. उनका लागि सबै राम. अनि यो संसार उनको प्यारो ईश्वरले बुनेको कपडा.” style=”style-2″ align=”right” color=”#dd3333″ author_name=”अनुपम पाेखरेल” author_avatar=”https://sahityapost.com/wp-content/uploads/2020/09/anupam.jpg”][/bs-quote]

म राजाको छोरा हैन, बरु आफैँ राजाको जस्तो जिन्दगी बाँचेको मान्छे हुँ. आफ्नै दममा. कुनै पुर्ख्यौली विरासत वा नामको दममा हैन. मैले त पुर्खाबाट आएको जात र थर पनि फेरिसकेँ. संसार मोतीजस्तो देखिने शीतको थोपा हो. नक्कली हुन्, यहाँका सबथोक. घाँटीमा गाँठो परेर बसेको दुःखदेखि तुरीमा गाँठो परेर बसेको सुखसम्म यहाँ नक्कली हुन्. यो बुझेको मैले धेरै भयो. बुझेर म भाग्थेँ होला जङ्गलतिर. मलाई कबिरा रकस्टार र उनीजस्ता भक्ति र ज्ञानका ज्ञाता अन्य सन्तहरुले जोगाए. सक्कली सर्प भए पो डराउनु ! डोरीलाई सर्प मानेर बसेर, हाय संसार !!

न माया मर्यो न मन
आशा तृष्णा मरेनन्…
मरेर गयो शरीर भन्छ दास कबिर…. !!

वाह रे बुढाको अकड. अमिताभ बच्चनले ‘नमस्कार मैँ हुँ अमिताभ बच्चन एक छोटामोटा कलाकार… ‘ भन्याजस्तो. जसले दुवै लोकका आनन्द लुटेर बसेको छ उही दास कबिर !

नेपालमा गणतन्त्र आयो, अनि सबै राजा भए. राजपाट व्यर्थ हो भनेर राज्यै लात मारेर हिँडेको प्रिन्सलाई आइडल मान्नेहरुको देशमा आजभोलि बीस सिटमा सय मान्छे खाँद्ने टिनका ट्याङ्का गुड्छन्. ती ट्याङ्काहरुको अगाडि-पछाडि लेखिएको हुन्छ, ‘रोयल बम्बई’ वा ‘रोयल काठमाडौं’ वा गाडीको मालिक वा ड्राइभर जहाँको हो,‘रोयल त्यही ठाउँ’. सबैलाई राजा बन्नु छ. राजपाट व्यर्थ हो भनेर राजाहरु मात्र बुझ्छन्. सबै राजा बन्न अलि टाइम लाग्छ यो सिस्टमहीन देशमा. त्यसका लागि समाजवाद आउनु पर्छ. राजा बन्ने दौडमा दौडिएकाहरुको दौडमा सत्य चर्चा गर्दा मैले आँखा नदेख्नेहरुको भिडमा कलरहरुको कुरा गरेजस्तो हुन्छ. त्यसैले म पनि यी यसरी गीत गाउँछु सत्यको. सत्यको वर्णन नगर्नु रे, गीत गाउनु रे अनि कुटाई खाइन्न रे ! यो चाहिँ नित्से र ओस्कार वाइल्डले भनेका.

न मूर्तिमा, न तीर्थ- व्रत –दान- धर्म –कर्ममा
न भिड न एकान्तमा
आफूलाई बाहिर कहाँ खोज्दैछस् ए मान्छे !
तँ त आफूभित्रै छस्. भित्र डुबेर हेर् एकलट
भन्छ दास कबिर…

दास कबिर !! हाय दैया… कसको गाँडमा दम हुन्छ आफैँले आफैँलाई दास भन्ने ! यहाँ त सब महाराज कहलाइन इच्छुक छन्.

गुरु यसकारण चाहिन्छ, आफ्नै खोजमा भौँतारिएको मान्छेलाई भनिदिने मान्छे चाहिन्छ. तैँले हिँडेको बाटोमा कुनै दिन म पनि हिँडेको थिएँ, बाटो अलि अप्ठ्यारो छ तर कुनै सत्ता कुनै प्राप्तिले तैँले हिँडेको बाटोले दिने शान्ति दिन सक्दैन, भन्ने हिम्मत दिने मान्छे चाहिन्छ. म सत्यबोधको आत्मश्लाघाले भरिएको थिएँ, जब म बीस वर्षको उकालो चढ्दै थिएँ. गुफाहरुमा अन्त्यहीन व्रत तप ध्यान गरेर बोध गरेको सत्यले चिसिएको थिएँ. मेरो हृदयको खरानी हम्किन आए त्यही बेला दास कबिर.

कहाँबाट आयौ कहाँ जाँदैछौ थाहा छ ?
आवागमनमै भटकिएर बस्छौ सधैँ ?
गुरु खोज कोही…
झ्याल खोल एउटा आफूभित्र
उज्यालो चिहाउने…

राम नामको सुरति रसमा डुबाएर एक एक धागो बुन्थे कबिर. नाच्दै गाउँदै. उनका लागि सबै राम. अनि यो संसार उनको प्यारो ईश्वरले बुनेको कपडा.

ईशा रहिम रामके आगे
शून्य प्रथम आखीर के आगे
खडा रे कबिरा बाजार में पहने अपनी फकिरी
सिना ठोके झाडता है अपनी फकिरी…

एकतारेको धुनमा मुसुमुसु मुस्कुराउँदै यो गीत हान्दा के कबिर कुनै रकस्टार जस्तो देखिन्थेनन् होला र ! लिरिक्समा कस्तो एटिट्युड !! केशका जटा खोलेर धोती सुर्किंदै के हेड ब्याङ पनि हान्थे होला? पक्कै हान्थे होला…. एकतारे सोलो पनि हान्थे होला बेला बेलामा.

कपडा बुन्थे सन्त कबिर. उनका लागि यो संसार पनि एउटा महान् बुनकरले बुनेको कपडा. मसिनो गरेर बुनेको चादर, झिनी झिनी बुनेको. हतार नगरी. गीत गाउँदै मस्तीले कपडा बुन्थे. बुनिसकेर नाच्दै गाउँदै बेच्न जान्थे बजार. उनका पन्टरहरु भन्थे रे, ‘गुरुजी बेज्ती काहे करवा रहे हो हम्री… का चाही बोलो… हमही लादेंगे..”

ठ्याक्कै अवधि भाषा म जान्दिनँ, यस्तै भने होलान् भन्ने मेरो अनुमान. उनीहरुका गुरुले कपडा बेच्न बजार गएको उनीहरुलाई चित्त नबुझेको. कबिर भन्थे रे, “राम आउनुहुन्छ बजारमा मेरा कपडा किन्न. मलाई नदेखेर रिसाउनुहुन्छ. जान्छु भो.” जो किन्न आउँछ, उही राम बूढाका लागि अनि भन्थे रे, “रामजी, मायाले बुनेको तपाईंकै लागि भनेर. लैजानुहोस्.” बेची सकेर साँझ फेरि उही मस्तीमा नाच्दै गाउँदै घर फर्कन्थे रे ! वाह रे, लाइफस्टाइल !! सहज समाधि भली. बूढाको मन्त्र.

सबै रकस्टारहरु झैँ बुढा हल्का फोहोरी पनि हुँदा हुन्. मलाई कबिर मन पर्नुको अर्को कारण यो पनि हो. नुहाउन अल्छी लाग्दा पनि कबिरका भजन छन्, एक दुई वटा. मेरो फेभरेट चाहिँ यो हो… “क्या तन मान्झदा रे एक दिन माटी में मिल जाना…” जब एक दिन माटोमा मिल्नु नै छ, के शरीर माझिरहनु. दुई चार दिन भएको भए ननुहाएको, कबिर इज देयर फर यु.

बुझ्न गाह्रो हुने कुरा गीत बनाउने हो, जसरी नर्सरी केजीमा ए फर एप्पलका गीत सिकाउँथे. कबिरका गीतले त्यो बुझाउँछन् जो दुरुह आध्यात्मिक दर्शनले बुझाउन सक्दैनन्.

“मत कर काया का अभिमान, मत कर मायाका अभिमान, काया तेरी धुल होजासी…..” हाहाहा !!

‘झुठा माइ थारो बाप थारी सकल परिवार थारी टुटता छाती
जैसे ओसरा मोती….”
जैसे झोंका पवनका लग जाए काया तेरी धुल होजासी….”

एक हावा समयको चल्यो भने तेरो शरीर धुलो बन्छ भेन्चो केको फुर्ती गर्छस् ?
अनि तेरो बाउआमा तेरा सारा परिवार सब नक्कली
तेरो घाँटीको अमिलो नक्कली
शीतको मोती…
फकिङ् लिरिक्स ! अनि एटिट्युड !

जिन्दगी जिउने फर्मुला खोज्नेहरुलाई कबिरको एक लाइन काफी छ…
जरा हल्के गाडी हाँको मेरे राम गाडीवाले…
अलि बिस्तारै दौडनुहोस् हजुर. पुग्ने त चिहानमै हो.

एउटा जमाना थियो, जब हामी केही साथीहरु बुद्धत्व र सत्यको खोजमा निस्केका थियौं. मोस्टली खैरेहरु. उनीहरुले सोचिरहे, आकाशबाट एक दिन फूल बर्सनेछ, उनीहरुको नाम आकाशमा सुनौलो अक्षरले लेखिन्छ र घोषणा हुनेछ, कि उनीहरु बुद्ध भए. ती साथीहरु प्रायःको दिमाग फुस्कियो. केही ओशो संन्यासीहरू पनि छन् सो कल्ड इनालाइटेन्मेन्टको पर्खाइमा बसेका ! आफूलाई अरुभन्दा ठूलो जातको मान्ने. सद्गुरुका मुल्ला मौलावीहरु पनि छन्, मर्न-मार्न तैयार बूढाको नाममा. एकलट उनीहरुले कबीरलाई हेरे, सुने, बुझे हुने. बूढाले त कहिले भनेनन् म ठूलो मान्छे हुँ भनेर. नाचे, गाए, चिल गरे, परिवार पनि साथै हुर्काए. आफू पछिका कैयौं पुस्तालाई मार्गदर्शन हुने एउटा मस्तीको जिन्दगी बिताए र गए. हाय रे दैया ! बूढा भेटिए म अँगालो मार्ने थिएँ. बूढाले गाउने थिए, म उनका गीत मुस्कुराउँदै सुन्ने थिएँ. कबिरा प्याराका कुरा त म जिन्दगीभर गरे पनि रित्तिएर सक्दिनँ. अहिलेलाई यत्ति. बाँकी अर्कोपल्ट. सुन्नेलाई सुनको माला…