साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

सिक्किमदेखि पूर्वोत्तर जागुनसम्म

विश्वको मानवजाति र मानव सभ्यतालाई एकसूत्रमा जोड्नलाई सामाजिक सञ्जाल क्रान्ति भएर हाम्रो नेपाली साहित्यमा पनि आयो । मैले पनि सामाजिक सञ्जालबाटै मुक्तकहरू सिर्जना गर्ने क्रममा कविवर मिलन बोहोरालाई रम्बास कविताको माध्यमबाट राम्ररी चिन्ने सुअवसर पाएँ, यो शुभदिन २० अगस्त २०२१ हो ।

पूर्वोत्तर राज्यका आठवटी (आसाम, मेघालय, मणिपुर, नागाल्याण्ड, अरूणाचल प्रदेश, सिक्किम, त्रिपुरा र मिजोरम) दिदीबहिनी हुन् । आठवटा राज्यको संगम हो “पूर्वोत्तर परिषद्” ।  यिनै अष्ठचिरञ्जीवि राज्यकै वक्षस्थल आसामको तिरापमा “नेपाली साहित्य विकास समिति”, जागुनले अप्रिल 23 र 24 / 2022 का दिन विराट साहित्यिक सङ्गोष्ठी आयोजना गरिरहेको पुनीत दिवसमा सिक्किमबाट मलाई पनि सादर आमन्त्रण गरिएको थियो । कल्पना र सपनामा पनि नपुगेको पवित्र माटोमा पुग्न पाउने सौभाग्य रम्बास कविताको उपविधाले दिएको थियो । विश्वको सबैभन्दा ठूलो शक्ति कलम हो भन्ने कुरा कलम र भावनाको सागरमा डुबुल्की मार्ने योद्धाहरूलाई  मात्र थाहा हुन्छ। शास्त्रलाई आफ्नो अभीष्ट मानेर हिँड्नेहरूलाई शस्त्रको बाह्र हातको टाँगोले पनि छुन सक्दैन यो ध्रुव सत्य हो ।

आसामका  साहित्यकार मिलन बोहोराबाट साहित्यिको मलिलो माटोमा बीजारोपण भएको रम्बास कविता उपविधाको जरा सिक्किमसम्म आइपुगेर ढकमक्क भएर फस्टाउँन थालिसकेको पनि थिएन, मलजल गर्ने सुवसर प्राप्त  भयो। कसैले रम्बास कवितालाई असाहित्य भने, कसैलै भाषासाहित्यमा आएको विकृति ! तर महाकवि देवकोटाले भन्नु भएजस्तो “उद्देश्य के लिनु उडी छुनु चन्द्र एक” हामी लागिप-यौं । हुन पनि कुनै राम्रो कामको सिर्जनामा आलोचना-प्रत्यालोचना, चर्चा-परिचर्चा भएन भने साहित्यले अघाडि बढ्ने सौभाग्य कहाँबाट पाउँछ र !

bahulako diary small and inside post

नेपाली साहित्य जगतका शिखर पुरुषहरू त्रिदेव सर्वश्री इन्द्रबहादुर राई, ईश्वर बल्लभ र बैरागी काईंला (तीलविक्रम नेम्बाङ) द्वारा शुरु गरिएको तेस्रो आयाम साहित्यलाई साहित्य नै होइन भन्नेहरूमा पूर्वाञ्चलतिरकै चन्द्रेश्वर दुवेहरू अहिले निखोज भएका छन् । तेस्रो आयामलाई  क्लिष्ट साहित्य भएर यसको महत्त्व दुवेहरू जस्ता भुईंफुट्टाहरूले  नबुझ्दैमा आयामेली साहित्य साहित्य नै होइन भन्न मिल्दैन भन्ने अकाट्य सत्यतथ्यको उजागर गरिदिनु भएर व्याकरणाचार्य शिवराज शर्माले कहिल्यै उठ्न नसक्ने गरी “टक्करी” नामक पुस्तिका नै लेखेर थला बसाइदिनुभएको थियो। अहिले यी नकारात्मक विचार भएका तथाकथितहरू सूचना दिएर खोज्ने अवस्थामा छन्। यही कुरालाई शिरोपर गरेर तेस्रो आयामले नेपाली साहित्यमा आन्दोलन  सिर्जना गरेको सत्यतथ्यको तर्क जनपक्ष प्रकाशनका संस्थापक पुण्यप्रसाद शर्माले राखिदिएर रम्बासप्रेमीहरूलाई शक्तिमा परिणत गरिदिएका थिए ।

गीताश्री शर्मा (सिक्किम)

विश्वको मानवजाति र मानव सभ्यतालाई एकसूत्रमा जोड्नलाई सामाजिक सञ्जाल क्रान्ति भएर हाम्रो नेपाली साहित्यमा पनि आयो । मैले पनि सामाजिक सञ्जालबाटै मुक्तकहरू सिर्जना गर्ने क्रममा कविवर मिलन बोहोरालाई रम्बास कविताको माध्यमबाट राम्ररी चिन्ने सुअवसर पाएँ, यो शुभदिन २० अगस्त २०२१ हो । यसै शुभघडीबाट रम्बास लेख्ने प्रेरणा, नियम र तरिकाहरूलाई अर्ति र उपदेश स्वरूप मैले आशीर्वादका रूपमा लिएपछि सामाजिक सञ्जाल मार्फत रम्बास कविताहरूलाई निरन्तरता दिंदैगर्दा गुरुवर देवीचरण सेढाईंसँग घनिष्टता बड्दै गयो। उहाँको ताली र गालीले मलाई  उर्जा प्रदान गरेको थियो । शनै: शनै: रम्बास कविता नेपाली साहित्यिक जगत् नेपाल, वर्मा, आसाम, सिक्किम, डुवर्स, दार्जीलिङतिर बढ्दै गएपछि कविहरूद्वारा रचना गरिएका रम्बास कविताहरूलाई सङ्कलन गरेर “बरपीपल” नामक सङ्कलन प्रकाशित गरिने छ, भन्ने सुसमाचार सुनेपछि मनमा हर्ष र उत्सुकता बड्यो। मैले पनि मुक्तकसँगसँगै रम्बास कविता निरन्तर लेख्दै गएँ । यसै समय रम्बास प्रणेता मिलन बोहोराबाट आशीर्वाद स्वरूप फोन आयो “गीता ! तिम्रा रम्बासहरू प्रखर हुँदैछन्, स्तरीय पनि छन्, सङ्कलन गर्दै गर,  कृति प्रकाशित हुनपर्छ ।” मिलन बोहोराका यी आशीर्वचन पाएपछि आदरणीय देवीचरण  सेढाईंसँग उक्त तथ्यहरू हुबहू साझा गरें । देवीचरण  सेढाईंले सुनमा सुगन्ध  थपिदिनु भयो- “लु अब कम्मर कस्नुहोस् हामी साथमा छौं,” म नि:शब्द बनें।

धेरै रम्बास कविताहरू साथमा थिए, कतिपय नयाँ लेखेर भूमिकाका निम्ति साधारण भलाकुसारीमा साहित्यकार समालोचक दीपक सुवेदीलाई आग्रह गरें, सामाजिक सञ्जालको साधारण परिचय भए तापनि विद्वान् साहित्यकारहरूको भावना आकाश जस्तै निश्छल, पृथ्वी जस्तै दानी हुन्छ,  एकै वचनमा उहाँको भूमिकाले मेरो रम्बास कविता “तिलस्मी” सजिएर सुन्दर हुने सौभाग्य प्राप्त ग-यो । मैले यी यावत तथ्यहरू मेरा श्रीमान् पुण्यप्रसाद शर्मासँग पहिल्यै साझा गरेर जनपक्ष प्रकाशनबाट अविलम्ब प्रकाशित हुनपर्छ भन्ने सुझाव प्राप्त  गरिसकेकी थिएँ । तर रम्बास कविता एकसय आठ चाहिँ हुनैपर्छ भन्ने किटान उहाँको पनि थियो, के कारण एकसय आठको प्रसङ्ग आएको थियो,  आखिर एकसय आठवटा नै रम्बास कविताको सङ्कलन “तिलस्मी” प्रकाशित भयो । शायद शुभमुहूर्त पनि होला, चर्चा-परिचर्चा, मूल्याङ्कन तथा आलोचना हुने अवसर पाएको छ । तिलस्मीलाई तिलस्मी बनाइदिनुहुनका निम्ति मेरा आदरणीय गुरुदेवहरूबाट पाएका शुभेच्छा, शुभकामना, आशीर्वाद र आशीर्वचन कहिल्यै नभुलिने र नमेटिने इतिहास भएर रहेका छन् र रहनेछन्, उहाँहरूमा एकैसाथ हार्दिक साधुवाद, आभार प्रकट गर्दछु ।

अप्रिल 2022 को 23 र 24 तारिखका दिन आसामको सुदूर पूर्वाञ्चल जागुनको तिरापमा “नेपाली साहित्य विकास समिति” द्वारा दुइ दिने अन्तर्राष्ट्रिय साहित्यिक संगोष्ठि गरिने निश्चय भएपछि सिक्किमबाट पनि हामी केही  साहित्यप्रेमीहरू यस महान् साहित्यिक कार्यक्रममा सामेलहुन जाने मन बनाएका थियौं तर अभाग्यवस अन्त्यमा जाने समयमा कतिपय मित्रहरूले आफ्ना झिनामसिना असमर्थता देखाएर खुट्टा तानेपछि मैलै आफ्नो पूर्व निर्धारित कार्यक्रमलाई अघि बढाउने निश्चय गरेर बढो उल्लासका साथ बहिनी चन्द्रा नेपाललाई लिएर 20 अप्रिलकै दिन सिलगढी झरें । भाग्यवस साहित्यिक बन्धुहरू मोहन गौतम र प्रेम नेउपाने सिक्किमबाट उक्त कार्यक्रममा भागलिन जानकाका निम्ति सिलगढी झर्नु भयो।  21 अप्रिल 2022 का दिन बिहान करीब एघार पचपन्नको राजधानी एक्सप्रेसमा चढेर बढो जोश र जाँगरका साथ पूर्वाञ्चल आसाममा आयोजित हुनगइरहेको कार्यक्रममा सामेलहुन न्यू जलपाइगढी पुग्दा सामाजिक सञ्जालबाट परिचित हुनुभएका र एकै आग्रहमा मेरो “तिलस्मी” रम्बास  कवितासङ्कलनको अविस्मरणीय र ऐतिहासिक भूमिका लेखिदिनु हुने अति आदरणीय वरिष्ठ साहित्यकार दीपक सुवेदीसित भेट हुने सौभाग्य  मिल्यो ।

साधारण साहित्यिक र घरेलु वार्तालाप हुन नपाउँदै राजधानी एक्सप्रेस रेलले आफ्नो गन्तव्य हाँकिरहेको थियो । बाटामा आउने सानातिना स्टेशनहरू स्थानीय यात्रुवाहक रेललाई जिम्मा दिंदै अलिपुरद्वार हुँदै गुवाहाटी पुग्दा थाहा पायौं रम्बास प्रणेता तथा वरिष्ठ  साहित्यकार मिलन बोहोरा पनि यसै राजधानीबाट यात्रा गरिरहनु भएको छ । कहिले रेलले डिब्रुगढ  पु-याउँछ र उहाँसित भेट गराउँछ भन्ने उत्कट इच्छालाई  भोलिपल्ट 22 अप्रिलको सखारै डिब्रुगढको प्लेटफर्ममा मिलन बोहोरा साक्षात हामीमाझ हुनुभयो । रेल्वेको प्लेटफर्मबाट बहिर निस्केर हामीले एउटा गाडी लिएर जागुन तर्फ लाग्यौं।‌ अघिपछि भएर गए पनि बाटोमा आदरणीय कवि तथा दाज्यू पुरुषोत्तम दाहाल र भाउज्यू श्रीमती शीला दाहाल त्यो ऐतिहासिक स्थानमा हामीलाई पर्खेर बस्नु भएको थियो जहाँ वरिष्ठ समालोचक, आयामेली लेखक तथा विद्वान् साहित्यकार स्वर्गीय इन्द्रबहादुर राईकी कथापात्री “जयमाया आफूमात्र लिखापानी आइपुगी” की थिइन् तर हामी जयमाया जस्तै एक्लै नभएर धेरैजना  पुगिसकेका थियौं । यो ठाउँ त्यसै पनि ऐतिहासिक  थियो । पुरुषोत्तम उपाध्यायका घरमा हाम्रा निम्ति तयार पारिएको सात्विक दिवाभोज खाइसकेपछि भोलिपल्ट हुनगइरहेको साहित्यिक कार्यक्रमका विषयमा साधारण कुराकानी गरिराखेर बेलुकी पख खडानन्द दुलालको वासस्थान तर्फ लाग्यौं, जहाँ देशविदेशबाट आउनु भएका र आउनुहुने सम्पूर्ण साहित्यिक  अतिथिहरूलाई आतित्यथाको व्यवस्था गरिएको थियो।

भोलिपल्ट २३ अप्रेल जसलाई हामीले पर्खेर बसेका थियौं शायद 23 अप्रिल 2022-ले पनि हामीलाई नै पर्खेर बसेको थियो, जहाँ विभिन्न प्रान्तबाट आउनु भएका विद्वान् लेखक/साहित्यकारको जमघट र एक दर्जन साहित्यिक कृतिहरू लोकार्पणका निम्ति छटपटिरहेका थिए । विश्वभरि छरिएर बसेका बयानब्बेजना रम्बास  कविहरूका कवितालाई एउटै मञ्चमा आवद्ध गरेर तयार गरिएको “बरपीपल” नामक सङ्कलनको पनि विधिवत् विमोचनका निम्ति पर्खिरहेको तथ्य कार्यक्रमको तालिकाले जनाइसकेको थियो । शुभकार्यलाई जलाभिषेक गराउनहेतु पूर्वाञ्चलको प्रकृतिले पनि भरमग्दुर कोशिश गरिरहेको थियो ।

कार्यक्रमलाई  सफलीभूत बनाउनमा स्थानीय साहित्यानुरागी, युवावर्ग, प्रतिनिधिमण्डल लगायत सबै गाउँवासीहरू लागिपर्नु भएको थियो, भन्नु नै हो भने उहाँहरूको सहयोग अतुलनीय थियो । यसै पुनीत साहित्यिक कार्यक्रम र  “बरपीपल” को शीतल छहारीमा रम्बास कवितासङ्ग्रह, विभिन्न साहित्यकारहरूका कृतिहरू लगायत श्रीखिलनाथ शर्माद्वारा छोटो समयमा सम्पादन गर्नुभएको “जमर्को” नामक स्मारिका  पनि  विमोचन गराउनु  खुशीको अवसर थियो । नेपाली साहित्य जगतको इतिहासमा यसरी एकैसाथ लगभग चौधवटा कृतिहरू विभिन्न साहित्यकारहरूका करकमलबाट लोकार्पण हुनपाउनु पनि नेपाली साहित्य संसारमा आएको सहकाल मान्न पर्दछ।

           बेहुलीजस्तो सिँगारिएको जागुनको तिराप बिहानैदेखि प्रतिनिधि गण, विभिन्न प्रान्तबाट पाल्नुभएका आमन्त्रित साहित्यिक अतिथिवर्ग , स्थानीय बन्धुबान्धवहरूको उपस्थितिले साहित्यिक अनुष्ठान खचाखच थियो । वरिष्ठ कवि तथा गीतकार हरिभक्त कटुवालले वास गर्नुभएको पवित्र भूमि सार्थक साहित्यिक कार्यक्रमको आयोजनामा तत्पर भएको अनुभव गरें । मैले यसअघि पनि धेरैवटा र ठूलाठूला साहित्यिक,  राजनीतिक,  सामाजिक एवं धार्मिक अनुष्ठानहरूमा भागलिने अवसर पाए तापनि मेरा निम्ति यो सुअवसर सबैभन्दा महत्त्वपूर्ण र ऐतिहासिक थियो जहाँ मेरो पहिलो स्वरचित रम्बास कवितासङ्ग्रह “तिलस्मी” ले लोकार्पण हुने सौभाग्य पर्खिरहेको थियो ।

मलाई अत्यन्त  खुशी लाग्यो ! यस भेगतिर कुनै पनि शुभकार्य हुनअघि पितृहरूको स्मरणमा  पितृतर्पण गरेर मात्र कार्यक्रमलाई अघि बढाईंदोरहेछ ।  पितृहरूको स्मरण गर्दै यस साहित्यिक कार्यक्रमलाई जीवन्त राखेर आउँदा दिनहरूमा भावी पिँढीलाई पनि यिनै वृक्षहरूले यस्ता ऐतिहासिक कामहरूको स्मरण गराउन् भन्ने उद्देश्यले बर र पीपललाई रोपेर आगामी वर्षमा हुने साहित्यिक कार्यक्रममा चाहिँ  यी दुलाहादुलही समान बर र पीपलको विधिवत् शुभ-विवाह गरिदिने निर्णय गरेर बरपीपलको वृक्षरोपण गरिएको थियो, जसको  सौभाग्य मैले पनि पाएँ । यसपछि कार्यक्रमको अघिल्लो चरणमा विभिन्न संघ-संस्थाहरूका झन्डोत्तोलन गरियो जसमा क्रमैसित —

(क)   नेपाली साहित्य विकास समिति, तिराप
(ख)  रम्बास  कवि मञ्च
(ग)   असम साहित्य  सभा
(घ)   भारतीय  गोर्खा सम्मिलन
( ङ)   असम गोर्खा छात्र  संघ
(च) असम साहित्य  सभा आदि थिए ।

आदिकवि भानुभक्त आचार्यको शालीगमा माल्यार्पण गरिएपछि आहोम सेनापति लाचित बरफुकनलाई पनि स्मरण गरियो । आमन्त्रित साहित्यिक बन्धुबान्धवहरूद्वारा गगनभेदी नारा लगाउँदै शोभायात्राबाट साहित्यिक कार्यक्रममा परिवर्तन भएको थियो । मुकेश रेग्मीको अध्यक्षतामा कार्यक्रमको शुरूआत भएको घोषणा मञ्च सञ्चालक थानुराम शर्माले गर्नुभयो । उपसभापति भवानी भट्टराई हुनुहुथ्यो । आसाम साहित्य सभाका उपसभापतिद्वय भीम महाराजी र कृष्णलाल शर्मा, भारतीय गोर्खा  परिसंघका भवानी शर्मा लगायत मञ्चमा विराजमान वरिष्ठ साहित्यकार एवं कलाकार युद्धवीर राणा, “बरपीपल” रम्बास कवितासङ्कलनका सम्पादकद्वय मिलन बोहोरा (जो रम्बास प्रणेता भनेर पनि जानिन्छ) र देवीचरण सेढाईं, प्रकाशकद्वय पुरुषोत्तम उपाध्याय तथा श्री खडानन्द दुलाल, साहित्यकार-समीक्षक दीपक सुवेदी, समालोचक-लेखक डा. शुक्रराज दियाली, “कलनाद” रम्बास कवितासङ्ग्रहका रचयिता कवि डा. जगन्नाथ उपाध्याय, हास्यव्यङ्ग्य साहित्यकार तथा बाल साहित्यमा साहित्य अकादमी पुरस्कार पाउने खरसाङका साहित्यकार सुदर्शन अमबोटे, “सयपत्री” रम्बास कवितासङ्ग्रहका सर्जक अर्जुन उप्रेती,”तिलस्मी” रम्बास कविता सङ्कलनकी रचयिता म आफैं, “शालीग्राम” रम्बास कविताका सर्जक गिरिधारी उपाध्याय, “पूर्वोदय” पत्रिकाका सम्पादक कुमार पोखरेल, आसाम गोर्खा छात्र संघका गोपी छेत्री र माधव काफ्ले, सम्वाददाता श्री खिलानाथ शर्मा, मनोरथ शर्मा, मोहन रेग्मी, अञ्जली राजकुमारी, सेङगामा लाब्राम, शरद गोगई, अतुल चन्द्र शर्मा, बिराटनगर नेपालबाट आउनु भएका साहित्यकार भरतप्रसाद गुरागाईं ‘वर्वरिक’,  रोहितकुमार धिताल “रोहिणी रसिक,” शिवनारायण पण्डित “सिंगल”, “प्रिन्स” प्रमोदकुमार ढकाल, काठमाडौंबाट सन्तोष अम्गाईँ र मदन भण्डारी लगायत धेरै विशिष्ट अतिथिगणहरूले मञ्च खचाखच भरिएको थियो । ज्ञातव्य रहोस् सन् 1948 मा यहीँबाट नरसिंह थापाले “हिमाद्री” नामक नेपाली पत्रिका प्रकाशित गरेका थिए ।

उदघोषक श्री थानुराम शर्माले कार्यक्रमलाई अघिबढाउँदै यस ऐतिहासिक  कार्यक्रमको शुभोपलक्षमा हुनगइरहेका चौधवटा पुस्तक लोकार्पणको सङ्क्षिप्त जानकारी दिनु भएपछि क्रमशः सम्पादकद्वय र प्रकाशकद्वयद्वारा सम्पादित र प्रकाशित “वरपिपल”  रम्बास  कवितासङ्ग्रह, “अनलाइन साहित्य  र भारतेली  स्रष्टार्वार्ता” जसलाई साहित्यकार दीपक सुवेदीले अन्तर्वार्ता सङ्ग्रह तयार गर्नु भएको थियो, यसरी नै रेवतीरमण सापकोटाको “वनस्पति कथा-यात्रा” देवीचरण सेढाईंको “शब्द र स्वर” गजलसङ्ग्रह, पुरुषोत्तम उपाध्याय दाहालको “पातको फिरफिरे”, अर्जुन उप्रेतीको “घुम्तीमा नआउ है” हिन्दीमा “मा और  मेरे तराने”, डा . शुक्रराज दियालीको “मुखाकृत भूगोल” र कालुसिंह रनपहेंलीको “च्यातिएका पृष्ठ ” (विछिन्न पृष्ठाबोर) जसलाई भीम धमालाले असमीया भाषामा अनुवाद गर्नुभएको थियो, आदि कृतिहरूको विधिवत् विमोचन  गरिएको थियो ।

कार्यक्रमको अर्को चरणमा मिलन बोहोराले आफ्नो अभिभाषणमा रम्बास  कविता,  यसको थालनी, महत्त्व र ऐतिहासिक कार्यक्रमको आयोजनामाथि  प्रकाश पार्नुहुँदै भन्नुभयो यो उपविधा उत्तरआधुनिक कालमा प्रयोगवादको फल हो। एकल स्वरचित रम्बास कवितासङ्ग्रह  प्रकाशित गर्ने चारजना स्रष्टाहरू,  “तिलस्मी” की स्वयं, “कलनाथ” का सर्जक डा. जगन्नाथ उपाध्याय,  “शालीग्राम” का गिरिधारी उपाध्याय लगायत  “सयपत्री” का रचयिता अर्जुन उप्रेतीलाई अभिनन्दन गरिएको थियो भने नेपालबाट पाल्नुभएका समालोचक, समीक्षक तथा साहित्यकार दीपक सुवेदीलाई आफ्नो कृतिमा ओजस्वी भूमिका लेखिदिनु भएर  कृतिको गरिमा बढाइदिनु भएकोमा “तिलस्मी” की सर्जक अनि जनपक्ष  प्रकाशनका तर्फबाट स्वयंले अभिनन्दन जनाएर रम्बास कविता साहित्य र यसको महत्त्वबारे प्रकाश पार्ने  छोटो सौभाग्य  प्राप्त भएको थियो ।

श्री दीपक सुवेदीले आफ्नो वक्तव्यमा   “साहित्य,  साहित्यकार, रम्बास,  मुक्तक, गद्यकविता, छन्दोबद्ध कविता र लेखनकलामा हुनपर्ने इमानदारिता र महत्त्वमाथि विहङ्गम चर्चा गर्नु भएको थियो । साहित्य समाजका निम्ति लेखिनुपर्छ, साहित्यले आम पाठकको मन जित्न सक्नुपर्दछ । क्लिष्ट भएर मात्र  साहित्य हुन्छ भन्ने कुरा भ्रम हो । हाम्रो नेपाली भाषा-साहित्यमा पनि विभिन्न वादहरू आएका छन्, तेस्रो आयाम, लीलालेखन, उत्तरआधुनिकतावाद आदि ।” उहाँले भाषा र साहित्यमाथि राख्नु भएको मन्तव्य गहन र शोधार्थीहरूका निम्ति दिग्दर्शनको काम गरेको छ जो विस्तारपूर्वक कहीँ कतै उल्लेख गरिने छ । दार्जीलिङबाट जानु भएका वरिष्ठ  साहित्यकार डा. शुक्रराज दियालीले आफ्नो सारगर्भित वक्तव्य राख्दै “नेपाली रम्बास कविता कहाँबाट शुरु भयो ?  भनेर विद्यार्थी तथा अध्येताहरूले प्रश्न गरेका खण्डमा निर्धक्क आसामबाट शुरू भएको हो भनेर जानकारी दिन पर्ने छ,” भन्नुहुँदै रम्बास कविताको थालनी, यसको महत्त्व, नेपाली भाषा-साहित्यमा आसामको योगदानसित सम्बन्धित तथ्यहरू विस्तृत रूपमा प्रकाश पार्नुभएको थियो । सोही दिनको साँझमा उक्त कार्यक्रममा आउनुहुने सबै अतिथिहरूबाट स्वर्गीय हरिभक्त कटुवाल बसेर साहित्यिक कामहरू गर्नुभएको घरमा (ज्ञातव्य रहोस् : –  स्वर्गीय हरिभक्त कटुवालको वास्तविक घर चाहिँ मार्गेरिटा, पेङग्री हो) गएर उहाँको सम्झनामा बत्ती बालेर श्रद्धाञ्जलि अर्पण गरिएको थियो

कार्यक्रमको दोस्रो दिन श्री अनुप शर्मारचित मुक्तक “प्रतीक्षा” को लोकार्पण गरिएपछि स्थानीय लोकप्रिय कलाकारहरूद्वारा प्रस्तुत गरिएका विभिन्न सांस्कृतिक रङ्गारङ कार्यक्रमहरू हेरिरहुँजस्ता मात्र  नभएर स्तरीय पनि थिए। नृत्य शिल्पकार मनजीत गजुरेल र अञ्जली दुलालहरूको कलाकारिता सबैको मन छुन सफल भएको थियो ।  नेपाल र भारतबीच मैत्री सम्बन्ध गाढा भएर रहनुपर्दछ भन्ने भावनाले ओतप्रोत मौन नाटक प्रस्तुत गरेर भरत गुरागाईं र उनका सहयोगीहरूले उपस्थित साहित्यकारहरूलाई मन्त्रमुग्ध पारेका थिए ।

मुक्तक तथा कविताहरू वाचन गरिसकेपछि भविष्यमा गरिनुपर्ने  विभिन्न कार्यक्रमका बारेमा छलफल गरियो  भने संस्थाले स्वर्गीय हरिभक्त कटुवालको शालीग निर्माण गर्ने अहम् फैसला लिएर संस्थाबाट आफूले गर्नुपर्ने काम र नियमहरूलाई प्रकाश पार्दै घोषणापत्र सार्वजनिक गरिएको छ । आशा साँचेका छौं उक्त घोषणापत्रमा भएका सबै घोषणाहरूसहित ऐतिहासिक फैसलाहरू अविलम्ब पूरा हुने छन् ।

विभिन्न प्रान्तबाट आउनुभएका साहित्यकारहरू दोस्रो दिनको कार्यक्रम सकेर आफ्नो व्यस्तताका कारण फर्किने क्रममा हुनुहुन्थ्यो भने  25 अप्रेलका दिन हामी चाहिँ कुनै समय अङ्ग्रेजका स्टीलवेलले जापानलाई हराउन बनाएको “स्टीलवेल रोड”  हुँदै पाङसाउ पासको अटव्य जङ्गलबाट “लेक अफ् नो रिटर्न” बाट बर्मेलीहरूको अत्याचारदेखि बाँचेर हाम्रा थुप्रै बर्मेली पुर्खाहरू मान्डला, टमु, मच्चिना (मिट्चिना), रङगुनबाट यहाँ आएर बसोबासो गरेका थिए । मलाई जहाँसम्म थाहा छ हाम्रा वरिष्ठ  समालोचक, विद्वान् साहित्यकार तथा भारतीय नेपाली/गोर्खा जातिमा बङ्गालको उच्च न्यायालय (हाइकोर्ट) का सम्माजनक मुख्य न्यायाधीश जस्तो गरिमामय पदमा पुग्ने पहिलो नेपाली/गोर्खा जातिका व्यक्तित्व  स्वर्गीय रामकृष्ण शर्मा पनि बर्माबाट यही बाटो आएर केही समय जागुनमा बसेर मात्र आफ्नो कर्मथलो कालिम्पोङ बनाएका थिए, यस्तो ऐतिहासिक ठाउँ जान, दर्शन गर्न र घुम्न पाउने सुवर्णअवसर नगुमाउने अठोट र विश्वास लिएर दोस्रो विश्व युद्धमा शहीद बनेका शहीद वेदीहरूमा श्रद्धाञ्जलि र पुष्पाञ्जलि अर्पण गर्न बर्मा सीमानामा पुगेका थियौं । यति टाढाबाट आउनु भएका अतिथि अथवा पाहुना भनेर सीमानामा आफ्नो प्राणको बाजी लगाएर खटिरहेका हाम्रा वीर जवानहरूको आतिथ्यता स्वीकार्दै दिवाभोज गर्न पाएर हामीले स्वयंलाई भाग्यशाली ठानेका थियौं । यस्तो अवसर दिलाउने स्वयं सेवानिवृत्त वरिष्ठ सेनाअधिकारी खडानन्द शर्मा दुलाल हुनुहुन्छ । यस ऐतिहासिक ठाउँमा पुगेर आफ्ना स्वरचित मुक्तक वाचन गर्ने र फोटो सेसनको पनि समय उबारेका थियौं ।

अप्रिल  26 तारिखका दिन अरूणाचल प्रदेशस्थित पवित्र तीर्थस्थल विष्णु भगवानका दश अवतारमध्ये छैटौं अवतार मानिने एक ऋषि, भृगुवंशी जमदग्निका पुत्र ब्राह्मण राजा परशुरामको पवित्रकुण्ड पुगेर कुम्भस्नान र पूजाअर्चना  गरिसकेपछि हामीले हाम्रो तीर्थयात्रा एवं साहित्यिकयात्रा अत्यन्त सारगर्भित र सफलीभूत भएको अनुभूत गर्दै कार्यक्रमका आयोजकवर्गहरूमा हृदयबाट आभार धन्यवाद ज्ञापन चढाउँदछौं ।

नेपाल, सिक्किम, दार्जीलिङ, डुवर्स, आसामको पनि कुनाकुनाबाट आउनुभएका सबै विशिष्ट अतिथि साहित्यकारका निम्ति अति आदरणीय श्री खडानन्द दुलाल दाज्यू, भाउज्यू श्रीमती दीपा दुलाल, छोरा करण दुलाल तथा बुहारी श्रीमती अञ्जली दुलाल तथा  परिवारबाट जुन पारिवारिक सान्निध्यता हामी सबैले पाएका थियौं, कसैले पनि लख काट्न सक्दैन थियो कि यहाँ आउनु भएका पाहुना हुन्, अतिथि हुन् अथवा केही दिनका निमित्त  पाहुना भएर आएका हुन् ! कुनै समय पनि उहाँहरूको शरीरमा थकान  देखिएन । यस्तो ऐतिहासिक, अवर्णनीय र स्मरणीय साहित्यिक तीर्थयात्राको  वर्णन यस छोटो संस्मरणमा सविस्तार उल्लेख गर्न सकिने छैन, भविष्यमा प्रकाश पारिने मन बनाएकी छु । उहाँहरू सधैँ पूजनीय भएर सम्झनामा रहनुभएको छ ।

सत्ताईस तारिख बिहान हामी फर्कनेक्रमको दृश्य हेर्न लायकको थियो, सबैका आँखा अश्रुपूर्ण थिए । बयानब्बे वर्षीय तीर्थ पिताश्री नारायण दुलालका करकमलबाट निधारमा लगाइएका राता अक्षता र पाइएको आशीर्वाद अमूल्य र अतुलनीय थियो । उहाँको सुस्वास्थ्य र दीर्घायुको कामना राख्दै पुनः उहाँहरूको दर्शन गर्न जाने अठोट लिएर आफ्नो घरतिर फर्कने गन्तव्य यात्रालाई पुनः शुरू गर्दछौं । रेलमा पनि तीनै अविस्मरणीय पलहरूको याद आइरह्यो, अझै यादमा रहिरहनेछन् ।

जयतु नेपाली भाषा !!

लेखक परिचय
 श
 गीताश्री शर्मा
प्रतिक्रिया
Loading...