पशुपतिनाथको पछाडि श्लेश्मान्तक पशुवनॉ मनॉ आएका कुरा गर्न पशु लोकतन्त्रा बिषयक गोष्ठियाँ सम्पूर्ण पशुहरु पराधिन अधिनका साथ पधारिए ।

बाघले भन्यो, “हामी बाघ, भालु, बाँदर, स्याल, ब्वाँसो, हरिण, चित्तल, वनगाई, वनभैँसी, हात्ती, जङ्गली बँदेल, खरायो, जङ्गली बाख्रा, दुम्सी, जङ्गल, ठूला-ठूला रूख लहरा, पहरा छहरा, सबै हाम्रा लोकतन्त्रा संवाहक हुन् । त्यहाँभित्र, कीरा-फटयाङ्रा, चरा-चुरुङ्गी, साँप, धामिन, अजिङ्गर, झारपात पनि छन् । आज हामी पशुहरूको ऐतिहासिक भेला पनि हो । भेलामा ‘लोकतन्त्रमा झेला’ विषयक गोष्ठी भइरहेको छ । त्यसैले सबै पशुहरुले एकै स्वरमा भन – पशु लोकतन्त्र जिन्दाबाद !”

सबैले भने, “पशु लोकतन्त्र जिन्दावाद ! जिन्दाबाद !! जिन्दावाद !!!”

बाघले थप्यो, “हामी लोकतन्त्रका सेनानी हौ । हामीले जङ्गलमा लोकतन्त्र ल्याउन ठूलो बलिदान गर्याछौँ । हाम्रा बाउले ठूलो बलिदान दिएकैले अहिले हामीलाई फलीफाप भएको हो । हाम्रो हजुरबाउको त कुरै नअरम् । लोकतन्त्रका सेनानी, नायक, लोकतन्त्रका वाहक भनेकै हामी जस्तै डाम्ना, बलियाबाँगा हुन् । नाङ्गा भनेका त रूख हुन्, जङ्गल हुन्, जुन जनता जनार्दन जस्ता हुन्छन् । ती जङ्गलका अगाडि जङ्गलराजका कानून हामीले लागु गर्दा पनि मौन हुन्छन् । लोकतन्त्रमा मौन हुनु भनेकै समझदार हुनु हो । समझदार हुनुभनेकै लोकतन्त्रका मूल्य र मान्यतामा बस्नु हो । जङ्गलकै अगाडि हामी डाम्ना, आफ्नो आहारा जङ्गलकै सहारामा लिने प्राणीले जे गर्दा पनि ती जङ्गलहरु चुप लागेर आफ्नै स्थानमा उभिइरहन्छन् । कहिलेकाहीँ हावाको झोक्काँ प्वाक्क हल्लिए पनि हाम्रो लोकतन्त्रको सहमती मुन्टो हल्लाई हल्लाई जङ्गली पात्रले सत्ता-धर्मको मर्म बुझी ताली पड्काउँछन् ।”

भालुले थप्यो, “यहाँ को फुस्फुसाइ रहेको छ हँ ? यहाँ कसले कानमा खासखुस बास्या छ ? यस्तो भयो भने लोकतन्त्रको खिल्ली उडाएको हुन्छ । हामी यो हुन कदापी दिन्नौँ । हाम्रो धर्म भनेकै लोकतन्त्रलाई जोगाइराख्नु हो । हामी ताकतवर यानेकि बलियाबाङ्गा जनावरहरू लोकतन्त्रलाई जोगाउन लागि जुनसुकै हदमा उत्रिन सक्छौँ । हाम्रो विरोध गर्ने होइन नि, मैले राम्रोसँग भन्द्याछु । फेरि मान्छेले लोकतन्त्र जोगाउन भन्दै जनता जनार्दनलाई ठीक पार्न पुलिस, सेना र गुण्डा लगाएर ठोक्या झैँ ठोकदिम्लानी फेरि ! हेरिरहने होइन।”

भालुले आफ्नो कुरा नसक्दै बँदेल बोल्यो, “जसरी हामीले जति खोस्रिए पनि पृथ्वी आमा शान्त र धैर्य भएर लडिरहन्छिन्, जसरी हामीले जङ्गलमा रूख, पात, लहरा, पहरा र छहरामा जति ठोक्किए पनि, दलिए पनि उनीहरू लोकतन्त्रका मूल्य र मान्यतमा धैर्य भएर बसेका छन्; त्यसरी नै शान्त र धैर्य भएर बस्नु नै लोकतन्त्रलाई शिरोधार्य गर्नु हो । मानव जातिले पनि त्यही गर्छन् भन्ने थाहा छैन तिमीहरूलाई ? ”

बँदेलको भाषण पूरा हुन नपाउँदै हात्तीले सुँड तेर्साउँदै भन्यो, “जसरी हामीले जङ्गलमा जङ्गली राज चलाउँछौँ, त्यसैगरी यो जङ्गली राज्यलाई लोकतन्त्र हो भन्ने मान्यता बोक्नु । तिमी ससाना जनावरहरु पशुपंक्षी, चराचुरुङ्गी, लहरा, पहरा, छहरा, डाँडाकाँडा र जङ्गलहरु फाँड्दै र माड्दै हिड्यौँ भने पनि यो लोकतन्त्रको सक्कली रुप हो भन्ने ठान्नु । हामी शक्त्तिशाली जनावरहरूले घाँसपात, लहरा, पहरा, छहरा उत्पादन हुने चिजबिजहरू खाँदै हिँड्यौ भने पनि यो लोकतन्त्रकै नियमभित्रको रीत हो भन्ने ठान्नु । किनभने लोकतन्त्र भनेकै ठूलावडा तथा शक्त्तिशाली जनावरहरूको दाइजो हो । उनीहरूले तिमीहरूजस्ता निरिह जनावर तथा पशुपंक्षिलाई दिएको बक्सिस् नै लोकतन्त्रको प्रसाद मान्नु । जसरी मानव जातिमा पनि राजा-महाराजाले, मन्त्री, प्रधानमन्त्री तथा राष्ट्राध्यक्षले दिएर मात्रै लोकतन्त्र जनता जनार्जनले पाउने हुन् । यहाँ पनि हामीले दिए मात्रै तिमी निरिह प्राणीले पाउने हौ । तिमीहरू निरिह प्राणीको कामै हाम्रो जयजयकार गर्ने हो । ताली पड्काउने र हाम्रो डिनर, ब्रेकफास्ट, लञ्चको जिम्मामा जीवन उत्सर्ग गर्ने हो । त्यसका लागि हाम्रा लोकतन्त्रका वाहकहरू वाघ, चितुवा, स्याल, व्वाँसा, अजिंगिरलगायतका किसिम किसिमका जनावरहरू जङ्गली राज गर्ने पशु लोकतन्त्रका संवाहक छन् । उनीहरू यो लोकतन्त्रको जङ्गला मानव जातिका पुलिस, प्रशासन र नेताका गाडी नाकाबन्दीमा पनि जसरी हरेक दिन रबाफका साथ कानुनी गाडीमा राखेर दगुर्छन् । यो कुरोलाई तिमीहरूले कहिल्यै भुल्नु हुन्न |”

हात्तीले बोल्दै गर्दा स्यालले चिच्याएर भन्यो, “हाम्रो जङ्गली लोकतन्त्रमा पशु लोकतन्त्रका नाममा कत्रो शान छ ? यहाँ दिनदहाडै साना तथा निरिह पशुहरूले प्रतिक्रिया गर्दैनन् । उल्टो लोकतन्त्रका खातिर रमाई-रमाई जीवन उत्सर्ग गर्छन् । रूख, लहराहरू आफ्नै तालमा नाचिरहन्छन् । चराचुरुङ्गीहरू आफ्नै भाकामा गाइरहन्छन् । नदीनाला र छहरीहरू आफ्नै तालमा दौडिरहन्छन् । पहाड, पहराहरू, ढुङ्गा तथा मुडाहरू आफ्नै स्थानमा अडिरहन्छन् । तब न हाम्रो लोकतन्त्रले एउटा ऐतिहासिक समयको कालखण्डमा पनि अडिग र निर्भीक भएर लोकतन्त्रको अण्डा दिइरहेको छ । त्यसैले जसरी मानव जातिका ठूलावडा अफिसरका गाडी, मन्त्री तथा प्रधानमन्त्री, प्रधानसेनापती, प्रधानन्यायधीशका गाडी सहरमा लोकतन्त्रको आभाष बुझ्न लोकतन्त्रको पोको बोकेर कामसँगै दाम फत्ते गर्ने होडमा बोर्ड झुण्ड्याइन्छन्; त्यसरी नै हाम्रा बाघ राजा, हात्ती राजा, व्वाँसा, भालु, अजिङ्गरहरूले पनि निर्धक्कसँग लोकतन्त्रको स्थायीत्वका लागि जङ्गलमा मङ्गल गर्न सवार भइरहन्छन् ।”

स्यालले बोल्दाबोल्दै चितुवाले स्याललाई धम्काएर “चुप लाग्” भन्यो । र, आफू थाल्यो, “हामी पशुहरूको माझमा पशु लोकतन्त्रले एउटा ऐतिहासिक कालखण्ड पार गरेर हाम्रो मन जितिरहेको छ । जसरी मानव समुदायले पनि जनता जर्नाजनलाई घरघरमा टिभी, रेडियो, साइकल, मोटरसाइकल, गाडी तथा विभिन्न भुलाउने कार्यक्रम ल्याई जुवा-तास, सुरा-सुन्दरी, रक्सी र रक्सीका भट्टी खोल्ने छुट दिएका छन्; हाम्रो रूख र जङ्गलले आकाश हेर्दै हावाको झोक्काँ प्वाक्क लाटो भएर तेर्सिए झैँ पशु लोकतन्त्रले पनि सबैलाई मस्त बनाई ठूला तथा शक्त्तिशाली महाशयलाई घुमाइरहेकै छ । यो त संसारकै लोकतन्त्रको नियम हो । त्यसैले सबैले एकै स्वरमा भन, “पशु लोकतन्त्र जिन्दाबाद !”

सबैले एकै स्वरमा भने, “पशु लोकतन्त्र, जीन्दाबाद ! जिन्दाबाद !! जिन्दाबाद !!!”