जीवन मृत्युबारे धेरै कुरा पढ्न सुन्न पाइन्छन् तर जति अध्ययन गरे पनि जति बुझे पनि अपूरै हुँदो रहेछ कुनै विषय अपूर्ण नै हुन्छ भने त्यसमा धेरै घोत्लिनु पनि आवश्यक छैन जीवनबारे मानिसका फरक फरक धारणा देखिन्छन् पढेकाले धेरै जान्ने नपढेकाले नजान्ने भन्ने कुरो पनि हुँदो रहेनछ मेरी दिदी विल्कुल निरक्षर तर भित्रै देखि अक्षर बुझ्ने जान्न सक्ने उहाँ धेरै कुरा गहन रुपमा बुझ्नु हुन्थ्यो अरूलाई सिकाउनु पनि हुन्थ्यो एक पटक मलाई भन्नु भयो – ‘जीवन भनेको केही रहेनछ कान्छा यी शब्दले जहिले पनि खट्किरहन्छु मनमा केही कुरा खेलाउँदा साँच्चीकै दिदीले भनेका कुरा ठीक लाग्दछन् जब मानिसलाई आफ्नो आयु घट्दै गएको लाग्दो रहेछ तब जीवनबारे धेरै कुरो बुझेको जस्तो हुँदो रहेछ धन सम्पत्ति, नातागोता, अंशवंश, रगत आदि कुरा एकातिर पन्छाउने हो भने जीवन भनेको केही पनि होइन   मानिस रित्तै आउने रित्तै जाने भएपछि जीवन पनि रित्तो भाँडो जस्तो होइन ?

आफ्नो जन्मथलो जति प्रिय भए पनि छोड्नुपर्दो रहेछ आफूलाई जन्म दिने बा आमालाई पनि छोड्नैपर्दो रहेछ यस्ता कुरा धेरै आउँछन् जान्छन् स्वाभाविक पनि हुन्छन्  तर, कतिपय कुराहरू मनबाट हटाउन सकिँदो रहेनछ जीवनमा कति धेरै कुराहरू हुन्छन् ती सबै व्यक्त गर्न पनि सकिँदो रहेनछ आफूसँगै घाटमा लिएर जानुपर्दो रहेछ कतिपय कुरा कसैले सुनिदिए मात्र पनि मरुभूमिमा ऊँटले पानी खान पाए सरह हुँदो रहेछ मैले लेखेकोयथार्थपुस्तक दिदीले पढ्न लगाउनु भएछ आफूले राम्रोसँग सुन्नुभएछ सुन्दा सुन्दा दिदी धुरुधुरु रुनुभएछ पछि सुमित्रा भान्जिले मामा तपाइँले लेख्नु भएको पुस्तक मैले पढेर सुनाउँदा आमा क्वाँ क्वाँ गरेर रुनुभयो भनिन् मलाई लाग्यो मेरी दिदी निरक्षर भए पनि कति सारोअरूको संवेदनशीलता बुझ्न सक्ने जस्तो लाग्यो पछि यो विषयमा दिदीले कोट्याउनु भयो मैले मैले कोट्याएको भए दिदी झनै रुनु हुन्थ्यो धन्न मैले त्यो किताबको बारेमा कुरो गरिनँ

जीवन भनेको केही रहेनछ कान्छा भनेका दिदीका कुराले मलाई धेरै ज्ञान दियो अहिले पनि तिनै शब्दहरू आधार बनिरहेका छन् अहिले त्यसो भन्ने ती टीका दिदी पनि यस धर्तीबाट बिदा लिइसक्नुभयो अब कसले सिकाउला मलाई त्यस्ता कुरा ?

केही समयका लागि मैले आफ्नो देश छोड्दै गर्दा दिदीसँग भेट भएको थियो छोटो समयमा धेरै गन्थन भए सायद पछि कुरा गर्न पाउँदिन भनेर होला धेरै कुरा बेलीबिस्तार गर्नुभयो शरीर हृष्टपुष्ट देखिन्थ्यो तर, कुरा गर्दै जाँदा आफ्नो आयु छोटिएको जस्तो गर्नुहुन्थ्यो त्यसैले जीवनका सुख दुःखका कुरा धेरै गर्नुभयो जीवनबारे मैले पनि केही जान्ने मौका पाएँ जीवनमा धेरै दुःख गरेका विषय कोट्याउनुभयो जति दुःख गरेपनि दुःख भए जस्तो कहिल्यै लागेन भन्नु भएको थियो किन लागेन दिदी भनेर मैले प्रश्न गर्दा तँलाई थाहा छैनदुःख गर्नु भनेको सुखका लागि हो अहिले मलाई कति सुख कुनै चिजको अभाव छैन सबैको राम्रो तर, कहिलेकाहीँ कसैले केही भन्दा गर्दा भने अझै पनि सम्झिएर चित्त दुख्दो रहेछ

जीवन दुःख हो भनेको सुनेको थिएँ दु:खै हो भने किन दुःख नगर्ने भनेर अहोरात परिश्रम गरेँ दुःख गरेँ परिश्रमको कमाई खोज्न मन लागेन यसैमा अहिलेसम्म सन्तुष्ट भएर बाँचिरहेकी छु दुःख गरेर पनि सधैँ आफ्नो हात माथि पार्ने काम गरेँ तल कहिल्यै पारिन कहिले कहिले आफ्नो हात तल पार्न पनि मन लाग्दो रहेछ त्यसबेला कसैले रिसाएको टेडो आँखाले हेर्दा सारै मन दुख्दो रहेछ तर किन्चित मलाई अन्यथा लागेन अनि लाग्थ्यो जीवन भनेको यस्तै पो रहेछ

कान्छा ! अब तिमीहरू पनि छोडेर जाने भइहाल्यौ तिमीहरू थियौ छन् भन्ने लाग्दथ्यो तिमीहरू नभए पछि ……भन्दै धेरै कुरा नभनेर बाँकि नै राख्नु भयो दिदीले त्यसो भन्दै गर्दा दिदीका आँखा दुई ठुला पोखरीमा पानी टिलपिल गरेका जस्ता देखिन्थे आँसु झर्न सकेनन्, त्यसै दबिए यो दृश्यले मलाई भावुक बनायो पनि रुन नसकेर दिदीले नदेख्ने गरी आँखाभरी आँसु लिएर आफ्नो कोठातिर लागेँ

भोलीपल्ट प्लेनको लामो यात्रा थियो मेरो प्लेनभित्र पनि दिदीले भनेका कुरा मैले बिर्सन सकिनँ आँसुले भरिएका आँखा मनभित्र देखी नै रहेँ हटाउन सकिनँ गन्तव्यमा पुगेपछि पनि झट्ट झट्ट सम्झिँदा के गरूँ के गरूँ हुन्थेँ जे भए पनि दिदीसँग भेट हुँदा यसरी नै कुरा गर्नेछु भन्ने लागेको थियो अब त्यो पनि रहेन

केही समयको मुलुकबाहिरको बसाइ पछि पुनः आफ्नै देश फर्किएँ दिदीसँग दुःख सुखका कुरा भई नै रहन्थे दिदीले मलाई विशेष ख्याल पनि गर्नुहुन्थ्यो, किनभने सबभन्दा सानो त्यसमा पनि गर्भे भाइ थिएँ कान्छा ! तैँले बा देख्न पाइनस् बा भन्ने शब्द तैँले कहिल्यै पनि बोल्न पाइनस् हामी दिदीहरू बिहे गरेरअरूकै घरमा गइहाल्यौँ एउटी विधवा आमाले तेरो हेरविचार गर्ने कि चारोको व्यवस्था गर्ने ? लाग्छ आमाको काख पनि तेरो लागि बिरानो भयो कहिले कहिले लाग्छ तैँले पनि राम्रो भाग्य लिएर आएको रहिनछस् बेला बेलामा दिदीसँग भेट हुँदा यस्ता यस्तै दुःखका कुरा हुन्थे

अनायास  सखारै जेठो भान्जाको फोन आउँछ मामा ! अब आमा हामीबीच रहनुभएन मलाई विश्वास भएन तर यो सत्य नै थियो किनभने संसारमा सत्य भनेको नै मृत्यु हो त्यो फोन मेरो जीवन निर्माण गर्ने एउटा बलियो तार थियो त्यो नै चुँडिएर गएपछि मेरो हृदयको एउटा बलियो तार चुँडियो मुटु चलाउने बाँकि एउटा तार थियो त्यो नै चुँडिएर गएपछि अब‌ मेरो लागि के पो रह्यो भन्ने कुरा मेरो अन्तरमनले औँल्यायो जन्म दिने बालाई देख्न पाइनँ आमाले पनि छोडेर जानुभयो बाँकि रहेकी एउटी दिदीले पनि सधैँका लागि छोडेर जानुभयो त्यसैले अब बेला बेलामा यस्तै हो जीवन कान्छा भन्ने पनि कोही भएनन्

बेलुकी घाटबाट फर्किन्छु अनि कल्पना गर्छु पशुपतिको त्यो ठूलो कालो आगोको मुस्लोले मेरी दिदीलाई कहाँ लग्यो होला चिताको तातो ढुंगामा पानी खन्याउँदा निस्किएको तातो  बाफले मेरी दिदीलाई कहाँ पुर्यायो होलाचिताको वरिपरि बाँकी रहेका केही अंश पनि नदीमा बगाइदिएर अब उनको यस धर्तीमा केही पनि बाँकी रहेन । लाग्छ मेरी दिदीको पहिचानको रुपमा रहेको एउटा सानो कागजको चिर्पटो जन्म कुण्डली पनि त्यही आगोले खायो होला अब उहाँको नाममा कुनै पनि प्रमाण हुँदैनन् यसरी आज मेरी दिदीको यो धर्तीबाट पहिचान हराएको

लाग्छ मडारिएको आगोको मुस्लोले उहाँको आत्मालाई माथि आकाशमा देखिने बादलमा मिसाइदियो होला कुनै दिन त्यो वायुले आँतै रसाएर आउने कुनै दिन त्यो बादलले पानी बर्साएर सबैलाई खुसी बनाइदिनेछ कुनै प्रचण्ड गर्मीको दिन त्यही बादलले सरर्र शीतलता दिनेछ यसरी कहिले बादल, कहिले पानी कहिले हावा आउँदा लाग्छ मेरी दिदीले यो धर्तीलाई सम्झेर यो सन्देश पठाएकि होलिन्

दिदीको नब्बे वर्षको जीवनले के के देख्यो होला ? के के अनुभव गर्यो होला ? कति दुःख गर्यो होला ? बालक मै जन्मथलो छोड्नुपर्दा कति पीडा भयो होला ? त्यसको के लेखाजोखा गर्नु दिदी भन्नु हुन्थ्यो– ‘बालबच्चा हुर्काउन पढाउन पनि कति दुःख हुँदो रहेछ कान्छा जीवन भनेको दु:खै दुःख पो रहेछ , अरू केही रहेनछ दु:खै दुःखले बनेको जीवन एउटा ठूलो पहाड पो रहेछ   जीवनले कहिल्यै सुख देख्दो रहेनछ त्यसकारण सुखको अनुभव कहिल्यै भएन दुःखलाई नै सुख सम्झिएर सन्तुष्ट हुनुपर्दो रहेछ कान्छा 

हो्, निश्चय नै हो अब मलाई कान्छा भनेर मायालु शब्दले बोलाउने यो धर्तीमा कोही रहेनन् एउटी दिदी थिइन् । उनले पनि सदाको लागि छोडेर गइन्

जन्मथलो कर्मथलो छोड्दा पनि उहाँलाई मृत्युले छोडेन कति निष्ठुर रहेछ यो मृत्यु पनि कुनै नयाँ ठाउँमा बस्दा पनि खोजी खोजी लग्यो मेरी दिदीलाई अब त मलाई कान्छा भनेर बोलाउने पनि कोही छैनन् एउटी तिमी थियौ तिमी पनि गयौ तिहारमा मलाई टीका लगाइदिने तिमी टीकाको हातले मेरो खाली निधार खोजिरहेको हुन्छ अब मेरो निधार सधैँको लागि खाली नै हुने भयो मृत्युको अघि कसको पो के लाग्दो रहेछ ? दिदीले पछिल्लो समयमा भनेको वाक्य अहिले पनि आइरहन्छन् – “जीवन भनेको यस्तै पो रहेछ कान्छा !”