
मृगनयनी दृष्टिविहीन पात्रको कथा हो । एक प्राञ्जल नामका लेखक हुन्छन्, जसले आफ्नो उपन्यास मृगनयनीमा दृष्टिविहीनहरूको जीवनमा रङ्ग भर्न खोज्छन्, र सहानुभूति प्रकट गर्छन् ।
विषय प्रवेश :
कथाकार महेश पौड्यालको नवीनतम कथासङ्ग्रह हो ‘अपरिचित अनुहार’। यसअघि उनको ‘त्यसपछि फुलेन गोदावरी’ कथासङ्ग्रह प्रकाशित छ। ‘अपरिचित अनुहार’ कथासङ्ग्रह हो। ‘अपरिचित अनुहार’ नेपाली समाजभित्र रहेका त्यस्ता पात्रहरूको कथा हो, जसलाई कसैले देखेकै छैनन्, चिनेकै छैनन् तैपनि ती पात्र यो समाजका महत्त्वपूर्ण पाटो हुन् ।

याेजना गाैतम
कथाहरूमा चोखो प्रेमदेखि वैदेशिक रोजगारीको अर्थ, सामाजिक प्रभाव, शरणार्थीका समस्या, अपाङ्गताका लघुताभास, सहरको आकर्षण, पारिवारिक विछोडको पीडा, पर्यावरण विनाशको चिन्ता आदि विविध विषयवस्तुका कथा समेटिएका छन् । १५३ पृष्ठको किताबमा १८ वटा कथा समेटिएका छन् । सरल भाषा, सबै उमेर समूहकाले पठनयोग्य, सबैले बुझ्न सक्ने, सुरूदेखि अन्त्यसम्म पाठकलाई चुम्बकले फलाम तानेजस्तै तानिरहने, पढ्दै जाँदा कहीँ हसाउने त कहीँ रुवाउने, समकालीन समाजका मानिसहरूले भोगेका समस्याहरू, विदेश पलायनले समकालीन समाज र संस्कृतिमा पारेको कुरूप प्रभावजस्ता संवेदनशील विषयलाई सरल ढङ्गले कथामा खिप्नु कथाकारको विशिष्ट कला र साहित्यिक चेतको उपज हो ।
विषयवस्तु :
पहिलो कथा ‘बार्दलीको एउटा अनुहार’ शीर्षक कथामा यस पाठमा गाडीका चालक र सहचालक उभिएका छन् । चालकमा स्वार्थीपन, त्यसपछि सहचालक इमानदारी र निस्वार्थको रुपमा प्रस्तुत गरिएको छ । शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिहरूप्रति समाजको दृष्टिकोण सार्वजनिक गर्न सकिन्छ र मनको शुद्धता परीक्षण गरिन्छ । लेखकको आदर्शवादी विचार करुणिक जवाफमा झल्किन्छ। “ड्राइभरको भर पर्नुहुन्न, यिनको विश्वास गर्नुहुन्न, यी राम्रा मान्छे होइनन् । “समाजमा हामीले गाडी चलाउने मान्छेलाई कस्तो नजरले हेर्छौँ र हामीले त्यस्तो सोच्नु हुँदैन र गलत सोच छ, भन्दै सहचालक र चालकको कथा देखाइएको छ। “मनेले घर, बाआमा, समाज सबै सम्झियो । तर अन्त्यमा ईश्वर सम्झियो र आफैँलाई धाप दियो “यहाँ सहचालकको निःस्वार्थ भाव प्रस्तुत भएको छ ।
मृगनयनी दृष्टिविहीन पात्रको कथा हो । एक प्राञ्जल नामका लेखक हुन्छन्, जसले आफ्नो उपन्यास मृगनयनीमा दृष्टिविहीनहरूको जीवनमा रङ्ग भर्न खोज्छन्, र सहानुभूति प्रकट गर्छन् । हामी संसारलाई आँखाको सीमितताले मात्र हेर्छौँ। बाहिरी आँखामा उज्यालो नभएको, अन्धो, दृष्टिविहीन पात्रलाई हामी मृगनयनी भनिरहेका छौँ । जुन दिन दूरदर्शीले संसार उज्यालो पार्छ र हामी तथाकथित सभ्य मानिसहरूले पश्चात्ताप गर्छौँ। हामी हाम्रा विचारहरू विश्वव्यापी छन् भन्ने भ्रममा बाँचिरहेका छौँ ।
“हामीलाई यो अवधारणा नै चाहिएको छैन । कहिल्यै नदेखिएको स्वर्ग र नर्कको बयानले तपाईंलाई केही फरक पार्छ र ? हाम्रा लागि त्यो रङ्ग भन्ने कुरो पनि त्यस्तै हो । “आफैले भोगेपछि मात्र थाहा हुन्छ कि शारीरिक र बौद्धिक अपाङ्गता मात्र अपाङ्गता होइनन् वाकविहीन, दृष्टिविहीन, श्रवणविहीन यी सबै अपाङ्गता हुन् ।
“उपहार” कथा जहाँ छिमेकीमा घटिरहेको समवेदना सद्भावनाको बारेमा बताइएको छ । कथाको बालक पात्र आफ्ना बाआमासँगै टाढा गए पनि उसले समाजका मानिसहरूलाई एक आपसमा जोडेर गएको छ । त्यही नै त्यस बालकले दिएको उपहार हो ।
अभिमन्यु अर्थात् रवीन्द्रजङ्ग ठकुरी । डढेल्धुरामा जन्मे, हुर्केको र भारतीय सेनामा भर्ती भएका नेपाली हुन् ।‘अभिमन्यु’ मा युद्धमा घाइते भएपछि भारतीय सेवाबाट अवकाश पाएपछि विक्षिप्त मनोदशामा पुगेको पात्रको वर्णन छ र मान्छेलाई जे मनपर्छ जिन्दगीमा त्यही नै गर्नुपर्छ र आफूलाई जेले खुसी दिन्छ त्यही नै गर्नुपर्छ भन्ने अभिमन्यु कथाको मुख्य सन्देश हो ।
युद्धमै छर्रा लागेर अनुहार हेर्नै नहुने गरी कुरूप भएको एउटा सिपाही अर्थात् मनैदेखिको एक ‘बाबु’ पनि छ जो ससाना नानीहरूसँग मन खोलेरै खेल्न चाहन्छ, तर गाउँका सारा केटाकेटीहरू उसलाई देख्नासाथ तर्सेर भागिहाल्छन् बगर कथामा । मान्छेमा बाहिरी रूपभन्दा पनि दिव्य सुन्दरता हुनुपर्छ । कुरूपताले मानिसको जीवन बगर बन्न सक्छ । पैसा र सुखको परिभाषा कहिल्यै पनि सँगै खोज्न सकिँदैन,भन्ने बगर कथाको मुख्य सन्देश हो ।
डबल पेन्सन” जहाँ डबलको डबल पेन्सन पाएको छ रुद्रले । त्यहाँ दुई मित्र रुद्र र खेम दुई नदी किनारमा बसेर दुई मित्र जीवनका कुरा गर्छन् । शिक्षक कथामा पनि काम गरेर पसिना बगाएर सिमाना पार गरेर सहरमा बस्ने, दोब्बर पेन्सन र आधुनिक जीवन बिताएका मानिसहरूको कथा छ। अहिलेको पुस्ता जीवनको कमाइको आशामा मात्र बाँचिरहेका छन् । समाजको विकासमा विवाद छ । आधुनिकताको नाममा विनाश छ । यो कथाले सबै नेपालीलाई सचेत गराएकाे छ । यो डबल पेन्सन कथामा छिमेकीको महत्त्व कति हुन्छ भन्ने कुरा पनि देखाइएको छ ।
मलाई झट्ट यो कथा पढ्दा ९२ साल नाघिसक्नु भएको मेरो हजुरबुबाको याद आयो । मेरो हजुरबुवा सधैँ भन्रुहुन्छ, “यो सहरमा यदि म मरेँ भनेँ मलामी कोही आउँदैनन्, त्यसैले मलाई मेरो गाउँ नै प्यारो छ ।” त्यसपछि सम्झेँ मेरो हजुरबुवा कहिले पनि यो सहर भन्ने ठाउँमा आउन नमान्नुको कारण ।
मानिसले कस्तो उपलब्धि गर्यो भन्ने कुरा उसले गर्ने व्यवहार र बानीले देखाउँछ। समाजमा कोही मिलनसार, कोही असभ्य, कोही मायालु, कोही झगडालु हुन्छन् । त्यस्तै दुई फरक बानी भएका शुसिल र सङ्ग्रामको कथा हो उपलब्धि । कथाले मानिसक व्यवहारले वातावरणमा पारेको असरका बारेमा बोल्छ ।
‘मन्दिर’ कथाबाट गरेको प्रहार पढेको मान्छेलाई र उसको सिद्धान्त र क्रान्तिलाई जोडदार रूपमा नै हानेको छ ।‘आमा’ पात्र उभ्याएर । मन्दिर आस्थाको धरोहर हो । मानसिकतामा जेले जरा गाडेको छ, त्यो मेटाउन सकिन्न । विरोधी भनिएकाहरूको पनि भित्री मनको इश्वर मरेको हुँदैन । त्यसैले आस्था औषधिभन्दा ठूलो उपचार हो । धर्ममा अडिने मन विलासिता, खानपिन, सुख सुविधामा अडिन सक्दैन । रोग लगाउने पनि मन र सन्चो बनाउने पनि मन । विज्ञानले सन्चो पार्न नसकेको मनलाई मन्दिरले सन्चो पारेको छ । त्यसैले धार्मिक आस्थाका अगाडि राजनीति पनि झुक्छ । यस कथामा कथाकारले बुढेसकालमा श्रीमान् र श्रीमतीको महत्त्वलाई देखाउन खोजेका छन् ।
‘ओरालो’, अनि ‘चौतारीको भेट’ कथामा गाउँको परिवेश र प्रवृत्तिको चित्रण छ । ओरालो झर्ने र उकालो चढ्ने स्वाभाविक क्रम निरन्तर चलिरहने सन्दर्भ कथामा आएका छन्। अन्य कथा पनि सामाजिक विषयवस्तुमै केन्द्रित छन्। एउटा कथा छ, ‘त्यसपछि निदाइन् बहिनी’। भुटानबाट लखेटिएर नेपाल हिँडेका भुटानी शरणार्थीको मर्मस्पर्शी कथा हो । बालसुलभ प्रस्तुति, भोकको कथा सुनेर भोक बिर्सनुपर्ने बाध्यताको कथा हो ।
‘आवाजहरू’ कथाले हामी हाम्रो समाज, परिवारबाट भागेर मात्र केही हासिल गर्न खोज्छौँ तर त्यही समाजले हामीलाई सबै कुरा सिकाइरहेको छ र समाजबिना हाम्रो जीवन कहिले सफल हुन सक्दैन र उनीहरूबाट भागेपछि मात्र हामीले उनीहरूको महत्त्व महसुस गर्ने गर्छौँ भन्ने भाव उक्त कथामा प्रस्तुत गरेको छ।
“दुई मृत्यु” कथामा लोभी व्यापारी र साधुलाई देखाइएको छ। मृत्युको छेउमा पुग्दा पनि लोभी व्यापारीलाई आफ्नो ज्यान बचाउनुभन्दा नि धन र सम्पतिको लालचमा हुन्छ तर साधु भने आफ्नो ज्यानको पर्वाह नगरी बालकको ज्यान बचाउनमा केन्द्रित हुन्छ । यो कथाबाट आफू नै नरहे त्यो धन र सम्पतिको केही कुनै अर्थ नै हुँदैन भन्ने विषयलाई उठान गरेको छ ।
‘अपरिचित अनुहार’ कथामा मानिसहरूले प्रकृतिको दुरुपयोग गरेको देखाइएको छ। जुन प्रकृतिले मानवलाई सबै कुरा दिएको हुन्छ, मानिसले त्यही प्रकृतिको विनाश गरी कसरी खुसी हुन सक्ला र ! मानवीय कार्यले गर्दा नै पहिरो जाने, बाढी आउने र अरू प्राकृतिक सङ्कटले मानवलाई नै सताउने गर्छ। यो धर्तीमा हामी मानिसहरूको मात्र बसोबास छैन । हाम्रो क्रियाकलापले यहाँका जीवजन्तु, चराचुरङगीलाई पनि असर पर्दछ । त्यही भएर हामीले प्रकृतिलाई दुःख दिने र हानि पुर्याउने कार्य गर्नु हुँदैन र प्रकृतिको संंरक्षण गर्नुपर्छ ।
‘बूढो रुख र जुरेली’ यो पर्यावरणीय कथा हो। मानवीय संवेदनामा मात्र कथा रचना गरेका महेश यस कथामा आएर प्रकृतिलाई नै मानवीकरण गरिदिन्छन् । पर्यावरण माथिको मानवीय अत्याचारबाट तर्सिएका पशुपक्षी र वनस्पतिको मनोविज्ञानलाई कति प्रभावकारी ढङ्गले प्रकट गरिदिएर विनाशको संघारमा रहेको मानव अस्तित्वको रक्षाको गम्भीर सन्देश दिएका छन् भन्ने कुरा यस कथाले बताउँछ ।
निष्कर्ष र सिफारिस :
शीर्षक चयन र पात्र चयन निकै राम्रो लाग्यो । कथामा रहेका सबैभन्दा मन छुने भनाइले मलाई कथा अझ मिठो लागेको थियो। उदाहरका लागि- “लेखिनु र मेटिनु नियति हो ।” मेटिएपछि फेरि लेखिनु जीवन हो । ‘दुर्ग’ कथाबाट ,”उहिले दशैँ घरमा आउँथ्यो । अचेल दशैँ परदेशमा जान्छ वा सहर जान्छ । गाउँघरमा बाक्लो अँध्यारो पोतेर ।” ‘ओरालाे’ कथाबाट यस्ता मनछुने भनाइले मलाई यो कथा सङ्ग्रह एकदम मन पर्यो । कथाकार भवानी भिक्षुमा समर्पित गरिएको यो कथासङ्ग्रह एकदम राम्रो छ ।
योजना गौतम
डियरवाक सिफल स्कुल
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

