हरेक कुरामा दाेधार हुन्छ मन ! पुस्तक किनेर पढिसके पछि थन्क्याएर राख्ने कि अरुलाई पनि पढ्न उत्प्रेरित गर्ने ? आफै किनेर पढ्न सकिँदैन भनेर भन्ने कि यो किताब राम्रो रैछ पढ्नु त भन्ने ? खै के भन्दा ठिक हुने हो ? आजकल धेरै कुरामा अलमल हुन थालेको छ !
बजार छाेई साध्य छैन ! देशमा सत्ता परिवर्तनका कति आन्दोलन भयो ! कतिमा आफै संलग्न भैयाै ! सबैकाे हैसियत बराबरी बनाउने उद्देश्यसहित ! तर परिणाम के देखियो त भन्दा सत्ता ठगी खाने भाँडाे मात्रै रहेछ ! सत्तामा पुगेका धनी बन्दै गए ! जनता गरिबीले थिचिँदै !धनी र गरिबबीचको खाडल झन फराकिलो र गहिरो बन्दै गयो ! स्कुलमा पढेको पनि त्यहीँ थियो “मनि अट्र्याक्ट मनि”! त्यहीँ भयो विकर्षणकाे नियम पनि त्यहीँ त हाेला ! “जहाँ पातलो त्यहीँ क्षीण पर्छ !” भन्ने उखान जस्तै ! धनीसँग पैसा थपिँदै जान थाल्यो गरिबसँग रित्तिँदै ! पढ्दै र सुन्दै आएको कुरा व्यवहारमा उतारिँदा केकाे चिन्ता लिनु ?
किताबका मूल्यमा पनि त यसको असर पर्ने नै भयो ! खाद्यान्नलगायत कागज र पुस्तककाे मूल्य पनि आकाशियाे ! कुमार नगरकाेटीकाे किताब निस्कियाे ! जसको मूल्य थियो दुई हजार एक्काईस ! साहित्यिक वृतमा तरङ्ग किताबले भन्दा मूल्यले ल्यायो ! अर्को पुस्तक आयो ! डा .भगवान काेईरालाकाे “हृदय” झन रु पच्चीस हजारकाे ! के भन्ने खै ? नगरकाेटीकाे पुस्तकमा जस्तो यसमा हल्लि खल्लि त्यस्तो भएन ! शायद एकदुई दिनकाे सिया पानीले यो नआउने थियो कि ? या यसका पाठक साहित्यकार रहेनछन् कि ? किन्नेले हल्लै नगरी किने ! पढ्नेले मनमनै पढे या राखे शाेकेसमा सजाएर ?
यो किताब पढ्ने रहर भएर पनि मैले मारिदिएँ ! जसरी मारेथेँ आँखाको भाेक ! पहिलोपटक मामाघर जाँदा गाडीमा खर्दारकाे नातिले सिङ्गो स्याउ गरम् गरम् काेपरेर खाँदा ! बुबालाई नपिरिकनै चुपचाप बस्नु जस्तो साहस अरु के हुन्थ्यो र त्यो क्षण ! पच्चीसहजारकाे पुस्तक कस्तो हाेला भन्ने जिज्ञासा लागेपनि पढ्ने कुरा मनमा खेलाउन छाेडेँ ! जब छिमेकमा किताब भएको थाहा पाएँ ! अनि जाग्यो पढ्ने रहर हुरहुरी !
संस्मरण मान्छेकाे भाेगाइ मात्रै हाेइन इतिहासकाे दस्तावेज पनि भएर हाेला नियात्रा र संस्मरणले तान्छ मलाई ! मन परेको बिषयमा लेख्न र पढ्न बस्दा रात आफ्नै त हो जस्तो लाग्छ ! अरु बेला त यति महङ्गाे किताबका पानामा बेसार लाग्ने हो कि ? चिसो हातले छुँदा पाना बिग्रने हो कि भन्ने भयले दिमागमा बिषय वस्तु नै छिर्दैन क्या ! लेख्दै गर्दा श्रृङखला टुटेर हैरान हुने सम्भावना ! मैले यो पुस्तक एकातिर भगवान काेइरालासँग झुल्दै अर्को तिर रसिया, बंगलादेश, अमेरिका र क्यानडामा रेल र हवाई जहाजको यात्रा गर्दै सकाए ! कति रमाइलो ! घुम्न हुरुक्क हुने मान्छेलाई घुमेका कुरा खानामा चटनी जस्तै भयो ! एउटा सचेत नागरिककाे हैसियतले पटकपटक दुख्याे !
डाक्टरकाे लगन र कामप्रतिकाे समर्पणले असाध्यै मन छाेयाे ! हाेला कत्ति केसहरू असफल भए हुन तर जाे सफल भए तिनको जीवन त सुनाैलाे भयो नि !
वाँसवारी छाला जुत्ता कारखानाकाे चिहानमा बनेको गंगालाल अस्पतालकाे प्रगति साँच्चै रहर लाग्दाे छ ! एउटा प्रशासक मात्रै गतिलो भयो भने संस्था कहाँ पुग्छ ? र कसरी निभ्छ ? भन्ने उदाहरण पनि हो भगवान काेइराला र गङ्गालाल अस्पताल ! उनको आठ वर्षे कार्यकालमा फेरिएका पन्ध्रवटा स्वास्थ्य मन्त्रीले देशकाे ऐना पनि त देखाउँछन् ! उनलाई हटाउन र फाइल राेक्न प्रयास गर्नेले यो पुस्तक पढेहुन् कि नाईं ? सत्ता र राजनीतिक दाउपेचका अगाडि सबैको मन जितेर संस्थालाई सबल बनाउने प्रयास मनन गर्न लायक छ !
गंगालालबाट टिचिङ अस्पतालकाे प्रशासन समाल्दाकाे अवस्था दयनीय छ ! अस्पताल घाटामा गएको जुन दृश्य अक्षरमा देख्न सकिन्छ नि हाम्रो देश कति बेला पाकिस्तान जस्तो लाग्छ कति बेला ईथाेपिया बन्दै छ जस्तो लागेर आत्तिन्छ !
मुटुको उपचार महङ्गो र बाँचुन्जेल हुनेहुँदा केही छुटकाे प्रयास पनि राहात याेग्य छ !
के अब बन्ने सरकारले यस्ता गतिविधि राेक्न सक्ला त ? वेड हुँदाहुँदै अस्पतालकाे गेटबाटै बिरामी प्राइभेट अस्पतालतिर लग्ने ! महङ्गा परिक्षणहरू बाहिरै गराउने र पटकपटक गराएर बिरामीकाे परिवारलाई कङ्गाल बनाउने प्रक्रियाकाे अन्त्य हाेला त ?
हो किताब अस्पताल निर्माणकै च्यारेटीका लागि तयार गरिएको रहेछ ! तिनै उपचार गरेर पैसा कामएकाले नै किनेहुन भनेर चित्त बुझाएँ !
अहिले सस्तो मूल्यकाे पनि आएको छ ! अलि धेरैले पढ्छन् हाेला ! मलाई चाहिँ प्रशासक बन्न खाेज्ने सबैले पढिदिए हुने भन्ने लागेको छ ! नेताले त पढाैँ नै ! आश नभए पनि अपेक्षा गर्न त छाेड्न भएन केरे ! पढिसकेर शाेकेसमा मात्रै सजाउन भन्दा हरेक पुस्तक अरुलाई पनि पढ्न उत्प्रेरित गराैँ !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।