साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

हाय ! समाज

बुबाबिनाको पहिलो दसैँमा सुनकेशा र उसको आमाले मासु खान पाएनन् । त्यो पढ्दा आँखाबाट आँसु नै चुहियो र सोचेँ - यो अवस्था अहिले पनि छ । योसँग पैसा छैन् भनी दिएको मासु पनि मेरो हातबाट खोसिएको सम्झेँ र साँच्चै म पनि भक्कानिएँ ।

दैलेखी माटोमा जन्मिनुभएका साहित्यकार ओम रिजालको तेस्रो कृति हटारुको पहिलो संस्करण २०७८ चैत्रमा प्रकाशन भयो । पढ्ने अवसर मिलेको थिएन । बिदाको दिन पारी मजदुर दिवसको अवसरमा उक्त पुस्तकको अध्ययन कार्य समापन गरियो । दैलेखी महिलाको विगतको स्थितिलाई प्रस्ट दर्शाइएको यो उपन्यास दैलेखी भाषामा लेखिएको छ ।

आमाले आफ्नो बच्चालाई सुताउनका लागि  प्रयोग गरिने कथालाई सुरुवातीको आधार बनाइएको छ । एउटा अवोध बच्चालाई निद्रामा पुर्याउनको लागि सुनकेशाको कथालाई प्रस्तुत गरिएको थियो उक्त कथा कल्पनामा आधारित छ ।

 

bahulako diary small and inside post

वर्तमान दैलेखी सामाजिक परिवेशमा यो उपन्यास मेल नखाला तर विगतमा दैलेख तथा पश्चिम नेपालका हजारौँ गाउँ र ठाउँमा यो उपन्यासमा भनिएजस्तै दर्दनाक स्थिति चैँ रहेको छ । उपन्यासको सुरुवातमा नै मानवको हृदय पगाल्न सक्ने भाव प्रकट गरिएको छ । जुन उपन्यासको अन्त्यमा पनि सोही अनुरूप नै गएको छ । उपन्यास पढेर नपग्लने कोही छैन । त्यो सुनकेशाको जन्मको समय होस् वा उसको भाइ जन्मँदा छोरी पाउँदा र छोरा पाउँदा समाजमा गरिने भेदभावलाई एक लिपिमा अनुबद्ध गरिएको छ ।

बाउज्युको समाजमा बाचिने आधार भनेको छोरा थियो छोरा नहुँदा गाउँलेले हेलाँ गरे भनिने शब्द प्रयोग गरी बाउज्युलाई खोलाको रहमा डुबाएर मारी ठाँटसँग हिँड्ने त्यो मुखियाको छोरालाई कानुनी कठघरमा कसले ल्याइदिने र बाउज्युको लासलाई घर ल्याउँदाको देखाइको चीत्कार सहितको भावको कारुणिक दृश्य कहाँ पाइन्छ । अझ त्यसैमा बुआले सहारा बिनाको परिवारलाई अलग बनाउँदा भन्न मन लाग्छ, हाय ! समाज यति निर्दयी बनिस् है !

बुबाबिनाको पहिलो दसैँमा सुनकेशा र उसको आमाले मासु खान पाएनन् । त्यो पढ्दा आँखाबाट आँसु नै चुहियो र सोचेँ – यो अवस्था अहिले पनि छ । योसँग पैसा छैन् भनी दिएको मासु पनि मेरो हातबाट खोसिएको सम्झेँ र साँच्चै म पनि भक्कानिएँ ।

नाना सार्कीले सहेको त्यो अन्याय अहिले पनि निमुखा र दलितहरूले सहेकै छन् । गाउँमा अहिले पनि ती मुखियाका साँढहरू बौलाइरहेका छन् ।

जगतप्रसाद लम्साल

प्रेमको परिभाषा नबुझेको यो समाजमा पवित्र प्रेमलाई लिएर गाउँका साहु र महाजनहरूले खाने भाँडो बनाए र कतिपयले त्यही आधारमा सम्पति कमाए । अहिले पनि त्यो अवस्था कहाँ फेरिएको छ र बदलिएको त बस त्यो र यो समय मात्र हो ।

साटो र साठीको नियममा आधारित त्यो समाजले महिलालाई किनबेचको सामग्री बनायो । कसैले बेचे कसैले किने बस त्यो मात्र पशुको मोलतोलका आधारमा पैसाको अभाव र साटो लगाउने कोही नभए कि बिहे नहुने कि भागेर बिहे गर्दा अनेकन् समस्या झेल्नुपर्ने बाध्यतालाई दर्शाइएको छ ।

बाह्र वर्षको अबोध बालिकाको मनमा रहेका अनेकौँ रहरहरूलाई मारी, बालिका तयार भई  बिहेका लागि । सँगै जान तयार भइन्, अपरिचित अनुहार र मान्छेहरूका बीच किन तयार भइन् ? अनुत्तरित रह्यो यो प्रश्न । सँगै खेलेका साथी सङ्गी, खेल्दै आएका पहरा र छहरा सबै त्यागिन् त केबल त्यो समाजको नियमसँग हारेर, जान मन थिएन उनलाई तर उनी विवश थिइन्।

माइतीको घरमा आमाले हकारे पनि माया लाग्ने अवस्थामा, पोइलीका घरमा जाँदा सासूले गरेको त्यो व्यवहारले उनी विछिप्त भइन् । माइतीमा सान्ज्याले भाइ बुहारीलाई गरेको व्यवहार उनले पाइनन् । नपाउनुको कारण पछि थाहा पाइन काउज्यूले त उनलाई बेचेका रहेछन् । बालककालमा भएको विवाहमा अरू चाहाना उनलाई थिएन् । थियो बस् श्रीमान् आफूसँगै खेलिदिने होस् तर उनको श्रीमान् त उनीभन्दा कैँयन् जेठो थियो त्यसैले उनको यो चाहना पूरा हुन पाएन । आयो माइतीको याद, आयो जियाको याद्, अध्याँरो निस्पट्ट रातमा उनको साथमा जिया र माइतीको याद बाहेक केही रहेन । विवाह शब्दमा रहेको रोमाञ्चकता उनलाई धिक्कार लाग्यो त्यो पलमा ।

त्यो समयमा पुरुषले जति बिहे गर्दा पनि हुने र महिलाले मरेको पुरुषको सम्झनामा जुनी बिताउनु पर्ने जस्तो कठोर नियममा बाधिएका देखिन् उनले । पुरुषले, महिला शरीरमाथि गर्ने अन्यायलाई एउटा भीर सरी यहाँ देखाइएको छ । तर त्यो अन्यायलाई त्यो समाजले भाग्य सम्झियो र भन्यो तँ त भाग्यमानी रहिछस् । उनले लाचार भएर त्यो कुरा पनि सहेकी थिइन् ।

एकल महिलालाई त्यो समाजले सधैँ पीडा नै दियो कहिले ससुराको कुदृष्टि कहिले अरूको कुदृष्टि सबैको कुदृष्टिका बीच पनि कहाँ थियो र विद्रोह गर्ने आँट तर हरेक ताण्डवको पछाडि विद्रोहको लागि प्रतिशोधलाई देखाइएको छ । यो उपन्यासमा ।

थोरै प्रसङ्गमा देखिएको नारी सम्मानलाई केही समय राख्दै फेरि उही पुरानो लयमा फर्काउन सफल उपन्यासकारले यो उपन्यासलाई फेरि महिलाकै वेदनामा फर्काएका छन् । नारीको वेदना स्वयं नारीले सौता बनेर आउँदा देख्न सकिन् ।

यो उपन्यासमा महिलालाई स्वयं महिलाले कहिले बुआको रूपमा कहिले सासूको रूपमा र कहिले सौताको रूपमा आई पीडित बनाइ राखे ।

जति दुःख परे पनि चेलीलाई सहारा दिेने माइतीकै घर हुन गयो । सौताको घरबाट छुटेका हिक्काहरू एकै पटक माइतीको आँगनमा पोखिएका थिए ।

नारी सधैँ एक अवस्थामा रहन सकिनन् कहिले छोरी, कहिले बुहारी, कहिले श्रीमती र कहिले आमा । उनी फेरि त्यो गाउँमा थिइन् जहाँ भाँडाकुटीका दुलहासँग भेट भयो र सम्बन्ध फेरि उनैसँग भयो । भाग्यले जता डोर्याउँछ उतै लाग्छ मान्छे भनेजस्तै सुनकेशाको भाग्यले फेरि उनलाई भाँडाकुटी खेल्ने समयको लोग्नेलाई ल्याएर भिडाए । यसै कारणले उनले आमा बन्ने सौभाग्य प्राप्त गरिन् तर श्रीमानको साथ उनले बच्चा जन्माउँदा पाउन सकिनन् । बच्चा जन्मियो दुःखमै रहेर उसलाई हुर्काइन् पढाइन् तर उनका दुःखले पार पाउन सकेनन् । उनलाई कहिले बुवा, कहिले सासू र कहिले सौताको रूपमा दुःख दिएका महिला फेरि एकपटक बुहारी भर्इ आएर, आफ्नो प्राणभन्दा प्यारो छोरा पनि आफूभन्दा टाढा बनाइदिर्इ । जीवनको उत्तरार्द्धसम्म उनले दुःखमै बिताइन् । लेखकको कारुणिक कलमले यो भन्दा दुःखद दृश्य नदेखोस् । कलम रुँदा बनेको यो उपन्यास पढेर, सबैको मनमा हाय ! यो पापी समाज भन्ने शब्द निस्कने छ ।

प्रतिक्रिया
Loading...