लेखसार
प्रस्तुत लेखमा निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’को ‘अभिवन्द्य’लाई चिन्तनका आधारमा विश्लेषण र मूल्याङ्कन गरिएको छ । नेपाली समाज, विशेषतः नेपाली साहित्यिक समाजमा अग्रज साहित्यकारहरूको अपहेलना, ‘मै मात्र हुँ’ भत्रे भावमा वृद्धि’, ‘एकाध रचना जसोतसो छपाउन लगाएर आफूलाई विशिष्ट साहित्यकार मात्रे चलनका साथै जीवन, मृत्यु, समय, सत्य, साहित्यसाधना, साहित्यिक पत्रकारिता, समाजसेवा आदि र लेखकीयको चेतना कुन रूपमा प्रकट भएको छ भत्रे देखाउनु यस अनुसन्धानात्मक लेखको उद्देश्य हो । यसमा जीवन, मृत्यु, समय सत्य, लेखक, लेखन तथा साहित्यसिर्जनासाथै नेपाली साहित्यजगत्मा बढ्दै गएको विकृतिबारे लेखकले प्रकट गरेको चिन्ता र चिन्तनलाई कृतिको विश्लेषणको मुख्य आधार बनाइएको छ । यो खाली एकचालिस जना साहित्यिक/सामाजिक/साङ्गीतिक व्यक्तित्वहरूको जीवनीवृत्त नभएर स्वतन्त्र रूपमा एक विशिष्ट काव्यात्मक शैलीमा लेखिएको निबन्धकृति हो भत्रे निष्कर्ष निकालिएको छ ।
शब्दकुञ्जी
जीवन, मृत्यु, शाश्वत सत्य, साहित्य, सङ्गीत, कला, सामाजिक दृष्टिकोण
विषयपरिचय
श्रीओम श्रेष्ठ ‘रोदन’ को अभिवन्द्य (२०७८) नेपाली साहित्य/सङ्गीत/समाजिक क्षेत्रका विशिष्ट एकचालिस जना व्यक्तित्वको जीवनीवृतलाई आधार बनाइ त्यसमा ती एकचालिस जना व्यक्तित्वहरूको जीवनयात्रा र जीवनसङ्घर्षका साथै नेपाली साहित्यजगत्मा देखा परेको विसङ्गतिप्रति चिन्ता र जीवन, जगत्, मृत्यु, समय, लेखनकर्म, साहित्यसिर्जना आदिप्रति चिन्तनलाई केन्द्रमा राखेर लेखिएको व्यक्ति निबन्धसङ्गह्र हो । निबन्धकार ‘रोदन’ का अभिवन्द्यसहित अर्थहीन अर्थहरू (२०५४), संवेदनाका स्वरहरू (२०५४), समयका सम्भावनाहरू’ (२०५९), समुद्रपारि–समुद्रवारि’ (२०६०), ‘नबिर्सने दिनहरू’ (२०६२), ‘एक्लो परिचय’ ( २०६९) र ‘भनौँ कि नभनौँ (२०७३) गरी आठ ओटा निबन्धकृतिहरू प्रकाशित छन् । यसका साथै यिनका ‘ललिता’ ( २०४५) र ‘सरगम’ (२०४७) दुई ओटा कवितासङ्ग्रह, ‘आँखिझ्याल’ (२०५८) ‘भ्रममार्ग’ ( २०६७) दुई ओटा लघुकथासङ्ग्रह र ‘प्रसङ्गवश’ (२०६७) एक ओटा अन्तर्वार्तासङ्ग्रह प्रकाशित छन् ।
वर्तमान बागमती प्रदेशको ललितपुर महानगरपालिका झम्सिखेलमा वि. संं २०१९ साल कात्तिक १५ गतेका दिन माता बेलकुमारी श्रेष्ठ र पिता शिवप्रसाद श्रेष्ठको पुत्रका रूपमा जन्मेका श्रीओम श्रेष्ठ ‘रोदन’ नेपाली साहित्यजगत्मा चिरपरिचित निबन्धकार हुन् । यस व्यक्तिनिबन्धसङ्ग्रहमा एकचालिस जना अभिवन्दनीय व्यक्तिहरूको जीवनी प्रस्तुत गरिएको छ । यस निबन्धसङ्ग्रहमा समावेश गरिएका एकचालिस जना साहित्यिक/साङ्गीतिक/सामाजिक व्यक्तित्वहरू हुन् – (१) जहीँ सम्झिन्छन् सिद्धिचरण’ मा अटाएका युगकवि सिद्धिचरण श्रेष्ठ, (२) ‘कीर्तिमा कृतिका हीरा’ भनेर चिनाएका डायमण्ड शमशेर राणा, (३) ‘राष्ट्रकै कवि’का रूपमा चित्राङ्कित राष्ट्रकवि माधवप्रसाद घिमिरे, (४) ‘सबैका सत्यमोहन’ भइसकेका शताब्दीपुरुष सत्यमोहन जोशी (५), ब्राह्मणको बलिरहेको ‘झिल्का’ को रूपमा जीवित रहेका पूर्णप्रसाद ब्राह्मण, (६) ‘प्रेरणाका अजस्रस्रोत’ बनिसकेका स्वामी प्रपत्राचार्य, (७) ‘समाजसेवाका पर्याय’ भइसकेका बद्रीविक्रम थापा, (८) ‘प्रत्येकलाई जित्ने कृष्णचन्द्र’ अर्थात् कृष्णचन्द्र सिंह प्रधान, (९) ‘शालीनतानका सगरमाथा’को रूपमा चिनिने कमलमणि दीक्षित, (१०) ‘नाममै छ पूर्णता’ जस्तो विशेषण प्राप्त गरिसकेका भाषाविद् बालकृष्ण पोखरेल, (११) ‘ग्वंगको गहिराइमा न्यातापोल’ अर्थात् संस्कृतिविद् तेजेश्वरबाबु ग्वंग, (१२) कहिले ‘नहार्ने, नथाक्ने कवि’ उपेन्द्र श्रेष्ठ, (१३) ‘अनेक भएर अभिव्यक्ति’ दिने नगेन्द्रराज शर्मा, (१४) ‘बत्र नसकेका जोगी’ मतलब गोविन्द भट्ट, (१५) ‘राम्रो कृष्ण मीठो पराजुरली’ का रूपमा परिचित कृष्ण पराजुली, (१६) ‘रङ्गकमएका योद्धा’ प्रचण्ड मल्ल, (१७) ‘भोलिका ज्ञाता’ मानिने इन्दिरा श्रेष्ठ, (१८) ‘आँसुको अक्षर’ बाँच्ने राममणि रिसाल, (१९) ‘रचनाको रोचक’ भएर हिँड्ने रोचक घिमिरे, (२०) आफ्नो बुलन्द आवाज र कविता वाचनको विशिष्ट शैलीले ‘विदेशमा देश चिनाउने कवि’ तुलसी दिवस, (२१) ‘महाकविविज्ञका भाग्य’ बनेर उदाएका कुमारबहादुर जोशी, (२२) कथाकार एवम् गजलकारको रूपमा ‘मनु हुनुको अर्थ’ बोध गराउने मनु ब्राजाकी, (२३) ‘सिर्जन शिखरमा परशु’ अर्थात् परशु प्रधान, (२४) ‘सबैमा सफल आख्यानपुरुया’ भएका ध्रुवचन्द्र गौतम, (२५) ‘किन बोल्नु मञ्जुल’ को उपाधि पाउने मेघराज नेपाल मञ्जुल, (२६) ‘साठीको साथी’ को रूपमा देखिएका शशि भण्डारी, (२७) आफ्नो लाहुरेको डायरीबाट नेपाली साहित्यमा ‘नबिर्सने क्याप्टेनको कलम’ स्थापित गर्ने क्याप्टेन जनकबहादुर राणा, (२८) आफ्नो हाँसोलाई ‘मोडल हाँसो’ बनाउन सक्ने कलाकार मदनदास श्रेष्ठ, (२९) सामाजिक सेवाबाट ‘बीऊ रोप्ने डाक्टरसाप’ कहलाउने डा. बिहारीलाल श्रेष्ठ, (३०) अब ‘सम्झनामा भेटिँदैन कोविद’ को उद्घोष गर्न लगाउने प्रकाश कोविद, (३१) ‘हराउँदैनन् स्रष्टा सिर्जनामा’ को विश्वास फैलाउने गोरखबहादुर सिंह, (३२) आफ्नो मायालाई ‘ निर्मोहीको माया’ भनेर बाँडिरहने निर्मोही व्यास, (३३) ‘अनेकमा भएर एक’ उभिरहने नाटककार/रङ्गकर्मी अशेष मल्ल, (३४) ‘भाग्यमानी मृत्यु’ प्राप्त गर्ने रामचन्द्र गौतम, (३५) ‘सङ्गीत सङ्घर्षमा शम्भु’ भनिने शम्भु राई, (३६) ‘भूमिगत मृत्युको नियति भोग्न बाध्य हुने श्रीविक्रम राणा, (३७) आफूलाई अझै ‘चिन्ने कि चिनाउने’ प्रयासमा रहेका गोपाल अश्क, (३९) ‘चिन्तामणिको चिन्ता’ नै बनेका डा. चिन्तामणि योगी, (३९) ‘डाक्टरसाप ! सधैँ अरुका लागि’ भइरहने डा. हरिप्रसाद पोखरेल, (४०) जे जति गरे पनि ‘मानिएका समालोचक नमानिएका सर्जक’ का रूपमा स्थापित रहेका प्रा. डा. लक्ष्मणप्रसाद गौतम र (४१) ‘नपत्याए पढ्नुस् कविता’ का साथ हाँक गराउन सक्ने कवि रमेश श्रेष्ठ ।
निबन्धकार ‘रोदन’ ले राखेका शीर्षकहरूबाट नै शीर्षकधारी व्यक्तित्वहरूको वास्तविक पहिचान प्रकट भएको छ । यस निबन्धसङ्ग्रहमा समावेश रहेका एकचालिस ओटा व्यक्तिपरक निबन्धहरूले नै आफूले समेटेका व्यक्तित्वहरूको जीवनयात्रा र उनले गरेको योगदानबारे प्रस्टाएको छ । यस लेखको उद्देश्य समावेश भएका व्यक्तित्वहरूका बारेमा थप प्रकाश पार्नु मात्र नभएर यस निबन्धसङ्ग्रहमा प्रकट भएको निबन्धकारको चिन्ता र चिन्तनलाई आलोकित गर्ने पनि भएकोले तिनकै व्याख्या र विश्लेषण गरिएको छ । यस क्रममा निबन्धकारले कुन कुन विषयमा के कस्ता चिन्ता र चिन्तन व्यक्त गरेका छन्, नेपाली साहित्यजगत्मा व्याप्त रहेको विकृति तथा विसङ्गतिलाई के कसरी चित्राङ्कित गरेका छन् र आफूले जीवनमा अर्जित गरेको अनुभव र अनुभूतिको आधारमा के कस्ता चिन्तन प्रकट गरेका छन् भत्रे तथ्यसत्यको खोजी र विश्लेषण गरिएको छ । त्यसैले यस अनुसन्धानात्मक लेखमा साहित्यको समीक्षामा प्रयुक्त चिन्तन अध्ययनको समालोचना पद्धतिलाई ‘अभिवन्द्य’ व्यक्तिनिबन्धसङ्ग्रहको प्रमुख आधार बनाएर विश्लेषण र मूल्याङ्कन गरिएको छ ।
अध्ययनको विधि
उपर्युक्त उद्देश्यहरू पूरा गर्नका लागि अभिवन्द्य व्यक्ति निबन्धसङ्ग्रहमा प्रयुक्त चिन्तन प्रबल रहेका विभित्र आयामहरू पहिचान हुने घटना, परिवेश र लेखकीय स्वरबाट यस अध्ययनका लागि प्राथमिक सामग्री सङ्कलन गरिएको छ । यसरी सङ्कलित सामग्रीको विश्लेषण र मूल्याङ्कन गरी निष्कर्षसम्म पुग्नका निम्ति विभित्र सैद्धान्तिक एवम् प्रायोगिक ग्रन्थ, अनुसन्धानात्मक जर्नल र वेबसाइटहरूबाट द्वितीयक सामग्रीहरू सङ्कलन गर्ने काम भएको छ । यी दुवै प्रकारका सामग्रीहरूको समुचित प्रयोग गरी श्रीओम श्रेष्ठ ‘रोदन’को अभिवन्द्यमा अन्तर्निहित चिन्तनको दृष्टिकोण अन्वेषणका लागि एउटा सैद्धान्तिक ढाँचा तयार गरिएको छ र निगमगन विधिबाट विश्लेषण गर्दै त्यसलाई अर्थापन गरिएको छ ।
चिन्तन परिचय र सैद्धान्तिक ढाँचा
‘चिन्तन अवधारणा, संकल्पना, निर्णय तथा सिद्धान्त आदिमा वस्तुजगत्लाई परावर्तित गर्ने प्रक्रिया हो, जो विभिन्न समस्याहरूको समाधानसँग जोडिएको हुन्छ । चिन्तन विशेष रूपले संगठित भूतद्रव्य मस्तिष्कको उच्चतम उपज हो । चिन्तनको सम्बन्ध जैविक विकासक्रमसँग मात्र नभएर सामाजिक विकाससँग पनि हुन्छ । चिन्तनको उद्भव मान्छेहरूको उत्पादन क्रियाकलापहरूको प्रक्रियाअन्तर्गत हुन्छ र त्यसले यथार्थको व्यवहार परावर्तनलाई सुनिश्चित गर्दछ । आफ्नो विशिष्ट मूल, क्रियाकलापको शैली र परिणामहरूका दृष्टिले त्यसको स्वरूप सामाजिक हुन्छ (दर्शन कोशः इ.स. १९८०ः १९४)’ । चिन्तन एउटा यस्तो मानसिक प्रक्रिया हो जो सबै प्राणीमा हुन्छ । यसलाई मनोवैज्ञानिकहरूले भित्र–भित्र प्रकारले परिभाषित गरेका छन् । केही विद्वान्हरूले यसलाई वातावरणबाट प्राप्त हुने सूचनाको जोडघटाउ भनेका छन् भने केही विद्वान्हरूले यसलाई एउटा मध्यस्थ प्रक्रिया (Mediating Process) मानेका छन् जो कुनै समस्या (उद्दीपक) तथा त्यसको समाधान (सही अनुक्रिया) को मध्य वा बिचमा रहन्छ ।
चिन्तनलाई परिभाषित गर्दै सिल्भरम्यानले लेखेका छन्, ‘चिन्तन एउटा यस्तो मानसिक प्रक्रिया हो जसले हाम्रा उद्दीपक तथा घटनाहरूको प्रतीकात्मक प्रतिनिधित्वद्वारा कुनै समस्याको समाधान गर्नमा मद्दत गर्दछ ।’ यसैगरी बेरोनले चिन्तनलाई यसप्रकार परिभाषित गरेका छन्, –“चिन्तनमा संप्रत्यय, प्रतिज्ञाप्ति तथा प्रतिमाहरूको मानसिक जोडघटाउ हुन्छ ।’ रासले चिन्तनलाई मानसिक क्रियाको भावनात्मक पक्ष वा मनोवैज्ञानिक वस्तुहरूसँग सम्बन्धित मानसिक क्रिया भनेका छन् । गैरेटअनुसार, “चिन्तन एक प्रकारको अव्यक्त एवम् अदृश्य व्यवहार हो जसमा सामान्य रूपमा प्रतीकहरू (बिम्ब, विचार, प्रत्यय) को प्रयोग हुन्छ ।’ डा. एस. एन. शर्माले चिन्तनलाई यसरी परिभाषित गरेका छन्, ‘चिन्तन एउटा विचारात्मक प्रक्रिया हो जसको स्वरूप प्रतिकात्मक रहेको छ, यसको प्रारम्भ व्यक्तिसामु कुनै समस्या अथवा क्रियाबाट हुन्छ, र समस्याको प्रत्यक्ष प्रभावबाट प्रभावित भएर अन्तिम रूपमा समस्यालाई सुलझाउन अथवा निष्कर्षतर्फ लैजान्छ । माथि दिइएका चिन्तनका परिभाषाहरूको अध्ययनोपरान्त के भत्र सकिन्छ भने चिन्तनको सिधा सम्बन्ध मानसिक क्रियासँग हुन्छ र चिन्तनको प्रारम्भ समस्या उत्पत्र हुनासाथ भइहाल्छ तथा त्यसको अन्त्य समस्याको समाधानसँगसँगै हुन्छ । चिन्तनलाई हामी मानसिक विचारको अवस्था पनि भत्र सक्छौँ । वस्तुतः चिन्तन एउटा जटिल मानसिक प्रक्रिया हो र यो हाम्रो मस्तिष्कमा चलिरहन्छ । चिन्तनमा अनेकौँ आन्तरिक क्षमताहरू जस्तै कल्पना, एकाग्रता, जागरूकता, स्मृति, समझ र अवलोकन आदिको उपयोग भइरहन्छ । यी सारा आन्तरिक क्षमताहरू चिन्तनको प्रक्रियामा सहभागी एवम् सहयोगी हुन्छन् ।
चिन्तनलाई मनोवैज्ञानिकहरूले अनेक भागमा विभाजित गरेका छन् । जिम्बार्डो तथा रूचले चिन्तनलाई मुख्य रूपमा दुई भागमा विभाजित गरेका छन् – (क) आत्मविमोही चिन्तन (Austistic Thinking) र (ख) यथार्थवादी चिन्तन (Realistic Thinking) । आत्मविमोही चिन्तन यस्तो चिन्तनलाई भनिन्छ जसमा व्यक्तिले आफ्नो काल्पनिक विचार एवम् इच्छाहरूलाई व्यक्त गर्दछ । स्वप्न, स्वप्नचित्र तथा अभिलाषा आदि आत्मविमोही चिन्तनका उदाहरण हुन् । यसैगरि यथार्थवादी चिन्तन त्यस्तो चिन्तनलाई भनिन्छ जसको सम्बन्ध वास्तविकतासँग हुन्छ र त्यसको सहायताबाट व्यक्तिले कुनै समस्याको समाधान गर्दछ । मनोवैज्ञानिकहरूले यो यथार्थवादी चिन्तनलाई (क) अभिसारी चिन्तन (Convergent Thinking), सर्जनात्मक चिन्तन (Creative Thinking) र आलोचनात्मक चिन्तन (Evaluating Thinking) मा विभाजित गरेर अध्ययन गरेका छन् । अभिसारी चिन्तनमा व्यक्तिहरू प्रस्तुत गरिएका तथ्यहरूको आधारमा सही निष्कर्षमा पुग्ने प्रयत्न गर्दछन् । यसप्रकारको चिन्तनलाई निगमनात्मक चिन्तन (Deductive Thinking) भनिन्छ । सर्जनात्मक चिन्तनमा व्यक्तिद्वारा प्रस्तुत गरिएका तथ्यहरूमा आफ्नो तर्फबाट नयाँ तथ्य जोडेर एउटा निष्कर्षमा पुगिन्छ भने आलोचनात्मक चिन्तनमा व्यक्तिले कुनै वस्तु, घटना वा तथ्यको वास्तविकता स्वीकार गर्नुभन्दा पहिला त्यसको गुण र दोषबारे जाँच पड्ताल गर्दछ ।
चिन्तनको सुरुआत व्यक्तिसामु समस्या उत्पत्र हुनासाथ र त्यसको अन्त्य समाधानको समाधान हुनेसँगसँग हुन्छ । चिन्तनको यो सम्पूर्ण प्रक्रिया अर्थात् समस्या उत्पत्र हुनेदेखि समाधान हुनेसम्म कुन कुन प्रक्रिया हुन्छन्, ती सबै प्रक्रियाहरूको व्याख्या गर्नका लागि मनोवैज्ञानिकहरूले केही सिद्धान्तको वर्णन गरेका छन् जसमा (क) केन्द्रीय सिद्धान्त र (ख) परिधीय सिद्धान्त मुख्य हुन् । केन्द्रीय सिद्धान्तअनुसार चिन्तनको आधार तन्त्रिका तन्त्र हुन्छ । जब कुनै व्यक्तिले समस्याको समाधान गर्दछ, त्यसबखत केन्द्रीय तन्त्रिका तन्त्रमा, विशेष गरी मस्तिष्कमा अनेकौँ प्रकारमा अन्तक्र्रियाहरू हुन्छन् । यसको परिणामस्वरूप व्यक्ति समस्याको समाधान गर्न सफल हुन्छ । यसैगरी परिधीय सिद्धान्तअनुसार जब व्यक्तिका सामु कुनै उद्दीपन अर्थात् समस्या राखिन्छ, अनि त्यसमा उत्पत्र स्नायुप्रवाह मस्तिष्कमा पु¥याउँछ र त्यो रिले स्टेसनजस्तै काम गर्दछ । यहाँबाट स्नायुप्रवाहलाई तुरुन्त उपयुक्त प्रभावकमा पठाइन्छ, जसको परिणामस्वरूप व्यक्तिले कुनै अनुक्रिया गर्दछ । मांसपेशीहरूको यस अनुक्रियाबाट पुनः एउटा स्नायुपूवाह उत्पत्र हुन्छ जो मस्तिष्कमा फर्कन्छ । यस प्रकारको प्रक्रिया समस्या समाधान नहुन्जेल भइरहन्छ । यस प्रत्यागत प्रक्रियालाई मनोवैज्ञानिकहरूले पुननिर्वेश नाम दिएका छन् ।
यो चिन्तन गर्ने प्रक्रिया मानव समाजको उत्पत्तिदेखि नै प्रारम्भ भएको देखिन्छ । मान्छे आफ्नो उत्पत्तिदेखि नै समस्यासँग जुध्दै आइरहेको हुन्छ । जन्मेदेखि नै उसका सामु साना ठुला गरी अनेकौँ समस्याहरू आइरहेका हुन्छन् र उसले सके एक्लै, नसके कसैको सहायताले ती समस्याहरूको समाधान गरिरहेको हुन्छ । वर्तमान समयमा मान्छेको जीवन जटिल मानिसक समस्याको घेरामा कैद रहेको देखिन्छ । नेपाली समाजसामु अनेकौँ समस्याहरू छन् । नेपाली साहित्यजगत्मा पनि समस्याको कमी छैन । कोही साहित्यसाधना गर्दागर्दै मृत्युवरण गर्दछन्, तर कहीँबाट कतैबाट सहयोग र प्रशंसाको हात पाउँदैनन् र कोही जसोतसो गरी एकाध रचना वा कृति छपाउन लगाएर रातारात सरकारी गैरसरकारी संघसंस्थाहरूबाट प्रशंसित, पुरस्कृत तथा सम्मानित हुन्छन् । नेपाली साहित्यजगत्मा कोही यस्ता साहित्यिक व्यक्तित्व पनि भए जसले चर्चित र लोकप्रिय भए पनि भूमिगत मृत्युवरण गर्नुप¥यो । उसको मृत्युको कसैलाई पनि चासो भएन र सरोकार भएन । वर्तमान समयमा नेपाली साहित्यजगत्मा देखिएको प्रमुख विसङ्गति हो– पैसोको भरमा, भनसुनको भरमा साहित्यकार कहलाउने र राज्यबाट सुविधा पाउने तथा आफ्ना अग्रज साहित्यकारहरूको वास्ता नगर्ने, आदर सम्मान नगर्ने । साहित्यसिर्जनलाई सस्तो बजारको वस्तु बनाएर हल्ला गरेको भरमा आफ्नो नामको विज्ञापन आफै गरेर हिँड्ने । निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’ ले आफ्नो कृति अभिवन्द्यमा साहित्यिक व्यक्तित्वहरूको जीवनीवृत्त लेख्ने क्रममा यी र यस्ता अनेकौँ समस्याहरूप्रति चिन्तन गरेका छन् । अतः प्रस्तुत लेखमा जीवन, मृत्यु, समय, सत्यका साथै नेपाली साहित्यजगत्मा व्याप्त रहेका विभित्र विसङ्गतिहरूप्रतिको लेखकीय चिन्तनलाई सैद्धान्तिक ढाँचाका रूपमा ग्रहण गरी अभिवन्द्य व्यक्तिनिबन्धसङ्ग्रहको विश्लेषण र मूल्याङ्कन गरिएको छ ।
अभिवन्द्य व्यक्तिनिबन्धसङ्ग्रहमा चिन्तन
निबन्धकार ‘रोदन’को अभिवन्द्यमा नेपाली साहित्यमा देखिएका विकृति तथा विसङ्गति, नेपाली राजनीतिको विकृत रूप, आजको जमानामा विज्ञापनको आवश्यकता, निबन्धको विशेषता, जीवन र मृत्युको शाश्वता, कविताको परिभाषा, समय र उमेरलाई पन्छयाएर अगाडि बढ्नेहरू, बुढो नहुने मन्त्र, साहित्यिक पत्रकारिता, सम्पादकको परिचय, आँखा र दृष्टिबीच तात्त्विक सम्बन्ध, अवसरवादिता, मान्छेको दोहरो चरित्र, जीवत र जगत्, मान्छेको स्वार्थी बानी, सन्तुष्टि, जीवनका बाटा, सम्बन्ध र सम्पर्क, लेखक र लेखन आदि बारे गहन चिन्तन प्रस्तुत गरिएको छ । यहाँनिर यी विषय र पक्षहरूबारे गरिएको चिन्तनबारे अत्यन्त सङ्क्षेपमा व्याख्या विश्लेषण गरिएको छ ।
जीवन र मृत्यु
जीवन मिथ्या हो र मृत्यु सत्य हो । यस जगत्मा जन्म लिने प्रत्येक प्राणीको मृत्यु अवश्यम्भावी छ । सृष्टिको प्रारम्भदेखि नै जीवन र मृत्युबारे चिन्तन गर्ने परम्परा चल्दैआएको छ । जीवन र मृत्युबारे चिन्तन गर्ने मुख्य दुई धार रहेका छन् –(क) आध्यात्मिक र अर्को (ख) भौतिक । आध्यात्मिक धारामा बगेर जीवन र मृत्युबारे चिन्तन गर्नेहरूको मतअनुसार शरीरको नास हुन्छ, आत्माको हुँदैन । मृत्यु भनेको महाप्राण यात्राको प्रारम्भ हो, यो केवल शरीरको नास हो, जीवको उत्पत्ति बिन्दु हो । तर भौतिकवादी धारामा बग्नेहरूले जीवन र मृत्युलाई पनि भौतिक पदार्थ नै मान्दछन् । मृत्युपछि केही नरहने र पुनर्जन्म आदि नहुने विचारमा हिँड्छन् । निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’ ले आफ्नो यस कृतिमा ठाउँठाउँमा जीवन र मृत्युबारे आफ्नो चिन्तन प्रकट गरेका छन् । यिनले जीवन र मृत्युबारे व्यक्त गरेका चिन्तनहरू यसप्रकार रहेका छन्:
– ‘हुत्र, सोचेजस्तो जीवन\नहुन पनि सक्छ हुनुपर्ने जस्तो\रङ्गीन छ पलपलको सयम र यथार्थ पनि/मिल्ने पनि नमिल्ने पनि/ (नहार्ने, नथाक्ने कवि, पृ ९२) ।
– ‘खन्दै गएपछि भएजस्तै जमिन/बढ्दै गएजस्तै खाल्डोको आकार/नाटकै हो जीवन सबैको/गर्छन् सबैले नाटक/कसैले बुझेर र कसैले नबुझेर/हुँदैनन् कोही नाटकबिनाका/व्यवाहारिक नाटक कसैका/कसैका सामाजिक नाटक/बाध्यात्मक नाटक कसैका/ (पृ ११६)
– ‘देखिएका सबै सत्य हुँदैनन् भत्रे जानेकै हुन् धेरैले/भत्रेहरू जीवनलाई भनिरहेका छन् रङ्गमञ्च/भनिरहेका छन् अभिनय गरिरहेन पात्र पनि/हो पनि त्यस्तै/हुँदैन कुनै निश्चित त जीवन/न तिथि न मिति/ हो बिताइसकेको मात्र निश्चित दिन/मिति काम नदिने समयको/ भनिन्छ सबैभन्दा मूल्यवान जीवन/ अनिश्चित पनि त्यही जीवन अरुभन्दा/निरीह छ जीवन मानिसको/ (डाक्टरसाप ! सधैँ अरुका लागि, पृ २६३)
यसरी यी विचारबिन्दुबाट के स्पष्ट हुन्छ भने निबन्धकारले जीवनलाई हुने, नहुने, बुझ्ने, नबुझ्ने, मिल्ने नमिल्ने भए पनि एक रङ्गीन यथार्थको रूपमा बुझेका छन् । यिनले जीवनलाई एउटा विशाल रङ्गमञ्च र मान्छेलाई रङ्गकर्मीको रूपमा बुझेका छन् । अनि पो त यिनी ‘हुँदैनन् कोही नाटकबिना’ भनेर एक किसिमको ठोकुवा नै गर्दछन् । जीवनजस्तै मृत्युलाई पनि निबन्धकार ‘रोदन’ले परिभाषित गरेका छन् । मृत्युबारे आफ्नो चिन्तन सार्जजनिक गरेका छन् । मृत्युबारे यिनको चिन्तन यसप्रकार रहेको छ, –
– ‘जीवनको सबैभन्दा ठुलो सत्य हो मृत्यु÷स्वीकार नगरी सुख्ख नपाइने/न धनले टार्न सक्ने, न शक्तिले, न सत्ताले नै/हुने र नहुनेबिच जति विभेद भए पनि/गर्दैन विभेद जीवनमा कहिले मृत्युले/ (पृ ११५) ।
–“छैनन नमर्ने जन्मेपछि आजसम्म कोही/जन्मनुजत्तिकै सत्य छ मृत्यु/जन्मँदा रुन्छ बच्चा आफू र हसाउँछ अरुलाई/ हुन्छ शान्त मर्दा आफू र रुवाउँछ अरुलाई/मान्दैनन् भारी जन्मसँगै बोक्ने मृत्युलाई / (बीऊ रोप्ने क्पाप्टेनसाप, पृ १९७) ।
– ‘हुँदैन मृत्यु दुखद् कहिल्यै/हुँदैन अस्वाभाविक पनि/छैन कसैको वशमा/ सत्य हो सबैले भोग्नैपर्ने/आएको हुन्छ जोडिएर जन्मसँगै/गर्दैन कसैले प्रार्थना मन्दिरमा, नपरोस् मर्न भनेर/गर्दैनन् पूजा र यज्ञहरू पनि/चाहँदैनन् कोही बाँचिरहन सधैँ / (भूमिगत मृत्यु, पृ २४६) ।
– मृत्युलाई जति व्याख्या गरे पनि मृत्युभन्दा हुनैसक्दैन फरक/न आयु छ मृत्युको, न औषधि नै/न बढाउन मिल्ने, न घटाउन मिल्ने/जितिसकेको छ मङ्गलग्रह मान्छेले/चलाउनैे नसकेको हो मृत्युलाई/मानवीय जीवनको सबैभन्दा सत्य हो मृत्यु/ हो शाश्वत र स्वाभाविक/ (पृ १०५)
माथि उल्लिखित जीवन र मृत्युबारे व्यक्त गरिएका चिन्तनहरूबाट एउटा कुरो स्पष्ट छ कि निबन्धकार ‘रोदन’ले जीवन र मृत्युलाई नजिकबाट चित्र सफल छन् । उनका जीवन र मृत्युबारे प्रकट गरिएका उपर्युृक्त चिन्तनहरू यस कुराका प्रमाण हुन् ।
लेखक र लेखन
अभिवन्द्य (व्यक्तिनिबन्धसङ्ग्रह) मा लेखक र लेखनबारे चिन्तन प्रकट भएको छ । नेपाली साहित्यजगत्मा नलेखेर, कम लेखेर र अरुसँग लेखाएर लेखकहरूको सङ्ख्या पनि कम छैन । यस्ता धेरै लेखकहरू छन्, जो कुनीकथी एकाध रचना लेख्छन्, नसके अरुसँग आफ्नो नाममा लेखाउँछन् र आफूलाई विशिष्ठ, महान् लेखक भन्दै हिँड्छन् । न आफ्ना अग्रजहरूले लेखेका पढ्छन्, न अनुजहरूले लेखेको रचनाको कुनै वास्ता गर्छन् । अरुको पढ्दा प्रभावमा परिन्छ भत्रे बहाना लगाउँछन् । वास्तवमा लेखक र लेखन भनेको के हो ? यस बारेमा निबन्धकारले आफ्नो चिन्तन यस प्रकार प्रकट गरेका छन् ः
– ‘हुन्छ सजिलो लेख्न साहित्य/सक्दैन भत्र बुझ्नेले/हो सन्तान नै सिर्जना पनि/पर्छ हुर्काउन गर्भमा जस्तै मनमा/हुँदैन सजिलो सिर्जना कुनै पनि/हुन्छ गल्ती नबुझेरसम्म/पाइँदैन बुझेपछि गर्न/होइन ठुलो कुरा लेख्नु मात्र/बन्दैनन् लेखक लेख्नेजति सबै/छैन सजिलो चिनिनु सिर्जनाले/हुन्छ गाह्रो परिचित हुन सिर्जनाले/पुग्नुपर्छ शिखर नै स्थापित हुन सिर्जनाले/(सबैमा सफल आख्यानपुरुष, पृ १६४) ।
– कति छन् कति साहित्यमा लेख्नेहरू/ छन् लेख्नकै लागि लेख्नेहरू/गर्नेहरू पनि छन् टाकटुक/छन् गोठाला लगाएर लेखक बत्रेहरू पनि/छन् अरुका बुई चढेर बत्रेहरू पनि/ छन् त्यत्तिकै धनले लेखक बत्रेहरू पनि/ हुन् यी सबै भ्रम लेखनका/बनेर सामयिक बनेँ भन्ने लेखक/निकाल्छन् पुस्तक/गर्छन् विमोचन भव्य/आउँछन् समाचार/पुगिहाल्छ अभीष्ट लेखक बन्ने/ बन्न सक्दैनन् स्थायी/ साहित्यकार पनि/ (पृ १६७) ।
– हुँदैन परिभाषा सिर्जनाको/भन्छन् कोही उद्वेग/छन् जन्म खाता भत्रे पनि/लेख्छन् कोही सङ्गतले/लेख्ने छन् पढेर पनि/ लेखाउँछ वातावरणमा पनि/चाहिन्छ कसैलाई सहारा पनि/छन् बाध्यताबाट लेख्ने पनि/ छन् लेख्ने रहले पनि/ लेखाउने छन् पैसाले पनि/ अनेक छन् प्रकार लेखकका/ (चिन्ने कि चिनाउने, पृ २५१) ।
– सहन नसकेपछि आफूभित्रको स्रष्टाले, निस्कन्छन् कविताहरू /(पृ संं ९२)
– हो नै, शब्द आफैँमा केही हैन । शब्दलाई अर्थमा ल्याउन सहारा चाहिन्छ केही न केहीको । शब्द आफैँमा सजीव होइन र पूर्ण पनि । सार्थक बनाउने, साकार बनाउने, उज्यालो बनाउन कर्मी नै भन्दा हुन्छ कविलाई (विदेशमा देश चिनाउने कवि, पृ १३८)
– अक्षरको सम्बन्ध न बनावटी हुन्छ न बेइमानी नै/ अक्षरले न धोका दिन्छ न दुःख नै/ (पृ १२८)
– सम्भावना भनेकै हुन्छ अपूर्णतामा/ हुन्छन् सम्भावनाका जुलुस बोकेका अक्षरहरू निबन्धमा/हुन्छन् झ्याल ढोका खुल्ला भएका अक्षरहरू/ (ग्वंगको गहिराइमा न्यातापोल, पृ ८६)
उपर्युक्त उल्लेखित विचारबाट लेखक र लेखनबारे श्री ‘रोदन’को चिन्तन प्रकट भएको छ । यी चिन्तनहरूमा अप्रत्यक्ष रूपमा चिन्ता पनि मिसिएको छ । नेपाली साहित्यजगत्मा देखा परेको विकृति तथा विसङ्गतिप्रति व्यङ्ग्य पनि देखिएको छ ।
सम्पादक, पाठक र साहित्यिक पत्रिकारिता
अभिवन्द्यले सम्पादक तथा पाठकहरूका बारेमा पनि चिन्तन बोकेर आएको छ । यसमा निबन्धकारले सम्पादक तथा पाठकबारे यसप्रकारको चिन्तन प्रकट गरेका छन् ः
– डुङ्गाजस्तै रहेछ नदीमा वारिपारि गरिरहेको/रहेछ माझीजस्तै मात्र सम्पादक/चाहिने पानीमाथि बहिरहँदा/नचाहिने जमिनमा पुगेपछि/नहेर्ने फर्केर पनि/ नसम्झिने डुङ्गा नसम्झिने माझी/ पुगेपछि जुनै ठाउँमा/ चाहिन्छ फर्किनलाई फेरि त्यही डुङ्गा भन्ने/ (पृ १४३)
– समस्या पाठक नबढ्नुको छँदैछ आफ्नो ठाउँमा/छौँ जनसङ्ख्यामा तीन करोड बढी/छौँ पन्ध्र हजारजति पुस्तक निकालिसकेका नै/छन् त्योभन्दा धेरै बढी लेखक बत्र खोज्ने/ रुचि राख्नेहरू छन् साहित्यमा पनि/ भने पनि जेजे बन्न सकेका छैनौँ एक प्रतिशत पनि पाठक/ बनेको छ विडम्बना/ बढ्ने लेखक नबढ्ने पाठक/छ अचम्म नेपाली साहित्यको र साहित्यिक पत्रकारिताको/ (पृ १०२)
नेपाली साहित्यजगत्मा साहित्यिक पत्रिका र तिनका सम्पादकहरूबारे मिठो नमिठो चर्चाहरू भइरहन्छन् । निबन्धकार ‘रोदन’ आफैँ पनि साहित्यिक पत्रकार तथा सम्पादक हुन् । यिनले आफ्नो पुस्तक अभिवन्द्यमा साहित्यिक पत्रकारिता र सम्पादकहरूबारे यसप्रकार चिन्तन प्रकट गरेका छन् ः
– नशाजस्तो रहेछ साहित्यिक पत्रकारिता/छोड्नै नसक्ने लागेपछि लत/ समस्या जहाँको त्यहीँ छ / (अनेक भएर अभिव्यक्ति, पृ १००)
– साहित्यिक पत्रकारिता र फलामको चिउरा/भए पनि चिउरा फलामकै/गरिरहनु पर्ने अघाएजस्तो/साधनाजस्तै हो यो मौन भएर गरिरहेको/ साहस पनि हो एक प्रकारको/ होइन रहले मात्र गर्ने पत्रकारिता/ इतिहासमा थुनिएका छन् रहर गर्नेहरू (पृ १०१) ।
समाज र मान्छे
प्रस्तुत अभिवन्द्य (व्यक्तिनिबन्धसङ्ग्रह) मा नेपाली समाज, मान्छे मान्छेबिचको सम्बन्ध र सम्पर्क के कस्ता छन्, यसबारे चिन्तनहरू प्रकट भएका छन् । ती यसप्रकार छन् ः
– छ यस्तै समाज/गर्छ जसले जस्तो व्यवहार/पाउँछ व्यवहार पनि त्यस्तै/फल्ने पनि त्यही हो खेतमा/जो रोपिन्छ त्यहीँ/ (पृ १७७) ।
– रहेछ स्वादिलो भ्रमजस्तै/ चिनेँ भन्नु कसैलाई/हुँदैन रहेछ अरु गाह्रो मान्छेले मान्छेलाई चिन्नुजस्तो/ सकिँदैन चित्र देख्दैमा, भेट्दैमा, सहकार्य गर्दैमा कसैले कसैलाई/ लाग्छ चिनेजस्तो/सकिँदैन चित्र पूर्णरूपमा आफू र आफ्नै परिवार पनि/हुँदैन चिनेर साध्य एउटा जीवनमा/ (साठीको साथी, पृ १७७) ।
– अनेक बाटा छन् उज्यालो भेट्ने/ मात्र कुन बाटोबाट कसरी जाने भत्रे हो/ भेटिनु पर्यो जहाँबाट गए पनि उज्यालो नै/भ्रम हो आफ्नै पाइला परेकालाई मात्र सत्य ठान्नु/ सत्य हुन् सबै बाटा/गर्ने यात्रा मात्र हुन् फरक/ (विदेशमा देश चिनाउने कवि, पृ १३७)
– हुँदैन नभेटुन्जेलसम्म सम्बन्ध कसैसँग/ हुँदैन सरोकार पनि कुनै/रहँदैन भेटे पनि अर्थ/हुँदै जान्छ जोडघटाउ सम्पर्कमा आएपछि नै/हुँदै जान्छ हिसाबकिताबमा जोडघटाउ/हुन्छन् सम्बन्ध यस्ता पनि/नजिकै लाग्छ टाढा भए पनि/ (सिर्जना शिखरमा परशु, पृ १५७) ।
– खोज्छन् परिणामबिना केही गर्न मान्छे/ के कुरा अरुसँगका/ माग राख्छौँ नबोल्ने भगवान्को पूजा गर्दा पनि/ (रचनाका रोचक, पृ १३०) ।
– अन्यथा बिक्छन् समाजमा र रङहरू धेरै । बनेको छ विश्वप्रवृत्ति नै/हिँड्छन् एउटै मानिस उज्यालो एउटा रङमा र अँध्यारोमा अर्को रङमा/ (पृ १०६) ।
– बिर्सन्छन् धेरैले आफ्नो अतीतलाई/गर्छन् घमण्ड उपलब्धिमा/ थिएँ हिजो के भन्दा पनि/छु म आज जे रहुँ म/देखाइहाल्छन् मपाईँत्व/ (पृ ११७)
– साधु्जस्तै बनेका छन् चोरहरू/ भएका छन् जोगीहरू चोर/बनेका छन् अगुवा मूर्खहरू/ (पृ ११८)
– भत्रेहरू भन्छन् एकथरी र गर्छन् अर्काथरी/ दुर्लभ भएको छ झन् गणतान्त्रिक समयमा/ गरिबको आँसुको मूल्य खोज्नेहरू नै/पसिनाको प्रतिफल खोज्नेहरू नै/ पुग्छन् उनीहरू नै/ बलियो बनाउन कुर्सी/ खेल्छन् अबिरको होली उनीहरू नै आँसु् र पसिनामा/ (प. १०५)
नेपाली साहित्य र राजनीति
यस व्यक्तिनिबन्धसङ्ग्रहमा नेपाली साहित्यजगत् र राजनीतिमा देखिएका विकृतिप्रति चिन्तन प्रस्तुत गरिएका, जो यसप्रकार छ ः
– छन् अरुका उतारेर आफ्नो नाममा छाप्ने लेखकहरू/अनुवाद गरेर आफ्नो नाममा छाप्नेहरू/छोटो छैन आरोप लाग्ने स्रष्टाहरूको नाम/छन् नभएको पगरी बाँधेर ठूलो भएको भ्रम पाल्नेहरू/सर्कसको बैशाखी टेकेर अग्लो भएको देखाउनेहरू/ (नाममै पूर्णता छ, पृ ८१)
– राजनीतिमा लाग्नु र बेइमान नहुनु/ लाग्छ दन्त्यकथाजस्तो अहिले/सुन्दा पनि अनौठो लाग्छ/पदमा पुग्नु र भ्रष्ट नहुनु/राजनीतिक, आन्दोलन, धर्ना, जुलुस, अनसन/ भए पनि नाम अनेक/सुन्दर बेर्नाजस्ता बनेका छन् भविष्यका/ (समाजसेवाका पर्याय, पृ ५७)
निष्कर्ष
श्रीओम श्रेष्ठ ‘रोदन’ को अभिवन्द्य व्यक्तिनिबन्धसङ्ग्रहमा एकचालिस जना साहित्यिक÷सामाजिक÷साङ्गीतिक÷कलाको क्षेत्रमा विशिष्ट योगदान पु¥याएका व्यक्तित्वहरूको जीवनीवृत्त काव्यात्मक शैलीमा प्रस्तुत गरिएको छ । यी चालिस ओटै व्यक्तित्वहरूको जीवनवृत्त प्रस्तुत गर्ने क्रममा उनीहरूले गरेको योगदान र आआफ्नो क्षेत्रमा बनाएको पहिचानको आधारमा प्रत्येकलाई उपयुक्त शीर्षकमा समावेश गरिएको छ । साँच्चिकै भत्रे हो भने यस पुस्तकमा रहेका एकचासिल ओटा शीर्षक पढ्दा नै सम्बन्धित व्यक्तित्वको नाम तथा उसले अर्जेको पहिचान र प्रतिष्ठाबारे ज्ञात हुन जान्छ । यी एकचालिस जना स्रष्टा, कलाकारहरूको जीवनयात्रा, सङ्घर्ष, प्राप्तिआदि बारे लेख्ने क्रममा निबन्धकारले जीवन, मृत्यु, समय, सत्य, प्रकृति, मान्छे, मान्छेमा विकसित भएको स्वार्थ, स्वार्थले बिग्रेको सम्बन्ध र सम्पर्क, सम्पादक, साहित्यिक पत्रकारिता, लेखक तथा लेख्नआदि बारे आफ्नो विचार एवम् चिन्तन बडो सुन्दर ढङ्ग र इमानदारीपूर्वक प्रस्तुत गरेका छन् ।
यसका अतिरिक्त नेपाली साहित्यजगत् र नेपाली राजनीतिमा देखिएका विकृति तथा विसङ्गतिहरूप्रति पनि गहिरो चिन्ता व्यक्त गरेका छन् । भनिन्छ, साहित्यिक निबन्धमा चिन्तन हुँदैन, भावना हुन्छ । तर ‘रोदन’ को अभिवन्द्य व्यक्तिनिबन्धसङ्ग्रहमा एकातिर भावनाका उछालहरू छन् भने अर्कोतिर चिन्तनका धाराहरू प्रवाहित छन् । यस निबन्धसङ्ग्रहमा प्रयुक्त भएका छोटा छोटा काव्यात्मक शैलीका वाक्यहरूमा काव्य शक्तिका साथसाथै वैचारिक ताकत पनि उत्तिकै पाइन्छ । नेपाली निबन्ध साहित्यमा एउटा खास शैलीको निर्माण भएको छ – त्यो हो काव्यात्मक शैली र यस शैलीको निर्माण गर्ने श्रेय निबन्धकारलाई गएको छ । समग्रमा अभिवन्द्यले एकातिर दिवंगत÷जीवित गरी एकचालिस जना व्यक्तित्वहरूको अभिनन्दन गरेको छ भने अर्कोतिर जीवन, मृत्यु, जगत्, समय, सत्य, प्रकृति, मानवीय प्रवृत्ति, लेखक तथा लेखन, सम्पादक तथा साहित्यिक पत्रकारिताबारे चिन्तन व्यक्त गरेको छ । साहित्यकारहरूको जीवनगाथा गाउँदै आफ्नो वैचारिकता र चिन्तन प्रकट गर्नमा अभिवन्द्य व्यक्तिनिबन्धसङ्ग्रह सफल रहेको छ ।
सन्दर्भ ग्रन्थ
१. गुप्ता, ज्योति (इ. २०२१) चिन्तन, htts://Psychologyaan. blog.com
२. प्रधान, प्रवीण (इ.स २०१९) चिन्तन का अर्थ और परिभाषा, चिन्तन के सोपान’ hindivani.com
३. प्रभात, विष्णु (सम्पादक) (२०७०) साहित्यकार कलाकार परिचय कोश, काठमाडौँ ः नेपाल प्रज्ञा–प्रतिष्ठान ।
४. रोदन, श्रीओम श्रेष्ठ (२०७८) अभिवन्द्य, काठमाडौँ ः पल्लव प्रकाशन प्रा. लि.
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।