विषय प्रवेश:

टेक्कर, सिस्नेरी, मकवानपुर हेटौँडा–४, चिसापानीमा बुवा रामबहादुर गिरी आमा  विष्णुमाया गिरीकाे सुपुत्रकाे रूपमा विसं २०१५ वैशाख ५ गते गोविन्द गिरी प्रेरणाको जन्म भएको हो ।

हाल धेरै समय काठमाडौँ र अमेरिकामा बस्छन् ।

नेपाली भाषा साहित्यको कथा, कविता, उपन्यास, नियात्रा विधामा प्रकाशित पुस्तक तथा लेख रचना रहेका छन् । प्रकाशित कथा सङ्ग्रह सुतेको समुद्र(२०४०) साझा प्रकाशन, अन्तराल(२०४६) नेपाल एकेडेमी, यात्रा अनन्त(२०५३)साझा प्रकाशन , घोराही शून्य किलोमिटर(२०६७)रत्न पुस्तक भण्डार, छड्के तिलहरी(२०६९ )साझा प्रकाशन, गन्तव्य गणबहाल(२०७२) साझा प्रकाशन र सुश्री पारिजात (२०७९) रहेको छ । उनले प्राप्त गरेका पुरस्कार तथा सम्मान यस प्रकार छ ।

नारायणी वाङ्मय पुरस्कार २०४६ (भीमचरण थापासँग “अन्तराल” कथा सङ्ग्रहका लागि), शिवप्रसाद उन्नयन पुरस्कार २०५३(“फेरो” नियात्रा कृतिका लागि), युवा वर्ष मोती पुरस्कार २०५४(प्रमोद प्रधानसँग), मैनाली कथा पुरस्कार २०५५, प्रतिभा युवा सम्मान २०५६, वासुशशी साहित्य पुरस्कार २०७३ ,नई गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार २०७५ रहेको छ ।

गोविन्द गिरी प्रेरणाको दर्जनौँ पुस्तक प्रकाशन भएको छ । उनले दर्जनौँ पुस्तक सम्पादन तथा लेखन गरिसकेका छन्।

प्रकाशकीय साझा प्रकाशनको रहेको छ। मन्तव्य शीर्षकमा डा. दयाराम श्रेष्ठले लेखेका छन् ।

आयाम :

गन्तव्य ‘गणबहाल’ कथासङ्ग्रहमा आठ वटा कथा रहेको छ । प्रस्तुति सुन्दर शैलीमा रहेको छ । लामा कथा भए पनि विविध विषयमा लेखिएका छन् ।  जीवनमा देखेका कुरादेखि लिएर भोगेका कुरा पनि समावेश छन् ।

यसमा धेरै विषय समेटिएका छन् । प्रत्येक कथामा योजनाबद्ध तरिकाले कथानकलाई सुरुदेखि अन्तिमसम्म राेचकिलाे प्रस्तुत गरिएको पाइन्छ ।  आफ्नै कथा झैँ लाग्ने गरी कथाहरूलाई सुन्दर र सरल तथा आकर्षण शैलीमा रचिएका छन् ।

कथाभित्र :

पहिलो कथा “गन्तव्य गणबहाल” शीर्षकको रहेको छ । जिन्दगी यति क्रूर मोडमा पुग्ला भन्ने कहिल्यै सोचेको थिइनँ भन्ने कुराबाट कथाको सुरुवात गरिएको छ यो प्रस्तुतिले मनमा कौतुहलता जन्माउन सफल भएको छ भने लत कुनै पनि कुराको राम्रो हुन्न भन्ने भाव रहेको छ ।

दोस्रो “इन्द्र लीला” कथा  रहेको छ ।

तेस्रो कथा “कोख” शीर्षकको रहेको छ । गर्भपतन गराएकी नारी जसले आफ्नो छोरा गुमाएकी छे ।

सौताको छोरालाई आफ्नो सन्तानका रूपमा मानेको कथा छ ।

पाँचौँ कथा “मिसेज लिङ र उनका चिसा हात” शीर्षकको कथा रहेको छ ।

“बिन्दु । हो मेरो हात फेरि चिसो भैसकेको छ। अब सायद जिन्दगीभर यत्तिकै चिसो होला । म हात तताउने आकाङ्क्षा पाल्दिनँ ।यति भन्दा ऊ सुकसुकाउँदा थालिसकेकी थिई र बिस्तारै पाइला अगाडि बढाएर अपार्टमेन्ट भवनको मूल ढोकातिर लागी ।”

छैटौँ कथा “सर, मलाई सेक्स मन पर्दैन” शीर्षकको छ ।

अनि सेक्स ? सेक्सका बारेमा तिम्रो धारणा के छ ?

“सर, मलाई सेक्स मन पर्दैन ।” यसरी कथा सुरु गरिएको छ ।

“भैरहवा बसाइ सकिने बेलामा मैले पाल्पा जाने योजना सुनाएँ रेनुकालाई । ऊ दङ्ग परी ।”

यस्ता प्रसङ्गबाट सुरु भएको रमाइला पल  सुन्दर  रूपमा व्याख्या गरिएको छ । खुसीको समय सद्भाव प्रेम उत्साहलाई छोपेर लेखिएको छ ।

सातौँ कथा “जब भ्याप्पलका पातहरू झर्न थाल्छन्” शीर्षकको रहेको छ ।

आठौँ कथा रगत शीर्षकमा लेखिएका अनुभूति छन् । यस पुस्तक भित्र मन बहलाउने प्रसङ्ग धेरै मात्रामा पाइन्छ ।

गोविन्द गिरी प्रेरणाद्वारा लिखित यस पुस्तकभित्र पसेर निस्कँदाको रोमाञ्चकता छ।

भाषाशैली :

सामान्य नेपाली बोलीचालीको भाषा रहेको छ यसले गर्दा पाठकलाई विषय, भाव र परिवेश बुझ्न सुगम नै रह्यो । लामा, छोटा वाक्यहरू प्रयोग गरी कथाको भाव स्पष्ट बनाउन सक्नु लेखकको विशेषतालाई   मान्नै पर्छ । आफू घुमेको ठाउँ समयानुसार विदेशकाे धेरै कुरा समेटिएको छ ।  त्यहाँ वरिपरि घुमेको छ । र नै पाठकलाइर् आकर्षित बनाउन सफल भएको छ पुस्तकले ।

पात्र र चरित्र :

कथामा पात्रअनुसारको चरित्र सबैले सुन्दर रूपमा निभाउन सफल छन् । सानी, उत्तरे, रुद्र, कुशल , सुनिता , नीलिमा, उषाजस्ता पात्र रहेका छन् । नाम, चरित्रअनुसारको पात्र र कथाका विषयमा दुरुस्त छन् । हरेक पात्रले आफ्नो कर्तव्य निर्वाह गरेका छन् ।

परिवेश :

नेपालको भैरहवा , पाल्पा, काठमाडौँ , इलाम आदि स्थानलाई परिवेश बनाएर लेखिएका कथा छन् । कथामा विविध अवस्थामा आधारित भएको परिवेशलाई कथामा ढालिएको छ ।

उद्देश्य :

देशका सामाजिक यथार्थलाई उतारिएको छ । कथा पढ्दै जाँदाको कौतुहलता बढ्दै जान्छ ।    अनुभव र अनुभूतिका कसीमा निखारिएकाे कथा समेटिएको छ । मानव जीवन भोगाइ नै यसको कथानक बनेको छ। कथामा प्रवेश गर्दा भावमा पुगेको अनुभूति हुन्छ । समाजका विविध कुराको जानकारी दिने कृतिकारको उद्देश्य रहेको छ ।

निष्कर्ष :

गोविन्द गिरी प्रेरणाद्वारा लिखित यस पुस्तकभित्र पसेर निस्कँदाको रोमाञ्चकता अव्यक्त छ। लामा कथाभित्रका कथामा भने जीवन दर्शन पाइन्छ । वास्तविकताको वरिपरिमै कथा अगाडि बढेको देखिन्छ। अन्य कथाहरूमा भने भोगाइको रूपक छ भने काल्पनिकताकाे पनि  चित्रण पाइन्छ ।

आफू र आफ्नो समयलाई टपक्क टिपेर बनाएकाे यो पुस्तक समयको सुन्दरता जीवनका अनुभव बटुल्न कैयौँ दिनले पुग्दैन कथा समाजका अनुभूति समेटेर पुस्तक तयार भएको छ ।

जीवनका आराेहअवराेह यसरी नै कट्छ । समय आफ्नो बाटोमा अविरल हिँड्छ त्यसैले भनिन्छ रोकेर नरोकिने यात्रा हो जीवन भन्ने भाव आउँछ । पढ्न सुरु गरिसके पछि छाड्न मन लाग्दैन । म पनि छु यतै कतै भन्न मन लाग्छ । समाजमा भएका  घटनाहरूलाई सफल रूपमा उठान गरिएको छ ।

नेपाली भाषामा पाउने सरल, स्वच्छ  र सुन्दर प्रस्तुतिले कृतिलाई कसी लगाएको छ ।

साहित्यकार गोविन्द गिरी प्रेरणाको सफल साहित्य यात्राको कामना गर्दै बिदा चाहन्छु ।