मुना चौधरीको कथा ‘लार’ले बाह्रख्रही कथा प्रतियोगिताको पुरस्कार जितेपछि सामाजिक सन्जालभरि ‘लार’लाई यौन कथा/पोर्न कथा भन्ने टिप्पणीहरूले छ्यापछ्याप्ती देखिएका छन् ।
‘पुरस्कार जित्न यौन कथा लेख्नु पर्नेरहेछ’, ‘निर्णायकलाई यौन कथा मन पर्दोरहेछ’, भन्ने जस्ता टिप्पणीहरू पनि धेरै आइरहेका छन् । यदाकदाचाहिँ यो ‘प्रपोगान्डा’ प्रचारबाजीको लागि बाह्रखरीले नियोजित रूपमा चालेको भन्नेहरू पनि छन् । निश्चय नै, प्रतियोगीले नियम उल्लंघन गरेको थाहा पाएपछि पनि बाह्रखरीको अझैसम्म कुनै प्रतिक्रिया नआउनुमा फरक मत राख्न र औंला उठाउन पाइन्छ । साहित्यपोस्टका प्रधान सम्पादक अश्विनी कोइरालाले साहित्यपोस्टमा जुन २९ मा लेख्नुहुन्छ, “काग कराउँदै जान्छ पिना सुक्दै जान्छ जस्तै गरिरहेको छ बाह्रखरीले” |
कान्तिपुर पत्रिकाका प्रधान सम्पादक रहिसकेका नारायण वाग्ले, रुचाइएका लेखक अमर न्यौपाने र अघिल्लो वर्ष यही पुरस्कार जितेकी बिना थिङ तामाङको निर्णायक क्षमतामाथि प्रश्न गर्न पनि पाइन्छ । प्रश्न विजेता कथाकार मुना चौधारिको गल्तीमाथि पनि गर्न पाइन्छ । तर ती प्रश्न र टिप्पणीहरूको हद कहाँसम्म ? एउटा गल्तीको सजायस्वरूपमा उठाइएका प्रश्नहरूको घनत्वले अर्को गल्ती गरिरहेछ भनेचाहिँ त्यसको जिम्मेवारी कसले लिन्छ ? यो लेख पुरस्कार विजेता कथा ‘लार’माथिको यौनिक र सामाजिक दृष्टिकोण, कथामाथिका प्रश्न र प्रश्नले उब्जाएका अन्य प्रश्नहरूमाथि केन्द्रित छ ।
सामाजिक सन्जालमा कथामा अश्लिलताको कारण दुई अनुच्छेदभन्दा पढ्न नसकेको भन्ने टिप्पणीहरू ज्यादै हाँस्यास्पद छन् । मोबाइलमा ‘भिपिएन’ राख्दै गोप्य फोल्डर बनाएर पोर्न मुभी/तस्बिर बोकिहिँडेका हामीहरूले नै अश्लील र श्लीलको कित्ताकाट गरिरहेछौं ।
सामाजिक सन्जालमा कथामा अश्लिलताको कारण दुई अनुच्छेदभन्दा पढ्न नसकेको भन्ने टिप्पणीहरू ज्यादै हाँस्यास्पद छन् । मोबाइलमा ‘भिपिएन’ राख्दै गोप्य फोल्डर बनाएर पोर्न मुभी/तस्बिर बोकिहिँडेका हामीहरूले नै अश्लील र श्लीलको कित्ताकाट गरिरहेछौं ।
यौनलाई शारीरिक र मानसिक आवश्यकता भनेर व्याख्या गरिसकेको युग पनि बूढो बन्न लागिसक्यो । बरु अबको समय दुई वर्षसम्म श्रीमान् विदेश र श्रीमती स्वदेश रहनुपर्ने (वा जुनसुकै छुटिएर रहनुपर्ने) परिस्थितिमा कसरी विधिसम्मत यौनिक आवश्यकता पूरा गर्न सकिन्छ भनेर बहस हुनुपर्ने हो | बिडम्बना ! त्यो हुन सकेको छैन ।
हामीलाई यौन चाहिन्छ, तर खुलेर यौन चाहिन्छ भन्न सक्दैनौँ । त्यसैले देशभरि अँध्यारोमा सुखरीहरू दिशागर्ने बहाना बनाएर घरबाट निस्किनुपर्छ, देवेन चिया पसलमा बाइक छोडेर गाउँ छिर्नुपर्छ अनि ‘लार’मा भेटिनुपर्छ ।
कथामा देवेनले सुखरीलाई पूर्ण यौन सन्तुष्टि दिन नसकेपछि सुखरीमा भएको छटपटाहटमा सुन्दर तरिकाले बुनिएको छ, तर हाम्रो ध्यान त्यता खिचिँदैन । हामीलाई त लागिरहन्छ कि यौन केवल पुरुष वर्गको सन्तुष्टिको माध्यम हो । महिलाहरू यौनमा सहभागी केवल पुरुष वर्गलाई सन्तुष्टि दिनका लागि हुनुपर्छ, उनीहरू आफूचाहिँ यौन सन्तुष्टिबाट टाढा रहे पनि केही फरक पर्दैन भन्ने हाम्रो मानसिकतालाई हाम्रै टिप्पणीहरूले उदाङ्गो पारिदिएका छन् ।
बरु हामी त सामाजिक सन्जालको भित्ताभरि दाइजो विरोधी प्लेकार्डहरू टाँसेर आफ्नै बिहेमा दाइजोको बार्गेनिङ गर्नमा रुचि राख्छौं र आफ्नो रुचिमा पोख्त छौं । साथसाथै सुखरी देवेनसँग आएको भोलिपल्ट सुखरीले बच्चीलाई दूध चुसाउन नपाएका कारण वा कथाको सुरुमा नै सुखरीको स्तनबाट उछिट्टिएका दूधका छिर्काहरूको कारण बच्चासहितकी एक महिलालाई यौनमा सरिक हुनुअघिका अफ्ट्याराहरूलाई हामी नजरअन्दाज नगरी हिंडिदिन्छौं !
कथाको अर्को पाटोमा सुखरी र देवेनले बिहे गरेपछि देवेनका बुवा-आमालाई दाइजो लिन नपाइने भो भन्ने मानसिकताले हिर्काएर सुखरीलाई बुहारी स्वीकार्न नसकेको कुरा छ | हाम्रो ध्यान त्यता पनि जाँदैनं । बरु हामी त सामाजिक सन्जालको भित्ताभरि दाइजो विरोधी प्लेकार्डहरू टाँसेर आफ्नै बिहेमा दाइजोको बार्गेनिङ गर्नमा रुचि राख्छौं र आफ्नो रुचिमा पोख्त छौं । साथसाथै सुखरी देवेनसँग आएको भोलिपल्ट सुखरीले बच्चीलाई दूध चुसाउन नपाएका कारण वा कथाको सुरुमा नै सुखरीको स्तनबाट उछिट्टिएका दूधका छिर्काहरूको कारण बच्चासहितकी एक महिलालाई यौनमा सरिक हुनुअघिका अफ्ट्याराहरूलाई हामी नजरअन्दाज नगरी हिंडिदिन्छौं !
दाइजोकै केन्द्रबिन्दुको चपेटामा परेर सुखरी छ महिनासम्म नोकर्नीजस्तो बस्नुपरेको छ । आफूलाई ज्यादा विस्वास गरिरहेको श्रीमान्, आफ्नै जस्तो माया लाग्ने आफ्नी छोरी र आफ्नो कर्तव्यमा रहेको परिवार र समाजलाई त्यागेर सुखरी जुन सुखको लागि देवेनसँग आएकी थिइन् बिस्तारै त्यो सुख पनि सुखरीले पाउन छोडिन् | पश्चातापको मानसिक आगोमा जलिरहँदा देवेनको सहारा नपाएकी सुखरीले यौन तृप्तिको शारीरिक आगोमा जलिरहँदा देवेनबाट झन् ठूलो हिंसा भोगिरहेकी छन् । पश्चाताप र हिंसाको चपेटामा परिरहेकी सुखरीमाथि पाठकहरूको पनि कतै सहानुभूति देखिदैन । बरु उनीमाथि हामीले एउटा चरित्रहिन महिलाको उपाधि भिराइदिएका छौं, र उनीमाथि अर्को हिंसा गरिरहेका छौं ।
रात-विरात आफ्ना सबै-सबै कुराहरू त्यागेर देवेनसँग सुखरी भाग्नुपर्ने परिस्थितिको दोषी को-को छन् ? हाम्रो फितलो सामाजिक व्यवस्थालाई हामी दोषी किन देख्दैनौं ? एक विवाहित महिलासँगको अबैध सम्बन्ध राखिराखेको देवेनको दोष कति हो ? हामीलाई यी कुराहरूमाथि रुचि र चासो हुने विषय भएन । हामीलाई त सबै दोष र गल्ती केवल सुखरीको चरित्रमाथि थुपारिदिएर उम्किनु छ ।
कथाको अन्त्यमा सुखरी आफूलाई न्याय दिलाइछोड्ने अठोठका साथ निस्किन्छे | भोलिपल्ट बिहान एउटी महिलाको मृत रगताम्मे नाङ्गो लास भेटिन्छ । लेखकले त्यो लाश सुखरीकै हो भनेर ठ्याक्कै नभनिदिएर चतुर्याइँ गर्दैछिन् वा अरू केही ? त्यो लेखक नै जानून् । तर पाठकले त्यो लाश सुखरीको बाहेक अरूको हो भनेर शङ्का गर्नुपर्ने केही छैन । हामीले फेरि बुझ्न सक्छौं, आफूमाथि परेको मानसिक र शारिरिक अन्यायको विरुद्धमा हिंडेकी नारीमाथि अर्को कति ठूलो अन्याय हुन्छ । आँकलन गर्न सक्छौँ, देशैभरि यस्ता सुखरीहरूमध्ये कतिले न्यायको लागि मुठ्ठी कस्लान्, कति आफूलाई कमजोर बनाएर पासोमा झुन्डिएलान् वा बाढीमा होमिएलान् ?
कथामाथिको यो यौनिक र सामाजिक यो बहसलाई यहीँ छोडेर अब केहिबेर कथामाथिका टिप्पणी र प्रश्न, ती प्रश्नहरूले उठाएका अरू प्रश्नहरूमाथि जोड दिऊँ ।
‘लार’लाई यौन कथा/पोर्न कथा भन्न पाइनु, निर्णायकको निर्णायक क्षमतामाथि लगातार प्रहार गर्न पाइनु, कथाकारको गल्तीमाथि प्रश्न गर्न पाइनुको हद कहाँसम्म हो ? हामीले गरेका प्रश्नहरूको सीमा कहाँसम्म हो ? बाह्रखरीले आफ्नो गल्तीलाई स्विकार्दै/समीक्षा गर्दै/माफी माग्दै र आफ्नो गल्तीबाट अन्याय भएका सबैलाई उचित सामाजिक न्याय दिलाउँदै, फेरि गल्ती नदोर्याउने कुरामा प्रतिबद्द बनाउन वा त्योभन्दा माथि बाह्रखरीले गरेको गल्तीमाथि टेकेर ऊमाथि अर्को सुनियोजित प्रहार गर्न |
हाम्रा प्रश्न हरूको हद कहाँसम्म हो ? लेखक मुना चौधरीलाई आफ्नो गल्तीलाई स्वीकार/ प्रयाश्चित र आफू नियम मिचिएको कथा प्रथम भएकोले उक्त पुरस्कारमाथि आफ्नो हक दावी नगर्नको लागि सुझाव र दवाव दिन वा उनले गरेको गल्तीमाथि टेकेर उनीविरुद्ध र लेखकीय जीवनविरुद्ध लगातार प्रहार गरिरहन |
एउटा गल्तीको सजाय त्यस गल्तीको उचित सजायसम्म पुगेर सकिन्छ । गल्तीको भारभन्दा बढीको सजायलाई नेपालको संविधानले पनि स्पस्ट रूपमामा अस्वीकार गरेको छ । अनि प्रश्न गर्नेहरू को-को हौँ ? घटनामा साँच्चिकै गल्ती भएको देख्नेहरू ? अरूका टिप्पणीहरू पढेर आफ्नो धारणा बनाउनेहरू ? र कथाको दुई अनुच्छेदभन्दा पढ्न नसकेको पनि भन्ने र कथालाई यौनकथा पनि भन्नेहरू !
हाम्रा तल्लोस्तरका टिप्पणीहरूले लेखक मुना चौधरीको सामाजिक जीवनमा कस्ता प्रभाव पारिरहेका छन् ? उनमा जन्मेको विचलनको आकलन गर्नेचाहिँ हामी कसले हो ? पश्चाताप र हाम्रा टिप्पणीहरूको दोहोरो चपेटामा परेर मुना चौधरी सुखरीको बाटोमा भाँसिइन् भने दोषी को-को हुने हौँ ? कुरा स्पष्ट गरौं ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।