‘वीर पूजा’ सभ्यताको एउटा अङ्ग हो । वीरहरुको विविध ढंगले पूजा हुन्छ। तिनीहरुका सालिक निर्माण गरिन्छन्, स्मारक बनाइन्छन् तथा ती नाउँहरुलाई अजर र अमर गराउन कतिपय संस्था तथा अनुष्ठान आदिको नामकरण तिनीहरूकै नाउँमा गरिन्छन्, गाइने तिनीहरूको वीर गाथा पुस्ता पुस्तासम्मन् गएर सुनाउँछन् ती वीरहरुका नाउँ विश्वको इतिहासमा स्वर्णाक्षरमा अङ्कित हुन्छन् । तिनीहरु सम्बन्धी कविता रचिन्छन्, ग्रन्थ निर्माण हुन्छन्, तस्वीर बनिन्छन् जति जति समय बित्तै जान्छ वीरहरुका नाउँ उति उति उज्यालिँदै जान्छन् ।

तर इतिहासका दौड़मा पछि परेका हामी नेपालीहरूका बीचमा हाम्रा वीरहरुको गौरवगाथा वन-पर्वत, खोलानाला, गौचर आदिमा विलीन भएर गइरहेछन्। हामीमा हाम्रा वीरहरुको सालिक निर्माण गर्ने, स्मारक खड़ा गर्ने क्षमता छैन। हाम्रा साहित्यकारहरू पनि यस दिशातिरबाट प्रायः विमुख छन्। पुराना बूढाबूढीहरुसँगै यी वीरहरु सदैवका निम्ति विस्मृतिका गर्भमा भासिएर गइरहेका छन् ।

काजी दामोदर पाँडे

एकदिन मेरा छात्र- मित्रहरूसँग घुम्न निस्किएको समयमा मैले गेजिंगको छेउको एउटा गौचर बनसँग सम्बन्धित नेपालका वीर सेनानी काजी दामोदर पाँडेको, “पाँडे काजी”का नाउँले प्रचलित विस्मृतिको गर्भमा लुक्न लागेका एउटा सुन्दर किम्बदन्ती सुन्ने अवसर प्राप्त गरेँ । कथा इतिहाससँग सम्बद्ध छ । मानिएको मुगल कतै जान आएको FSO (अठाही शताब्दिको मध्यान्तरमा सतलजदेखि ब्रह्मपुत्रसम्म सूर्य चन्द्रांकित झण्डा फहराउने पृथ्वीनारायण शाहको आदर्शलाई कार्यन्वित गराउँदै दक्षिणमा गंगाजी आफ्नो साँध बनाई, पश्चिममा कांगड़ा छुन पुगेका रणबहादुर शाहका संरक्षक बहादुर शाहले सिक्किमको आक्रमणको चाँजो मिलाए । (यसभन्दा पूर्व सिक्किमको आफ्ना पश्चिमतिरका छिमेकीहरुमध्ये सबैभन्दा नगिचको छिमेकी लिम्बुवानसँग मात्र सम्बन्ध थियो र त्यो सम्बन्ध पारस्परिक मित्रतामा मात्र सीमित नरहेर कौटुम्बिक पनि थियो। सिक्किममा नामग्याल वंशका द्वितीय राजा तेनसंग नामग्यालको लिम्बुवानको अरुण प्रान्तका लिम्बू मुखिया योयोहांगकी पुत्रीसँग विवाह पनि सम्पन्न भएको थियो तर लिम्बूवानको स्वतन्त्र अस्तित्व गोर्खाली शक्तिका अगाडि समाहार भइसकेकोले सिक्किमको त्यो सम्बन्ध उपर्युक्त कालमा आएर टुंगियो ।

सिक्किमको राजधानी तिनताक आजको गेजिंग बजारको केहीमाथि पोमियोञ्ची नामक स्थानमा थियो र वर्तमान राजवंशका (षष्ठम् राजा तेन्जिंग नामग्याल त्यहाँका राजा थिए। गोर्खाली फौजले रापदेचीमा घेरा हाल्यो। चीनसँग कुम जोड्न औट गर्ने अवस्थामा पुगेको गोर्खाली फौजले सिक्किममाथि सहजै विजय प्राप्त गरयो तेजिंग नामग्याल र उनका पुत्र छोपेल नामग्याल भागेर भोट पसे। सिक्किमे फौज भाग्दै रगिततिर ओहालियो। गोर्खाली फौजले तिनीहरूको पिछा गर्यो। आजको लेगसेप गड्डीको छेउछाउबाट रंगीत तरी खेद्ने र सिपाहीहरुलाई सतर्क रहने आदेश दिइयो। तर यति गर्दा पनि प्रतिरात सिपाही हराएरै रह्यो। अन्त्यमा त्यस आपत्तिलाई निवारण गर्न सेनापति दामोदर पाण्ड़े स्वयं अघि बढे । जोडतोड खोज सुरु भयो । अन्त्यमा उनले त्यहाँ छेवैमा एउटा ठूलो अजिंगर फेला पारे, जसले प्रतिरात एक जना सिपाहीलाई निल्थ्यो । अजिङ्गर सानो थिएन, तर पनि दामोदरले आफ्नो अनुप पराक्रमको साक्षात् उदाहरण देखाउँदै त्यसलाई आफ्नो तरबारले ‘छ गिँड’ पारी लडाइदिए । त्यसपछि सिपाही चुहुने दुलो बन्द भयो ।

महानन्द पौड्याल

केही दिनपछिदेखि त्यो दीर्घकाय अजिंगर कुहेर दुर्गन्ध फैलाउन थाल्यो दुर्गन्धले रोग फैलने आशंका देखी अन्त्यमा दामोदर पाँडेले अजिंगरको प्रत्येक मिहलाई आफ्नो तरबारले फित्कौलीले गरेर रंगित हुत्याइदिए ती गिडहरू हुतिएर गड़तिरका छेउछाउमा पुगे । टाउकाको गिंड भने नदी पारीपट्टि पुगेर लड्यो।

फालिएका गिड अझ पनि कुहेर दुर्गन्ध फैलाउन् भन्ने आशंकाले दामोदरले त्यस मृत अजिंगरको शरीरलाई ” नकुहुन्, दुर्गन्ध नफैलाउन नघटी नबिलाई शिला भएर बस्नू भनी आशीर्वाद दिए।

गेजिंग छेउको घुप्पी डाँडाबाट उँधो धरेको सघन वनमा उक्त अजिंगरका गिड शिलारूपमा अद्यापि प्राप्त छन् भन्ने किम्बदन्ति सुनेर एक दिन अवसर मिलाई केही मित्रहरू साथमा लिएर म ती प्रातः स्मरणीय वीरको नाउँसँग सम्बद्ध, अजिंगरका सिंहका खोजीमा निस्केँ ।

लेगसेप गड्डीको केही माथिबाट छेवैको सानो खोल्सो तरेपछि उक्त वनमा पुगिदोरहेछ । वनमा गाई बाखा मग्नसित चरिरहेका थिए, गोठाहरू मुरली बजाई गीत गाइरहेका थिए। हामीले एउटो गोठालो भेट्यौँ । त्यसैले हाम्रो पथ निर्देशन गर्यो। एक क्षणमा धारे डाँडाको ठाड़ो बाटोको डिलमा अन्दाज पाँच फीट लमाइ र पाँच फीट गोलाइ भएका ढुङ्गाका दुइ गिड फेला पार्यो। काला रंगका ती ढुंगा पहिला एउटै थिए र पछि भाँचिएका हुन् भन्ने कुरो गएर हेर्ने बित्तिकै थाहा हुन्थ्यो । छुट्टिएको ठाउँ भाँचिएजस्तो छैन। तर चक्कुले मख्खन काटेजस्तो चिल्लो छ । ती गिंड अजिंगरका पुच्छर रे ! ढुंगा सोलोडोलो गोला छैनन् तर बीचमा लमाइतिर हुँड परेका छन् । त्यो हुँड अजिंगरको कत्ला भयो । त्यही हुँडले पछि अरु गिडसँग परिचित गराउन सहायता दिन्छ ।

किम्बदन्तिसँग आबद्ध वस्तुहरूको आकार र प्रकार भावनाले जोडिएको हुन्छ। ती बुंगलाई पनि हेर्दा सहजै अजिंगरका गिड हुन् भन्न गाह्रै पर्छ। तर पनि हाम्रा मानिसहरुले यसलाई कथामात्र नभएर कथाका पात्र स्वरूप ती साधारण बुंगलाई दुइ सय वर्ष पुग्न लाग्दा पनि भुलेनन् – यसैमा खुबी छ।

अजिंगरको पुच्छर हेरिसकेपछि हामी शरीरका अरु तीन सिंह, जो त्यही वनमा भएको निधो गरेका थियौ, हेर्न अघि बढ्यौँ । छेवैमा एउटा गोठ भेट्यौँ, गोठालो भेट्यौँ। त्यसले हामीलाई अरु दुइ सिंह भएको ठाउँमा पुर्याइदियो दुवै छेउछेवैमा थिए । पुच्कार हेरिसकेका हामीलाई ती पनि तिनै रंगका अंश हुन् भनी छुट्याउन गाह्रो थिएन। उठी ढुङ्गो, उठी इँट,उही किल्ला – सबै उही थिए। ती दुवै गिड़को लमाइ फीट र गोलाइ ६ फीट जति हुँदो हो । ती गिड़ पुच्छरतिरबाट गने चौथो र पाँचौ गिड अथवा बीच शरीर भए।

पुच्छरमाथिको तेस्रो गिड़ त्यही धारे डाँडाको सबैभन्दा मुनि थियो । प्राप्त सिंहहरुमध्ये शिर भेट्न बाँकी थियो । तर त्यो गिड रंगितको उस पार हुनाले हामी लेगसेपबाट सोर्सिग तर्ने पुलतिर झर्यौँ ।

पुलदेखि माथिको डाँड़ामा एउटा ठूलो आँपघारी भेटियो । यो आँपघारी पाँड़े काजीले रोपेका रे ! त्यस घारीमा यति ठूल्ठूला आपका वृक्ष छन् कि त्यस्ता वृक्ष त्यस क्षेत्रका वनमा पनि प्रायः छैनन् ।

सिक्किममा उन्नत ढंगको कृषिकला, पशुपालन, बागवानी जम्मै नेपालीहरुको आगमन पश्चात् भएकोले र नेपालीहरु आएर वैधानिक बसोबासो गरेपछि रोपिएका वृक्ष त्यति बृहताकारमा कहीँ पनि नपाइने हुनाले ती वृक्ष साँच्चै नै पाँड़े काजीका समयका हुन् भन्नमा कुनै अत्युक्ति ठहरिँदैन ।

रापदेचीबाट शत्रुहरुको पिछा गर्दै जुन बाटो भएर फौज हिँडेथ्यो, त्यो बाटो अत्यन्त बिकटिलो छ। तर जहाँ आँपघारी छ, त्यहाँ भने, एउटा सानो डम्म बसेको टार छ। गोर्खाली फौजले त्यस ठाउँमा थर्पु हालेर बसेको थियो भनी स्पष्टसँग अनुमान लाग्छ । यही युद्धको समयमा गोर्खाली फौजले महात्मा पद्मसम्भवले अष्टम शताब्दीमा सत्ययुगको पानीको पनि व्यवस्था मिलाई अनुष्ठान गरेको टासीडिंग गुम्बा लुटेथ्यो । यो गुम्बा फौजले लिएको मार्गमा नपर्ने हुनाले एक हुद्दा फौजले त्यहीं बसेर लुटको व्यवस्था गरेको अनुमान हुन्छ र लुटिसकेर फर्केर त्यहीँ गई विजयी फौजलाई पर्खेर बसेको कुरा पनि अड़कलको परिधिभित्र ल्याउन सकिन्छ । अझ भएन, विश्रामको आवश्यकता परेका कतिपय सैनिक तथा हाकिमहरुका निम्ति त्यस ठाउँमा विश्राम शिविर खड़ा गरिएको थियो । किनभने त्यस डाँड़ाको अवस्थिति यस्तो छ कि त्यहाँ बसेपछि शत्रुको भय हुँदैन। त्यहाँ हाकिमहरू पनि बसेका थिए नत्र नेपालबाट बोकेर ल्याएको आँप सबैलाई पुग्दैन्थ्यो त्यस समय त्यहाँ डेरा डण्डाको लागि फाँड़कुँड भएको थियो र पछि फालिएका आपका कोयाले सहजै बढ्ने मौका पाए। त्यहाँका आँप सिक्किमका आँपधारीका आँपभन्दा मिठा छन् ।

सोसिंग जाने पुलको मुखमा केही मास्तिर, गोजिंगतर्फबाट पारिपट्टि नदीको किनार एउटा सानो (ढिस्कन उठेको छ। वर्षाकालमा त्यस ढिस्कनाको देब्रेतर्फ पनि नदीको एउटा भंगालो आउने हुनाले त्यहाँ एउटा टापु बन्दछ। त्यही टापुमा अजिंगरको शिर अवस्थित पाइयो। जम्मै गिड हेरिसकेकालाई त्यो गिड चिन्न गाह्रो थिएन । त्यसको लगाइ र गोलाइ अ -गिड़कोभन्दा केही सानो हुँदा हो। सर्पको टाउको बीच शरीरभन्दा केही सानै हुन्छ । त्यस ढिस्कनलाई पानीले कहिल्यै छेप्तैन, पुर्दैन, न त भत्काएरै लान्छ। पौड़े काजीको सतले गर्दा ठाउँ सदैव सुरक्षित छ भन्ने मानिसको विश्वास छ ।

उपर्युक्त कथामा वर्णित ढुङ्गाका गिड़ कुनै दिन एउटै सोलोडोलो ढुंगा थियो र पछि कति कारणले गर्दा छुट्टिएको हो भनी भन्नसक्छ। ती गहस्प्रति वास्तमा दामोदर पाँडेको कुनै हात थियो थिएन यसै भन्न सकिँदैन तर त्यस अनकण्टारको ठाउँमा भएका ती साधारण ढुङ्गालाई मानिसले एक-एक गरी चिनेकोमा भने कुनै न कुनै रहस्य भनी गर्न सकिन्छ ।

पश्चिम सिक्किममा पौड़े काजी सम्बन्धी धेरै किम्बदन्ती प्रख्यात छन् । रापदेप्रचीदेखि प्रायः पाँच छ माइल पश्चिमतिर पर्ने रानीढुंगा भन्ने ठाउँका कतिपय ढुंगामा मानिस तथा घोड़ाका पाइलाका अकारका छापहरू पाइन्छन्। मानिस यो छापलाई पनि पाँड़े काजीको नाउँसँग जोड्छ । गाठोलिय गुम्बानिरका ढुंगाहरूमा पनि यस्ता धेरै छापहरू छन् ती सबै पाँड़े काजी र उनको घोड़ाका पाइलाका छाप हुन् भनिन्छ। त्यस भेकका कतिपय पहरामा पाँड़े काजीका मणिमाणिक्यले भरिएका तीबा गाया छन्, तर तिनलाई अजिंगरले बेरेर राखेका हुन्छन् र धर्मात्माले मात्र यो दृश्य देख्न सक्छ भन्ने किम्बदन्ति धेरै पाइन्छन्

यी कथाहरुका पक्षमा अथवा विपक्षमा उभिने हामीलाई कुनै चासो छैन । यति भने भन्न सकिन्छ कि यो सम्झना पनि वीर पूजाको एउटा ढंग हो। यसैगा आजपर्यन्त जीवित छन् प्रातः स्मरणीय वीर पाँडे काजी !