‘क्याची’ टाइटल राखेको ध्यानाकर्षणलाई मात्र हैन ! वास्तवमा यौनको यो पक्ष्य एकदमै मानव विकाशको क्रमसँग सम्बन्धित छ । मास्टर एण्ड जोन्सन को Human Sexual Response र नेओमि उल्फको साहसिक शीर्षकवाला पुस्तक (Vagina) पढ्नुभयो भने पक्कै केही लेखौं जस्तो लाग्छ ।

यसमा बहस जरुरी छैन कि सेक्स जीव विकाशदेखि लिएर आत्मिक सन्तुष्टिको प्रमुख कारक हो । चतुर कृष्णले समेत आफ्नो शीर्षस्थ स्थान भजाउने क्रममा गीतामा भनेका छन ‘प्रजनश्चास्मि कन्दर्पः सर्पाणामस्मि वासुकिः १०-२८ ‘अर्थात प्रजननको कारणहरूमा म सेक्स हूँ (मैले कन्दर्पलाई सेक्स भनेको छु – शाब्दिक अर्थ – कामदेव ), प्रकृतिले पनि सेक्सलाई उच्चतम कोटीको जनावरहरूको प्रजनन वा जीनको निरन्तरताको लागि चुनेकी छिन । जुन कुरा जीनको निरन्तरतासँग सम्बन्धित हुन्छ त्यो कुरा जीवहरूलाई अत्यन्तै मन पर्छ – नशा जस्तै लाग्छ । अर्को किसिमले भन्ने हो भने – जसलाई यस्तो हुन्छ उनीहरू नै बाँच्न र सन्तान फैलाउन फिट हुन्छन् ।

हजुरहरूलाई प्राय: जसो गुलियो र चिल्लो किन मिठो लाग्ने ? किनकि यी तत्त्वहरूमा बढी शक्ति छ र बाँच्न सहयोग हुन्छ – कालान्तरमा सन्तान उत्पन्न गर्न । गुलियो चिल्लोले आनन्द दिन छोड्यो भने मानव जातिकै नाश हुन्छ अन्तत . सेक्स पनि त्यस्तै हो ।  विचार गर्नुहोस सेक्सले आनन्द नदिने भए – खेतमा काम गरेजस्तो दुख मात्र पाइने भए को गर्छ । मानव जातीमा (र सायद अन्य जनाबार पनि ) सेक्सको चरम सुख को अवस्था अर्ग्याज्म हो । अब यसको सविस्तार वर्णन नगरूँ – तर यत्ति भनु कि सेक्सको (मैले सेक्सलाई sexual intercourse को रूपमा भनिरछु ) अवधिभर आनन्द हुन्छ नै तर अर्ग्याज्म त्यो विशेष – तर छोटो – क्षण हो जसमा सेक्स को ‘कन्क्लुजन ‘हुन्छ र पुरुषहरूमा ‘इज्याकुलेशन’अर्थात् वीर्यपात हुन्छ ।

प्रसँगवश – अर्ग्याज्म हुँदा भित्री यौनाङ्गहरूको मांसपेशी यति स्पाज्म हुन्छ कि यदि आनन्द नहुने भए जो कोही पनि पीडाले मुर्छा पर्थ्यो ! झन्डै मृगौलामा ढुंगा भए जस्तो लेवलको दुखाइ !! अब यो पनि बुझ्नु  होला कि अर्ग्याज्ममा कुन तहको आनन्द हुन्छ – त्यस्तो दर्दलाई तठस्थिकरण गर्न रजनीश (ओशो) को ‘सम्भोगबाट समाधि तिर’भन्ने पुस्तक चर्चित छ – उनले यो विज्ञान चाहिँ बुझेका हैनन् ।

रुबन जोशी

अर्ग्याज्मको राजनीति प्रजननबाट शुरु हुन्छ । मानिस जाती ( सायद धेरै अरू जनावारमा पनि ) मा प्रजननको लागि पुरुषहरूको अर्ग्याज्म सामन्यतया आवश्यक छ तर महिलाहरूमा जरुरी छैन । तर हेक्का राख्नुस – स्त्रीहरूमा पनि अर्ग्याज्म भयो भने गर्भवती हुने चान्स निश्चय नै बढ्छ । यसमा प्रकृतिकै पनि अलिकति पक्षपात छ – प्रकृतिले नारीको चरमआनन्दलाई भन्दा प्रजनन हुने प्रक्रियालाई मध्यनजर राखेकी छिन । अन्वेषणले पत्ता लागाएको छ कि मानिस बाहेक अन्य स्तनधारी पोथी जनावारमा पनि सेक्सको मजा र सायद अर्ग्याज्म नै पनि अनुभव गर्ने क्षमता छ । तर प्रकृतिको यो पक्षपात पुरुष र स्त्रीको प्रजननको फरकपनले गर्दा भएको हो ।

पुरुषको शुक्रकीट (sperm) र महिलाको डिम्ब (ovum) मिलेर भ्रूण बन्छ । मानिसको केसमा – महिलाहरूमा सामान्यतया एक महिनामा एउटा डिम्ब तयार हुन्छ – प्रजननको लागि । पुरुषमा भने शुक्रकीट टेस्टिस मा दिनदिनै लाखौँ को संख्यामा बनिरहेका हुन्छन्  र भित्री जननेद्रियमा स्टोर भएर बस्छन् । अर्ग्याज्म हुदा वीर्यमा मिसिएर एक पटकमा लाखौंदेखि करोडौंको संख्यामा निस्कन्छन् – केवल एउटा डिम्बसँग समायोजन हुने लक्ष्य लिएर ।

प्रकृतिको यो राजनीति बुझ्नु भयो त ? महिलाहरूलाई महिनामा एक पटक प्रजननको मौका हुन्छ तर पुरुषहरूलाई दिनदिनै वा अझ छिन्छिन्मै । यो अर्थमा – महिलाहरूको योगदान एकदमै विशेष हो – र उनीहरूबाट योगदान हुने X क्रोमोजोम अझ विशिष्ट । अब प्रत्येक सम्भोगमा महिलाको अर्ग्याज्म भए मात्रै डिम्ब निस्कने हो भने प्रजननको चान्स एकदम कम हुन्छ । पुरुषको प्रत्येकपल्ट अर्ग्याज्म नहुने हो भने महिलाको डिम्ब निस्कने बेलामा उसको शुक्रकीट नजाने भयो ! अतिरिक्त कारण यो पनि छ कि महिला डिम्ब जस्तो ‘पर्फेक्ट’ प्रत्येक शुक्रकीट हुँदैनन् – र करोडौं शुक्रकीटबाट अब्बल छानिनु पर्यो । त्यसैले एकैपल्ट ठुलो मात्रामा शुक्रकीटको प्रवेश हुन पर्यो – जुन पुरुष अर्ग्याज्मबाट मात्र सम्भव छ । सो के भन्न खोजें भने सेक्सबाट दुवै – महिला र पुरुषले आनन्द लिने भए पनि त्यो चरम आनन्द वा अर्ग्याज्मको जैविक कारणमा भने टेक्निकल कारणवश महिलाहरूलाई घाटा परेको छ । वास्तवमा यो घाटा सानोतिनो घाटा हैन । भौतिक संसारको लगभग सबभन्दा आनन्ददायी क्षणको अनुभव नै गर्न नपाउनु भनेको सामान्य कुरा हैन । अन्वेषणले देखाएको छ कि सामन्य तया अधिकांश नारीहरूले अर्ग्याज्मको अनुभव गर्नै पाएका छैनन् र जसले गरेका छन् उनीहरूले पनि प्रत्येक सम्भोगमा बिरलै अनुभव गर्छन । यसको मुख्य कारण नारीहरूको अर्ग्याज्म हुने क्षमता कम भएर हैन – उनीहरूको पुरुष साथी स्वार्थी वा अनभिज्ञ भएर हो । मैले भर्खरै मात्रै फेसबुकमा पोस्ट भएको लेख पढेको थिएँ कि महिलाहरूले आफैंले हस्तमैथुन (masturbation) गरे भने झन्डै ९०% ले अर्ग्याज्म प्राप्त गर्छन । यसको अर्थ स्पष्ट छ – पुरुषहरूले सम्भोगको बेला आफ्नो महिलाको ‘उचित ठाउँ’ मा ध्यान पुउँदैनन् । यसलाई अरू वर्णन नगरूँ – अर्कै तहको लेख हुन जाला तर यो एउटा कुरा भनिहालूं कि महिलाहरूको सब भन्दा यौनोत्तेजक भाग वा G spot प्रायशः क्लाइटोरिस भन्ने सानो भाग हुन्छ . र मैले भन्न खोजेको राजनीतिको अर्को पक्ष यो सँग सम्बन्धित छ ।

महिलाहरूले अर्ग्याज्मको अनुभव गर्न नपाउनुको अर्को सामाजिक पाटो छ – चरम पितृसत्तावाद ।  निश्चय नै विकासोन्मुख र नारी शिक्षा कम भएका मुलुकमा यो समस्या झन् ठुलो छ  ।

जहाँ पुरुषहरूको यौन सुखलाई जरुरी र सामान्य मानिन्छ त्यहाँ नारीहरूलाई यो सुख जरुरी छैन भन्ने मात्र हैन कि यस्तो खोज्ने नारीहरूलाई लाज नभएकी, उत्तौली, अझ चरित्रहीनसम्मको संज्ञा दिन हाम्रै पढेलेखेका पुरुष साथीहरू (सम्भवतः कतिपय महिलाहरूसमेत) पछि पर्दैनन् । सुन्ने गरिन्छ कि पुरुषहरू उनीहरूले चाहेको बेला, चाहेको किसिम र अवधिभर मज्जा लिन्छन्, आफ्नो यौनसाथीको इच्छा जागे भयो ।  यस्तो मानसिकताले सामान्य सेक्सको समेत मज्जा आउँदैन – अझ सम्भोग पीडादायी हुन्छ ।

नेपाली पुरुषहरूले सम्भोगलाई (विशेषा गरी बिबाहेतर सम्भोग – extramarital sex) लाई गजब को नामले भनेको सुन्छु – जस्तै ठोक्ने, हान्ने, चढ्ने – लगभग महिलाहरूलाई सजायको रूपले पो पेश गर्छन सेक्सलाई ! महिलाहरू त लाज मानेर सेक्सलाई ‘सहेर’ वा अझ केही दर्द भैइरहेको आवेग पो उनीहरू खोज्ने रहेछन् । यस्तो यौनसम्बन्धले कसरी महिलाहरूलाई अर्ग्याज्म दिलाउँछ  ?

यसको अझ चरम अवस्था केही अरू देशमा छ । ती ठाउँहरूमा महिलाको यौन आनन्दको प्रमुख भाग जुन मैले भनेको थिएँ (क्लाइटोरिस) लाई सानै उमेरमा काटेर मिल्काउन लाउँछन् । एकदमै पीडादायक यो प्रक्रिया उनीहरूलाई भविष्यमा  यौनको मज्जा नहोस् भनेर गर्छन् । पितृसत्तात्मक सोचाइमा महिलाले यौन सुख लिनु अपराध वा अपराधको कारण मानिन्छ । आशा गरौं कि यस्तो सोचाइमा ‘र्याडिकल’ परिवर्तन आओस् ।

हामी पुरुषहरूले आफ्ना महिला यौन सँगतीहरूको आवश्यकता बुझौँ – अचेल यस्ता सूचनाहरू सजिलै भेटिन्छन् । सूचित र यौन-शिक्षित हुन एकदम जरुरी छ । हामी महिलाहरूले पनि यसको अतिरिक्त यो जानौँ कि आफैंले मज्जा लिनू – हस्तमैथुन – कुनै अपराध होइन र यसले स्वास्थ्य, पुरुषसँगको सम्बन्धमा कुनै हानी  पुर्याउँदैन । बरु मदत गर्छ । सम्भव भए आफ्ना पुरुष साथीहरूलाई ‘तालिम’दिऊँ – ता कि उनीहरू हजुरको आवश्यकताप्रति संवेदनशील होऊन् ।