वास्तवमा लेख्नैपर्ने थियो मैले उहाँको बारेमा । तर लेखिनँ । लेख्न नसकेर वा मन नलागेर पनि होइन । तर पनि लेख्दिनँ, किन ? आफूूसँग आफ्नै प्रश्न छ । उत्तरजतिकै अनभिज्ञ छुु । जतिखेर म उहाँका गीतहरू रेडियोमा सुुन्छुु र टेलिभिजनमा हेर्छुु, त्यसपछि उहाँको बारेमा केही नलेखिएकोमा मन भारी हुुन्छ । बैठककोठामा झुण्डिएको उहाँको नामको सम्मानपत्र देख्छुु । त्यति बेला हुनसम्म मन थिचिन्छ । कहिलेकहीँ र्याकका पुुस्तकहरू चलाउँदा, उहाँको गीतसङ्ग्रह आगोका फूूलहरू देखेपछि मन कटक्कै भाँचिन्छ । यसरी मन दुुखाएर, मनमाथि बोझ थोपरेर, मन भाँचेर पनि उहाँको बारेमा किन लेखिनँ ? आफ्नो ज्याद्रोपनदेखि पनि अचम्म लाग्छ आफैँसँग ।

उहाँसँगको सम्बन्ध र सौहार्दलाई मृत्युुपछि पनि पटक्कै देखाउन सकिनँ मैले । संवेदनाका कुनै अक्षरहरू विज्ञापन गर्न सकिनँ । श्रद्धाञ्जलीका कुनै संस्मरण लेखेर छपाउन सकिनँ ।

अहिले अखबारहरूको बढ्दो प्रभावले हो वा मान्छे—मान्छेबीचको सम्बन्ध हार्दिकभन्दा बढी प्रदर्शनात्मक र प्रचारात्मक भएर हो, मित्र होस् वा आफन्तको प्रचार गर्न पैसा खर्च गर्नुैपर्ने भएको छ । मृतकको तस्बिरमुनि शोकाकुुल भयौँ भन्नेहरूको नाम जति ठूूलो ठाउँमा छापियो, त्यति नै धेरै दुुःखी भएको प्रमाणित हुने गरेको छ । बाध्यताजस्तै बनेको छ यो आजको चलन । नत्र त न मरेको मान्छे मरेकै हो भनेर सरकारी पुुष्टि हुने, न दुुःखमनाउ गर्नेहरू प्रमाणित हुने । यो पैसा र प्रचारको कस्तो जमाना आयो ? मर्नेहरूप्रतिको भावना पनि तौलेर देखाउनुुपर्ने । व्यावसायिकीकरणको दृष्टिले योभन्दा चरम सफलता अरू के हुनसक्ला र ? यस्तै क्रम बढ्दै जाने हो भने भोलिपर्सि लोग्नेले स्वास्नीलाई, स्वास्नीले लोग्नेलाई म तिमीलाई यतिसम्म माया गर्छु भनेर पुष्टि गर्नुपर्ने हुन्छ । प्रेमी प्रेमिकाले प्रेमको निम्ति म योसम्म उत्सर्ग गर्नसक्छुु भनेर विज्ञापन छाप्ने दिन नआउला भन्न सकिन्न । मृत्युुमा समवेदना विज्ञापन गर्ने हाम्रो समाज जन्मोत्सवमा शुुभकामना विज्ञापन गर्न किन कन्जुुस्याइँ गरिराखेको छ ? यो बुुझ्न सकेको छैन मैले । लाग्छ, बुुझ्न त्यति सजिलो पनि छैन ।

म यस्तो देखिने र देखाउने कुुरामा जहिले पनि पछाडि परेको छुु । भनौँ समयअनुुसार बन्न र हिँड्न जानिनँ मैले । अझै भन्ने हो भने समयलाई क्यास गर्न सक्दिनँ म । निकट मित्र वा आफन्त ठूूलो ओहोदामा पुुग्दा भेट्न जान सक्दिनँ म । विशेष कार्य र परिस्थितिलाई छोड्ने हो भने यस मामिलामा हुनसम्मको कमजोर छुु म । ठूूलो पदमा पुुगेपछि जति नै निकट भए पनि स्वार्थले आएको भनेर सोच्न सक्छन् । व्यस्तताको नाममा भेटै नगर्न पनि सक्छन् । त्यस्तो क्षणमा हार्दिकता, निकटता कसरी भाँचिन्छ होला ? यस्तै सोच्ने गर्छुु म । आफ्नो कुनै स्वार्थ नभए पनि वरपर देख्नेहरूले त भनिहाल्छन्, ‘यसले पनि चाकरी गर्न थाल्यो’ भनेर । हुन त प्रचलन विपरीतको छ । चिन्दै नचिनेका र वास्तै नगर्नेले पनि गोरु बेचेको साइनो लगाएर, एउटै जात र एउटै क्षेत्रको सम्बन्ध जोडेर काम फत्ते गर्ने चलन छ ।

शोक परेको ठाउँमा म हतपती जाने गर्दिनँ । एक्लै त जाँदैजाँन्नँ भन्दा हुन्छ । लोकाचारका लागि जानैपर्ने ठाउँमा पनि समूूहमा जान्छुु । त्यसो त मान्छे चाहिने भनेको जिउँदामा जन्ती र मर्दामा मलामी नै हो । सुुखदुुःखमा मान्छे चिन्न सजिलो हुुन्छ पनि । कुनै उपलब्धीमा बधाई दिनेको गणना हुनेगर्छ । मानवीय स्वभाव हो । के मानवीय मात्र भन्नुु ? भगवान् भन्नेको स्वभाव नै त्यस्तै छ । महादेवकी पत्नी पार्वतीले आफूलाई पुुत्रलाभ हुुँदा त्यस्तै त भनेकी थिइन् भस्मासुर नआउँदा ? भलै अरूसामुु व्यक्त गरिएन भने पनि आफ्नो मनको अभिलेखमा रहि नै रहन्छ । त्यस्तै दुुःख पर्दा त भन्ने चलनै छ — यस्तो दुुःख पर्दा फलानोले खुुट्टा समेत राखेन ।

सामाजिक भएर बाँच्न चाहनेका लागि महत्त्वपूूर्ण पक्ष हो । असामाजिक हुने मेरो अभीष्ट हुुँदै होइन । म अरू रोएको हेर्न सक्दिनँ र बिलौना गरेको मान्छेलाई फकाउन र सान्त्वना दिन पनि जान्दिनँ ।

श्रीविक्रम राणा

सन्दर्भ हो कवि, गीतकार, पत्रकार तथा चराविशेषज्ञ श्रीविक्रम राणाको । मृत्यु हुुँदा उहाँको उमेर ४५ वर्ष मात्र भएको थियो । उहाँको मृत्युु चलनचल्तीको असामयिक मात्र नभई वास्तवमै असामयिक र दुुःखद थियो । मृत्युुलाई दुुःखद भन्न खोजेको होइन । मृत्युु अस्वाभाविक हुुँदै होइन । चाहेर वा नचाहेर कसैले वशमा राख्न सक्दैन मृत्युलाई । सबैले भोग्नैुपर्ने सत्य हो यो । मृत्युु सबैका लागि स्वाभाविक र स्वीकार्य हुन्छ । त्यसैले आजसम्म ‘कहिल्यै मर्न नपरोस्’ भनेर कुनै मन्दिरमा प्रार्थना र यज्ञ गरेका छैनन् कसैले । सदा बाँचिरहन कोही पनि चाहँदैनन् । हरेक विषयमा खोजी गर्ने वैज्ञानिकहरू पनि चुुप लागेका छन् यस विषयमा । सबै कुुराको विकल्प र उपचार खोज्ने विज्ञानले मृत्युुको औषधी खोज्ने प्रयाससम्म गरेका छैनन् । यद्यपि आश्चर्यमा छुु, दैनिक मान्छेहरू मरिरहेका छन्, जन्मिरहेका पनि छन् । मरेको देखेर नजन्मिने वा नजन्माउने कोही छैनन् । तर बाँच्ने शैली भने कहिल्यै मर्नै नपर्नेजस्तो गरी बाँच्नेहरूसँग आश्चर्यचकित छुु ।
सामान्यतया मृतकसँगको संस्मरणमा इमान्दार हुने नगरेको आरोप छ । मर्नेले प्रतिवाद नगर्ने भएपछि काल्पनिक घटनाबाट मपाइँत्व छाँट्ने गरेका छन् । हुनसम्मको निकटताको व्याख्या गर्ने, कतिपय घटनालाई अतिरञ्जित गरेर आफ्नो प्रशंसा गर्ने पनि कम छैनन् । मरेकाको नाममा घीनलाग्दो राजनीति गर्ने बेइमानहरू आफूूचाहिँ अजम्मरी ठान्दछन् । लेखनको न्यायालयमा अधर्मी र पापी ठहर्छन् ।

श्रीविक्रम राणाको मृत्युुलाई मैले दुुःखद नै भनेँ । राजधानीजस्तो हल्ला हुुने र चर्चा पाउने ठाउँमा उहाँले भूूमिगतझैँ मृत्युु भोग्नुपर्यो । उहाँको लास नौ दिनसम्म अस्पतालमा बेवारिसे हुनुु पटक्कै सुुहाउने कुुरा होइन । त्यत्रो लेखकको त्यस्तो मृत्युु कसरी सामयिक हुनसक्छ ? उहाँको मृत्युु दुुःखद र असामयिक पनि हो । नौ सालमा जन्मेको मान्छेको मृत्यु चवन्नमा हुँदा ।

श्रीओम श्रेष्ठ ‘रोदन’

उहाँ सानो लेखक हुुँदै होइन । वि.स. २०२९ मा ‘खियाऊ हातका नङ्ग्रा’ शीर्षकमा नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको कविता महोत्सवमा प्रथम हुुनुुभएका कवि । ‘घटना र विचार’ साप्ताहिकमा नियमित स्तम्भ लेख्ने स्तम्भकार । सचेत नागरिक र सचेत पत्रकार पनि । उहाँका कतिपय गीतहरू चलचित्रको विज्ञापनमा बजिरहन्थे । उहाँले सम्पादन गरेका चलचित्र पत्रिकाहरू अत्यधिक बिक्री भइरहेको समय थियो त्यो । त्यतिबेला उहाँका कविता, गीत र चरासम्बन्धी रचनाहरू स्थापित पत्रिकाहरूमा नियमित प्रायः प्रकाशित भइरहन्थे ।

उहाँका रचना धेरैले गुनगुुनाउँदै हिँड्ने । गीत, कविता, धेरैलाई मनपर्ने । चरासम्बन्धी लेखको विशेष महत्त्व हुुने । अन्य लेखहरूमाथि पनि वादविवाद हुने । त्यही व्यक्तिको मृत्युुचाहिँ गोप्य रहने त्यो पनि चर्चाको सहरमा । त्यसैले उहाँको मृत्युुलाई सामयिक, सामाजिक मान्न नसकेको मैले । किन यस्तो भयो स्थापित साहित्यकारको ? हुन त उहाँ बाँचुुन्जेल पनि भीडमा एक्लो भएर बाँच्नुुभयो । मर्दा पनि एक्लो, एकान्त र बेवारिस । मेरो चित्तदुुखाइ भनेको यति हो ।
तीन वर्षपछि अर्थात् अन्ठाउन्न सालमा लेखिरहेको छुु । दायित्वजस्तै बनेको छ उहाँको बारेमा लेख्ने । उहाँ आफैँले तयारी गरिसकेँ भनेको गीतसङ्ग्रहको लागि सानो मन्तव्य बाध्यतापूूर्वक लेखेको थिएँ । त्यही नामको पुुस्तक मृत्युुपश्चात प्रकाशित भए पनि सो मन्तव्य प्रयोग भएन । नामको अगाडि स्व. थपिएको छ र उहाँको भनाइ पनि राखिएको छ । श्रीविक्रम राणा स्मृति समितिको नाममा ।

उहाँको स्मृतिमा साधना कला केन्द्रले कला पत्रकारिताको क्षेत्रमा विशेष योगदान पुुर्याउने कलापत्रकारलाई दिने गरी राखिएको ‘श्रीविक्रम राणा स्मृति साधना सम्मान’ पहिलोपटक पाउने सौभाग्य मैले नै पाएँ, छपन्नमा । कलापत्रकारितामा उहाँको योगदान अतुुलनीय छ । उहाँ आफ्नो नामका साथसाथै अरूका नाममा पनि कतिपय सिनेपत्रिकाको सम्पादन गर्नुुहुुन्थ्यो । सामान्य पारिश्रमिकमा अरूका लागि लेख्ने काम धेरे गर्नुुभयो उहाँले । उहाँलाई पहिलो रङ्गपत्रकारका रूपमा पत्रकार, साहित्यकार तथा सम्पादक हरि मञ्जुुश्रीले अभिनन्दन पनि गर्नुुभएको थियो ।

श्रीदाइका अनुुसार गीतसङ्ग्रह घाउका फूूलहरू सम्पूूर्ण रूपमा तयार भइसकेको थियो । उहाँ भन्नुुहुुन्थ्यो, “सङ्ग्रहमा एक जना वरिष्ठ गीतकारको भूूमिका राखेको छुु । तपाईँ चाहिँ मेरो रचना होइन, मलाई हेरेर केही लेखिदिनुुपर्यो ।”

यसरी उहाँले एकपटक होइन, दुुईपटक होइन, धेरैपटक भनेपछि मात्र लेखेको थिएँ । नलेखुुन्जेलसम्म मलाई जहाँ भेट हुुँदा पनि उहाँ, “बाबुुले मलाई त्यति पनि पत्याउनुु भएन” भन्दै अँगालो मार्नुुहुुन्थ्यो ।

उहाँ प्रायः मधुुपर्कमा आइरहनुुहुुन्थ्यो । गोरखापत्रमा चरासम्बन्धी रचना दिन आउँदा पनि भेटघाट हुने गथ्र्यो । बागबजार चोकमा प्रायः साँझ भेट हुन्थ्यो हाम्रो । मधुुपर्कमा आउनुहुुँदा र बागबजारमा भेट्दा नपिएको कमै मात्र भेटिनुुहुुन्थ्यो । त्यसैले धेरै समयसम्म पिएको बेलाको कुुरा भनेर पत्याएको थिइनँ । तर पिएको बेला झन् सत्य बोल्नुुहुुने पछि मात्र थाहा भयो मलाई ।

भेट हुनासाथ केही न केही कुुरा गरिहाल्नुुहुुन्थ्यो । कहिले बर्डस् सोसाइटीमा सघाउने कुरा, कहिले कलाकार पत्रकारहरूसँगका रोचक संस्मरण । धेरैजसो चाहिँ आफ्नो दुुःखको कुरा गर्नुुहुुन्थ्यो । आफ्नो सम्पति बेइमानी गरेर खाइदिएको र ससुुरालीमा शरण परेको कथा रुँदै सुुनाउनुहुुन्थ्यो । उहाँ बोल्न थालेपछि म चुुपचाप सुुनिरहन्थेँ । पछि सम्झाउन थालेपछि अँगालो हालेर रुनुुहुुन्थ्यो । अँगालो मार्दा उहाँको मुुखबाट निस्कने रक्सीको गन्ध भने सहिनसक्नुु हुुन्थ्यो ।

मजस्तो साहित्यको सिकारु मान्छेलाई त्यत्रो व्यक्तिले पुुस्तकमा लेख्ने अवसर दिनुु मेरो निम्ति गौरव र अवसर थियो । फेरि कृतिको बारेमा नभई आफ्नो बारेमा लेख भन्नुुभएकोले २०५३ असार २ गते ‘खोइ के भन्नुु मैले’ यस्तो लेखेको थिएँ —

श्रीविक्रम राणा अर्थात् श्रीदाइ । उहाँसँग कहिलेदेखि परिचय भयो, तिथिमिति याद छैन । आवश्यकता पनि परोइन । तिथिमिति जुराएर औपचारिकताको निर्वाह पनि भएको थिएन ।

अहिले घाउका फूूलहरू निस्कन लागेको रहेछ । यति अग्रज स्रष्टाले आफ्नो पहिलो कृतिमा मलाई सम्झनुुभएकोमा लाख भएको छ मलाई । श्रीदाइलाई थुुप्रै घाउहरू लागेका छन् तर पाप्रा बनाएर कसैसँग दया खोज्नुुहुुन्न । उहाँ आफ्नो पीडा आफैँ पिउँदै अरूका सामुु मुुस्कुुराउनुु हुुन्छ । त्यसैले उहाँ भन्नुुहुुन्छ, “म आगो भएर जन्मेँ, खरानी भएर हुुर्केँ, त्यसैले म काँडा मन पराउँछुु ।”

वि.स. २०२९ मा उहाँ प्रज्ञा प्रतिष्ठानको कविता प्रतियोगितामा प्रथम हुनुुभयो । उहाँले २०२२ मा रेडियोमा गीत रेकर्डिङ गर्नुुभयो । चलचित्र पत्रकारितामा आजसम्म कलम घोटेर रेडियो र चलचित्रका गीतहरू जन्माइरहनुु भएको छ । नेपाल मात्र नभई विश्वमै दुुलर्भ मानिने चरासम्बन्धी लेखक हुनुुभएर पनि उहाँ हुनुुपर्ने जस्तो बन्नुुभएको छैन र बन्नुुपर्ने जस्तो हुन सक्नुुभएको छैन ।

श्रीदाइले धेरै क्षेत्रमा आफ्नो प्रभुुत्व जमाउनुुभएको छ । भविष्य उज्यालो बनाउनुुभएको छ तर वर्तमान भने मदिराले धमिलो बनाउनुुभएको छ । त्यसैले उहाँलाई टाढाबाट पढ्दा र सुुन्दा जुन उचाई भेटिन्छ, निकटमा पाउन सकिँदैन । कमजोरी नै हो यो उहाँको ।

श्रीदाइ धेरैबाट शोषित हुुनुुहुुन्छ । उहाँको नाम र कामलाई प्रयोग गरेर धेरैले आ—आफ्नो कीर्ति कायम गरेका छन् । उहाँका कतिपय कलमहरूमा आफ्नो नाम खोपेका छन् । सुुनेको छु उहाँलाई लुुछेर बलिया बन्नेहरू पनि प्रतिष्ठित बनेका छन् ,नत्र त्यसै किन लेख्नुुहुुन्थ्यो श्रीदाइले

म आँसुु पिएर रक्सी पिउँछुु
तर तिमी छेउ दुुःख देखाउन
म कहिले आउँदिन ।

श्रीदाइ होसमा पनि बेहोसी बन्नुुहुुन्छ, बेहोसी भएर होसमा कुुरा गर्नुुहुुन्छ । हाँसेर रुनुुहुुन्छ, रोएर हाँस्नुुहुुन्छ । उहाँ बोलेर केही भन्नुुहुुन्न, नबोलेर धेरै भन्नुुहुुन्छ । यसलाई उहाँको पीडाको अभिव्यक्ति मान्न सकिन्छ किनकि उहाँका यी घाउका फूूलहरू हुन् ।

मैले लेखेर दिएँ उहाँलाई । त्यो दिन मभन्दा धेरै खुुसी उहाँ हुनुुभएको थियो । हात जोडेर रुँदै भन्नुुभएको अहिले पनि मेरो कानमा गुुञ्जिरहन्छन् — “म देख्दा जति खराब छुु, त्यस्तो त म छैन नि, तपाईँहरू जस्ता मलाई माया गर्ने भाइहरू हुुनुुहुुन्छ, प्रर्याप्त छ मलाई ।”

अहिलेसम्म कति लेखहरू लेख्नुुभयो ? त्यसको अभिलेख कतै सुरक्षित छ कि छैन थाहा छैन । कतिवटा कविताहरू लेख्नुुभयो ? कतिवटा गीतहरू लेख्नुुभयो ? कति अप्रकाशित रचनाहरू कहाँकहाँ छन् ? कति गीत रेडियोमा बजेका छन् ? कति चलचित्रमा छायाङ्कन भएका छन् ? उहाँका कतिवटा अन्तर्वार्ता प्रकाशित छन् ? आदि सबैको लेखाजोखा राख्ने उहाँको मृत्युुको तातात्तै गठन भएको ‘श्रीविक्रम राणा स्मृति समिति’ को हो । हतारिएर गीतसङ्ग्रह प्रकाशन गर्नेबाहेक समितिबाट अन्य कुनै काम भएको थाहा छैन । मेरो अल्पज्ञान पनि हुनसक्छ ।

मलाई धेरै ज्ञान छैन तर ‘नेपाली बाबुु’ चलचित्रका गीतहरू उहाँको अन्तिम चलचित्रको गीत हो कि ? दीपक जङ्गमले गाएको— त्यो दिन याद आयो….., ओमविक्रम बिष्टले गाएको— ‘नभनिदेऊ मेरो ओठको लाली चोरी लग्यो भनेर’ जस्ता अत्यन्त लोकप्रिय र सफल गीतहरू हुन् । खोज्दै जाने हो भने अरु धेरै भेटिन्छन् नै ।

उहाँसँग पहिलो भेट र परिचय कहिले भयो भन्ने सम्झना छैन । निकटता भने वि.स. २०५१ साल वैशाख १ गते सुुनकोशी साहित्य प्रतिष्ठानको यात्रामा भएको थियो । कविवर केदारमान व्यथितलाई अभिनन्दन गर्न उहाँको जन्मथलो सिन्धुपलान्चोकको बाहुुनपाटी जाँदा चिनजान भएको थियो । हामी हरि मञ्जुुश्री, युुवराजजी, ज्ञानेन्द्रजी, विष्णुुजी, श्रीदाइ र म बसको अन्तिम सिटमा परेका थियौँ । बाटोभरि उहाँले मुुक्तक र सायरी सुुनाएर हुनसम्मको रमाइलो गर्नुुभएको थियो । यात्राको दुुरी र थकाइलाई हामीले हाँसेर र्बिर्सएका थियौँ । त्यसपछि हाम्रो भेट प्रायः भइरहन्थ्यो— साहित्य र रङ्गपत्रकारिता दुुवैको निहुुँले ।

उहाँसित बिताएका थुुप्रै क्षणहरू संस्मरणीय छन् तर सबै लेख्न सम्भव छैन । यहाँ एक गीत उद्धृत गर्न खोजिरहेको छुु, गीतमा उहाँले जिउँदोको कथा र मरेपछिको कामना पनि गर्नुुभएको छ—

म मरे पनि कोही नरुनुु्
कसैले मलाई श्रद्धाञ्जली नदिनुु

बाँच्दाको जन्ती भन्छन् मर्दाको मलामी
देखौटी आँसु झारेर नदेऊ अन्तिम सलामी
जब दिन्छन् भगवान्लाई नै यहाँ धोका
कसले गर्ने यहाँ मानिसको लेखाजोखा
बाँच्दा कोही भएनन्, कहाँ दुुख्यो पनि सोधेनन्
पाएसम्म चिथोर्न बरु कसैले छोडेनन्
सबैलाई बधाई, मेरो अन्तिम बिदाइ
श्रदृाञ्जली नदिनूू व्यर्थै बिन्ती मलाई ।