साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

नेपालकै हो विक्रम संवत् !

व्यावहारिक वैज्ञानिक विक्रम संवत् हो यो प्रमाणित भइसकेको छ । यसले धार्मिक, सामाजिकदेखि प्रशासनिक आदि सबै क्षेत्रलाई समेटेको छ । यसको समयमापन पद्धतिलाई सही मानिएको छ । समय मापनको क्षेत्रमा यसको आफ्नै मापदण्ड छ । यसको आधारमा गरिएको मापन संसारको जुनसुकै कुनामा पनि मेल खाने गरेको छ ।

Chovar Blues Mobile Size

प्राकृतिक परिवर्तनमा देखिने निश्चित क्रम वा प्रणालीको आवृत्तिलाई ध्यानमा राखेर त्यसको आरम्भ विन्दुबाट नयाँ–नयाँ वर्ष गणना गर्दै जाने चलन विश्वभर प्रचलित छ ।

स्थानगत विभिन्नता र सांस्कृतिक विविधताले गर्दा त्यसमा एकरूपता नभए पनि प्रायः सबैमा आ–आफ्ना सांस्कृतिक पक्ष, आदि सबै वा कुनै न कुनै एउटा अवश्य गाँसिएका हुन्छन् ।

हरेक पक्षबाट विचार गर्दा नेपाल विविधता र विचित्रताले भरिपूर्ण देश हो । विक्रम संवत् अनुसार नयाँ वर्षको प्रारम्भ वैशाख १ गतेबाट हुन्छ । नेपालमा फरक फरक समयमा नयाँ वर्ष मनाउने समूह पनि नभएका होइनन् । वर्तमान नेपालको परिवर्तित परिस्थिति आ–आफ्नो अस्तित्व र पहिचान एवं मौलिक परम्परा कायम गर्ने–गराउने अवसर वा होडबाजीका रूपमा परिणत भएको महसुस हुँदै गएको पनि देखिन्छ । विक्रम संवत्को बारेमा व्यापक छलफल र अनुसन्धानको आवश्यकता देखिएको छ— यस संवत्प्रति नेपालीको आफ्नै अपनत्व छ, त्यही अपनत्वले गर्दा यसबारेको खोजीप्रति रूची जागेको हो ।

शीतल गिरी

राष्ट्रिय धर्मसभा नेपालको आयोजनामा हुने गरेको समारोहपूर्व विक्रम संवत्को स्वागत् तथा दीपप्रज्वलनजस्ता कार्यक्रमबाट पाश्चात्य जगतको समेत यसतर्फ ध्यानाकर्षण भएको देखिन्छ । समग्र विश्वमै प्रचलित विभिन्न संवतहरूमा सबैभन्दा लामो इतिहास बोकेको र समग्र नेपाली जनमानसमा भिजेको संवत् हो विक्रम संवत् । सौरमानअनुसार परिवर्तन हुने विक्रम संवत् पूर्ण प्राकृतिक र वैज्ञानिक छ, अनि यो सूर्यको गतिसँग प्रत्यक्ष सम्बन्धित छ ।

sagarmani mobile size

विक्रम संवत्अनुसार हरेक वर्ष वैशाख १ गतेबाट नयाँ वर्ष सुरु भएको मानिन्छ । विश्वमा विक्रम संवत्लाई राष्ट्रिय संवत् मान्ने मुलुक नेपालमात्र हो ।

त्यसैले यो संवत् नेपालका लागि आफ्नै विशिष्टतम मौलिक संवत् हुन पुगेको छ ।

यसो त अङ्ग्रेजहरूको उपनिवेश पूर्व भारतवर्षमा यसलाई राष्ट्रिय संवत् मान्ने मुलुक अरु पनि थिए तर उपनिवेशसँगै उनीहरू सबै उतैको संवत् (इस्वीय सन्) अपनाउन बाध्य बने, बनाइए ।

अङ्ग्रेजहरूले नेपाललाई आफ्नो नियन्त्रण रेखाभित्र ल्याउन नसकेको प्रतिफल विक्रम संवत्को निरन्तरता पनि हो । नेपालमा साम्राज्यवादीले प्रभाव जमाउन नसकेकाले विक्रम संवत् प्रचलनमा रहिरह्यो ।

नेपालको सरकारी कामकाजी संवत् पनि यही नै हो ।

संवत् जुनसुकै नै किन नहोस् त्यसअनुसार नयाँ वर्ष सुरु भयो भन्नुको अर्थ समय नै नयाँ सुरु हुने होइन । संवत्को संख्या मात्र बदलिने हो, जुन हामीले सजिलोका लागि अपनाउँदै आएका हुन्छौँ ।

हाम्रो यहाँका अपवादमा आएका एकाधबाहेक प्रायः सबै चाडपर्व चन्द्रमाणमै आधारित छन् । हाम्रा जति पनि चाडवाड छन्, यिनका गणना चन्द्रमाको कला घट्नु र बढ्नुसित सम्बन्धित रहेर हुने गर्छ, त्यसैले यसलाई चन्द्रमाण भनिएको हो ।

देवकार्य र पितृकार्यसमेत चन्द्रमाणका आधारमा तय हुने गर्छन् ।

विक्रम संवत्ले यस्ता तमाम पक्षलाई समेटेको छ ।

भनिन्छ, विक्रम संवत् विक्रमादित्यले चलाएको संवत् हो ।

साँखुको बज्रयोगिनी मन्दिरमा रहेको विशाल शीरलाई नेपालका कतिपय लेखक भ्रमवश भारत मध्यप्रदेशको राजधानी भोपाल नजिकको उज्जयनीको विक्रमादित्यको शीर मान्ने गरेका छन् । कुन व्यक्ति कहाँको त्यस बारे के कस्तो प्रमाण छ, लोकमत कस्तो छ यस्ता कुराले बढी महत्त्व राख्दछ । यथार्थमा विक्रमसंवत् चलाउने विक्रमादित्य नेपालकै हुन् र उनले नेपाल र नेपालीको मन जित्ने काम गरेका छन् ।

व्यावहारिक वैज्ञानिक विक्रम संवत् हो यो प्रमाणित भइसकेको छ । यसले धार्मिक, सामाजिकदेखि प्रशासनिक आदि सबै क्षेत्रलाई समेटेको छ । यसको समयमापन पद्धतिलाई सही मानिएको छ । समय मापनको क्षेत्रमा यसको आफ्नै मापदण्ड छ । यसको आधारमा गरिएको मापन संसारको जुनसुकै कुनामा पनि मेल खाने गरेको छ । जस्तो एक वर्षमा १२ महिना, ५२ हप्ता र ३६५ दिन हुन्छ भन्ने कुरा विश्वको प्रायः सबै मुलुकले स्वीकारेका छन् । यस संवत्ले स्वीकारेको तथ्य पनि यही नै हो । विक्रम संवत्को आधारमा मेष संक्रान्ति नै नयाँ वर्षको आगमन हो । मेष संक्रान्तिका दिन प्रकृतिले पनि स्वागत गर्छ ।

विक्रम संवत् सुरु हुने दिन हरेक वर्ष बिहानै सिराहाको सलहेस फुलवारीमा सुनगाभाजस्तै ठूलो खाले फूल फुलेर सबैको लागि अमूर्त रूपले नयाँ वर्षको शुभकामना सम्बोधन गर्दछ । यस्तो चमत्कार सम्भवतः संसारको कुनै पनि मुलुकमा छैन । नयाँ जीवन दिने पनि प्रकृतिले नै हो, जीवनलाई नयाँ गति दिने पनि प्रकृतिले नै हो । नयाँ वर्षको अर्थ पनि कुनै न कुनै रूपमा नयाँ हुनु वा बन्नुसितै सम्बन्धित छ । नयाँ वर्षको दिन मात्र फुल्ने सलहेस फूलवारीमा फुल्ने फूललाई यही अर्थमा लिन सकिन्छ ।

विक्रम संवत्को विशेषता भनेको यसको सम्बन्ध प्रकृतिसित पनि नजिक रहनु हो ।

दिन र रात सूर्यले नै निर्धारण गर्ने र पृथ्वीले एक वर्ष अर्थात् ३६५ दिन, १५ घडी, ३१ पला, ३१ प्रतिपलामा सूर्यको एक चक्कर पूरा गरेको हुन्छ । जब ३६० डिग्री अर्थात् राशी, अंश, कला, विकला ०० हुन्छ, त्यही समयमा मीन राशि समाप्त भई मेष राशि सूर्यमा प्रवेश गर्छन् र विक्रम संवत् अनुसार नयाँ वर्ष सुरु हुन्छ । यसैगरी ३० अंशको एक महिना हुने हुँदा पहिलो ३० अंश सिद्धिएपछि बैशाख सकिएर जेठ महिना सुरु हुन्छ । विक्रम संवत्ले वैदिककालदेखि प्रचलित तिथि र वारहरू अवलम्बन गर्दै आएको तर तिथिहरू थपघट हुने हुँदा ज्योतिष सम्मेलनको सुझावमा शासन व्यवस्थामा सजिलोका लागि चन्द्रशमसेर राणाले विक्रम संवत् १९६१ वैशाख १ गते मेष संक्रान्तिदेखि तिथि र वारहरूमा तलमाथि नगरी गतेमा लेख्ने चलन चलाएको पाइन्छ ।

विक्रम संवत् हिमवत्खण्ड नेपालका विभिन्न राज्यमा प्रचलित थियो । विशाल नेपालको सिर्जना भएपछि पनि विक्रम संवत् नेपालको राष्ट्रिय संवत्को रूपमा स्थापित भएको छ ।

विक्रम संवत् अनुसारको ज्योतिष विज्ञानले मौसमअनुसार पानी पर्ने दिनहरूको पनि राम्ररी सूचीकरण प्रस्तुत गर्न सकेको छ । शनिवार पानी परे तीन दिनसम्म वर्षिरहन्छ, बुधवार र गुरुबार पानी बर्षेमा धेरै दिनसम्म पानी परिरहन्छ । त्यसलाई भलाबर्षे भनिन्छ । सोमबार र शुक्रबार पानी बर्षेमा एक दिनमात्र बर्षन्छ ।

नेपालका खोजकर्ता एवं इतिहासविद् शंकरमान राजवंशीले पूर्व लिच्छविकाल र उत्तर लिच्छविकालका अभिलेखमा उल्लेखित संवत्लाई विक्रम संवत् हुन् भन्नुभएको छ । जयस्थिति मल्लका पालाको सुवर्णपत्रमा ‘विक्रम राजवर्ष १४४८ श्रीमत नेपालीकेः श्रेयोस्तु’ उल्लेख छ । मोरङ्का राजा हरिशचन्द्र सेन र वृष सेनको स्याहामोहरमा विक्रम संवत् १७१९ पौष वदी ४, मकवानपुरका राजा मानिक सेनले १७८४ कार्तिक शुदी ७, विजैपुरमा बुद्धिकर्ण राईले विक्रम संवत् १८२४ नेपाली भाषामा लेखेका प्रमाण उपलब्ध रहेको इतिहासविद् राजवंशीले पुरातत्त्व सङ्ग्रह (२०१८)मा प्रकाशन गर्नुभएको छ ।

विक्रम संवत् ज्योतिर्विज्ञानसित समेत सम्बन्धित देखिन्छ ।

ज्योतिर्विज्ञानले यसैको नजिक रहेर काम गरेको छ ।

विक्रम संवत् अनुसार १२ महिनालाई क्रमशः बैशाख, जेठ, असार, साउन, भदौ, असोज, कार्तिक, मङ्सिर, पुस, माघ, फागुन र चैत्र भनिन्छ । ज्योतिषशास्त्रको मूलभूत आधार मानिएको २७ नक्षेत्रमध्यकै नामहरूसित जोडिन पुगेको उदाहरण वैशाख महिनालाई नै लिन सकिन्छ ।

वैशाख महिनामा पर्ने पूर्णिमा तिथि कुनै रूपले विशाखा नक्षेत्र वा त्यसकै आसपासमा पर्ने गर्छ । यसैको आधारमा यस महिनाको नाम वैशाख रहन गएको हो । यसैगरी जेठ महिनाको पूर्णिमा तिथि जेष्ठा नक्षत्रमा वा त्यसैको आसपासमा पर्छ भने त्यसैको आधारमा यस महिनाको नाम जेठ रहन गएको देखिन्छ । त्यस्तै असार महिनाको पूर्णिमामा तिथि उत्तरषाढा नक्षत्र वा त्यसैको आसपासमा पर्छ भने त्यसैको आधारमा यस महिनालाई असार भन्ने गरिएको छ ।

काभ्रेपलाञ्चोकको नालामा उत्तरापुर राज्यका नाममा विक्रमादित्य राजाले राज्य गरेको ऐतिहासिक ठाउँमा मेला लाग्ने गरेको किंवदन्ती पनि छ । विक्रमादित्य राजाले राज्य गरेको ऐतिहासिक ठाउँमा साँखु बज्रयोगिनीको मन्दिर परिसरको केही माथि विक्रमादित्य राजाको टाउकाको पूजा युगौंदेखि बज्राचार्य वंशका पुजारीले गरिआएका छन् । यस क्षेत्रमा विक्रमादित्य राजाको कुनै अस्तित्व नभएको भए यसरी विक्रमादित्यको मूर्तिको पूजा आजा गरेर बस्नु पर्ने कुनै कारण हुँदैनथ्यो ।

विक्रमसंवत् हिमवतखण्डमा विशाल नेपाल सिर्जना भएपछि राष्ट्रिय संवत्को रूपमा स्थापित छ तर विक्रमसंवत् नेपालको संवत् नै होइन भन्ने गरेको पनि सुन्नमा आउने गरेको छ । वास्तवमा विक्रमसंवत् विकास भएको चार सय वर्षपछिका गुप्तवंशी समुद्र गुप्तका बाबु चन्द्र गुप्तले भारतमा विक्रमादित्यको उपाधि धारण गरेका आधारमा नै विक्रमसंवत् उहाँले विकास गरेको भन्नु यथार्थबाट टाढा भाग्नु हो । भारतीय इतिहासकारहरू पं. भगवानलाल इन्द्रजी, कलकता विश्वविद्यालयका इतिहासका प्राध्यायक राधागोविन्द बासव लगायतले विक्रमसंवत्को विकास नेपालमा भएको र मानदेव प्रथमका समयमा उल्लेखित अभिलेखहरू सबै विक्रम संवत् हुने भनेर लेखेको पाइन्छ । भारतीय विद्वानहरू नै विक्रमसंवत्को विकास नेपालमा भएको हो भन्छन् ।

इतिहास शिरोमणि बाबुराम आचार्यले लेख्नुभएको छ— जुन समय ईशापूर्व ५८ वर्षमा यो संवत् विकास भएको थियो, त्यस समयमा भारतको उज्जैनमा राजा विक्रमादित्यको अस्तित्व देखिँदैन ।

प्रतिक्रिया
Loading...